आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

प्रकाशित
539
SHARES

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ। सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए। सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका छन्।

तर प्रधानन्यायाधीश जबराले अझैसम्म मुद्दा हेरेका छैनन्। जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो।

तेस्तै, कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबारदेखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा अनि न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि बारले पुसको अन्तिम सातादेखि २५ जनाको उपस्थितिमा मात्रै सांकेतिक प्रदर्शन गर्दै आएको थियो।कोरोना संक्रमणको कारण सर्वोच्च अदालतले सेवा कटौती गरेपछि बारले,

पनि भौतिक उपस्थितिको साटो हरेक दिन ११ बजेदेखि १२ बजेसम्म भर्चुअल रुपमा विरोध प्रदर्शन गरिरहेको थियो ।सर्वोच्च अदालतले सबै सेवा खुलाएको दिनदेखि नै बारले पनि भर्चुअलको सट्टा भौतिक उपस्थितिमै प्रदर्शन शुरु गर्ने निर्णय गरेको हो।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सुरु गरेको आन्दोलन १०५ दिन पुगिसकेको छ। बारले इजलास बहिस्कारदेखि प्रशासनिक कामकारबाहीमा समेत प्रधानन्यायाधीश जबराको संलग्नताको विरोध गर्दै आएको छ।

तेस्तै,नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।

१४ जना सांसदलाई कारबाही र नेकपा समाजवादीको खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट भदौ १७ गते दायर रिट निवेदन लामो समयदेखि हेर्न नभ्याइने भन्दै सर्वोच्चले पन्छाउँदै आएको थियो।

रिट निवेदनको आज पेशी तोकिएको हो। रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, माधवकुमार नेपालसहित १४ सांसद,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको छ।

तेस्तै,नेकपा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरूङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीशको जिम्मेवारी पूरा गर्न नसकेको बताएका छन्।

प्रधानन्यायाधीश जवराविरूद्व दर्ता भएको महाअभियोग प्रस्तावका प्रस्तावक गुरूङले जबराले संविधानले दिएको जिम्मेवारी पूरा गर्न नसकेको बताएका हुन्। उहाँविरूद्व लामो समयदेखि आन्दोलन भइरहेको छ।

अनियमितताका कुरा उठेका छन्’, गुरुङले भने, ‘प्रधानन्यायाधीशले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नु भएन। यसैले महाअभियोग लगाउनु पर्ने अवस्था आयो। आइतबार जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ।

दर्ता भएको महाभियोगको प्रस्तावकमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन्। प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया