आज : गते

ताजा शिर्षकहरु

यी हुन् महाभियोगमा हस्ताक्षर गर्ने ९८ सांसद नामावलीसहित

प्रकाशित
1K
SHARES

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नेहरूमा तीनजना प्रस्तावक र ९५ समर्थक गरी ९८ सांसद छन्। महाअभियोगमा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी र एकीकृत समाजवादी ९८ सांसदको नामावली रातोपाटीले प्राप्त गरेको छ।

महाभियोगका प्रस्तावकहरुमा माओवादीका देवप्रसाद गुरुङ काँग्रेसकी पुष्पा भुसाल र नेकपा एकीकृतका जीवनराम श्रेष्ठ छन्। समर्थकका रुपमा हस्ताक्षर गर्ने ९५ सांसदको नामावली यसप्रकार छ।

डा. मिनेन्द्रप्रसाद रिजाल, जिप छिरिङ लामा, महेन्द्रकुमारी लिम्बु, डिला संग्रौला पन्त, सरवत आरा खानम हलवाइनी, बहादुर सिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेकप्रताप शाह।

तेस्तै, पदम नारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, सीताराम मेहता, गगनकुमार थापा र भीमसेनदास प्रधान।

त्यसैगरी देवप्रसाद तिम्सिना, पार्वती डीसी चौधरी, राजेन्द्र कुमार केसी, सत्यनारायण शर्मा खनाल, विमला नेपाली, प्रकाशमान सिंह, देवेन्द्रराज कँडेल, रामबहादुर विष्ट, नमिता चौधरी, किशोर सिंह राठौर।

शशांक कोइराला, स्मृति नारायण चौधरी, सुजाता कोइराला प्रमोद कुमार यादव लक्ष्मी परियार, प्रकाश रसाइली स्नेही, सञ्जयकुमार गौतम र हिरा गुरुङले पनि हस्ताक्षर गरेका छन्।

त्यसैगरी सांसद अञ्जना बिसंखे, अमनलाल मोदी, अमृता थापा, इन्दुकुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, कृष्णबहादुर महरा, गंगाबहादुर तामाङ, गजेन्द्रबहादुर महत, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल।

चाँदतारा कुमारी, चूडामणि खड्का, छक्कबहादुर लामा, जयपुरी घर्ती, टेकबहादुर बस्नेत, दिलकुमारी साह, दूर्गाबहादुर रावत, धर्मशिला चापागाई, पूर्णकुमारी सुवेदी, मात्रिकाप्रसाद यादव, यशोदा गुरुङ सुवेदी।

रामकुमारी चौधरी, रामेश्वर राय यादव, रेखा शर्मा, वर्षमान पुन, विना मगर, शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ, सत्य पहाडी, सन्तकुमार थारु, सुदन किराती, सुरेन्द्रकुमार कार्की, सुरेसकुमार राई।

सुरेसचन्द्र दास, हरिबोलप्रसाद गजुरेल, हरिराज अधिकारी, हितबहादुर तामाङले पनि हस्ताक्षर गरेका छन्। त्यस्तै सांसदहरु हेमकुमार राई, सरलाकुमारी यादव, मेटमणि चौधरी।

पुष्पाकुमारी कर्ण कायस्थ, हिराचन्द्र केसी, लक्ष्मी कुमारी चौधरी, विनादेवी बूढाथोकी, समिना हुसेन, मुकुन्द न्यौपाने, निरादेवी वैद्यले पनि महाअभियोेग प्रस्तावमा हस्ताक्षर गरेका छन्।

तेस्तै,कानुनमन्त्री दिलेन्द्रप्रसास बडुले सर्वोच्चमा देखिएको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन्।

न्यायालयमा देखिएको गतिरोध हटाउन आग्रह गर्दा प्रधानन्यायाधीश जबराले नमानेपछि महाभियोग बाटो अवलम्बन गर्नुपरेको उनको भनाइ छ। न्यायालयमा देखिएको गतिरोध अन्त्य गर्नका लागि हामीले उहाँलाई प्रधानन्यायधीशलाई अग्रता गरेका थियौँ।

तर वहाँले म जुन बाटो आएको थिएँ, त्यही बाटो जान्छु भन्नुभयो। त्यही भएर हामीले संवैधानिक बाटो रोज्यौँ,’ बडु भने। उनले महाभियोग प्रक्रियामा अघि बढेको बताउँदै यो बिस्तारै पास हुने पनि बताए।

यसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गरे। यो काँग्रेस, एमाले वा माओवादीको विषय होइन। यो न्यायालयलाई गति दिने कुरा हो। यसमा एमालेले पनि साथ दिन्छ भन्ने विश्वास छ, उनले भने।

तेस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएकोमा आफू खुसी नै रहेको प्रतिक्रिया दिएका छन्। उनले  संक्षिप्त कुराकानी गदै उनले भने।

म विधि र प्रक्रिया मान्ने मान्छे छु। संवैधानिक नियुक्ति हो मेरो। संविधान बमोजिम सार्वभौम संसद्लाई महाभियोगबारे अधिकार छ। त्यो अधिकार वहाँहरूले प्रयोग गर्नु भएको हो। यसमा त म खुसी नै छु।

आधार पुष्टि गर्ने कुरा पछिको कुरा भएको बताउँदै उनले थपे, मैले सुरुदेखि नै विधि र प्रक्रियाबाट जानुपर्छ भन्दै आएको हुँ। हामी विधि र प्रक्रियाबाट स्थापना भएका पदाधिकारी हौँ।

त्यो भन्दाबाहेक गर्दा राम्रो हुँदैन भनेको थिएँ। मेरो दायित्व र कर्तव्य संवैधानिक हो। त्यसलाई पालना गर्न म सधैँभर तत्पर छु। तेस्तै, सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।

सभामुख सापकोटाको सचिवालयका अनुसार सोमबार दिउँसो २ बजे बैठक बोलाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन्।

प्रतिक्रिया