आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बैठकमै देउवाले ठुलो स्वारमा मसँग गठबन्धनको विकल्प छ भनेपछि…..

प्रकाशित
520
SHARES

काठमाडौं। आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकले गठबन्धनमा झनै विवाद ल्याएको छ। एमसीसीलाई मुख्य विषय बनाएर बसेको बैठकमा देउवाले यदि एमसीसी पास गर्न माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले सहयोग नगरे आफुसंग अन्य विकल्प रहेको बताएपछि प्रचण्ड र माधब नेपाललाई तनाव उत्पन्न भएको छ।

बैठकमा देउवाले सहमतिमा एमसीसी संसदमा टेबुल गरौं भन्ने प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधब नेपालले शंशोधन बिना संसदमा टेबुल गर्न नसकिने बताएपछि बैठकमा चर्काचर्की नै समेत भएको खुलेको छ।

बिहीबार साँझ दुवै नेताले प्रधानमन्त्रीलाई एमसीसी पास गरेर चुनावमा जाँदा सत्ता गठबन्धन पराजित हुने र एमालेले चुनाव जित्ने भन्दै चुनावसम्म रोक्न आग्रह गरेका थिए । एमसीसीलाई चुनावसम्म रोक्ने प्रस्ताव अमेरिकाले नमान्ने भन्दै देउवाले अस्वीकार गरेर पठाए।

उनीहरुले दोस्रो विकल्प भनेको एमालेलाई पनि सहमतिमा ल्याएर सबै मिलेर पास गर्दा गठबन्न पनि जोगिने र एमालेले एमसीसीविरोधी जनमतमा कब्जा जमानउ पनि नपाउने तर्क गरेका थिए।

आइतवार प्रतिनिधिसभा बैठक बोलाइएकाले शनिबार प्रचण्ड-माधव पुनः बालुवाटार गए। उनीहरु दुवैजनाले एमालेले आग्रह गरिसकेकाले बैठक दुई दिन पर सार्न सुझाव दिए।

तर देउवाबाट उनीहरुले त्यसमा पनि सकारात्मक जवाफ नपाएको निकट स्रोतले जनाएको छ। शनिवारको शीर्ष बैठकपछि प्रचण्ड माधव निरास देखिएको माओवादीका एक स्थायी कमिटी सदस्यले बताए।

यसअघि शुक्रवार दुवै नेताबीच प्रचण्ड निवास खुमलटारमा लामो छलफल भएको थियो। दुवै नेता एमसीसी पारित गर्न आफ्ना पार्टीभित्र दबाबमा छन्।

तत्कालीन नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रयोग गरिएको एमसीसीको अस्त्र अहिले प्रचण्ड माधवलाई नै भारी परेको छ। नेकपाकालम पार्टीबाहिर समेत ओलीलाई बदनाम गर्न एमसीसीलाई यी नेताहरुले अनावश्यक रुपमा गिजोलेको आरोप छ।

प्रधानमन्त्री देउवाले शनिवारको छलफलमा ‘तपाईहरुले साथ दिनु हुन्न भने मसँग अरु पनि विकल्प छन्,एमसीसी यसै सदनबाट पारित हुन्छ’ भनेर प्रष्ट भाषामा बताएको बालुवाटार स्रोतले जनाएको छ।

यो जानकारी प्रधानमन्त्रीले जसपाका नेताहरुलाई समेत गराएका छन्। सत्ता गठबन्धनका कांग्रेस र जसपा एमसीसी पारित गर्न तयार छन् तर त्यो संख्य पर्याप्त होइन।

नेकपा एमाले एमसीसी टेबल गर्ने र पारित गर्ने दायित्व सरकरको भएकाले प्रतिपक्षके मुख ताक्न आवश्यक नरहेको बताएको छ। देउवाले भनेको विकल्प चाहिँ गठबन्धन भत्काएर एमालेसहितको साथ लिएर एमसीसी पारित गर्ने भन्ने हो।

एमाले आउने चुनावमा आफूविरुद्धको पाँच दलीय गठबन्धन फुटाउन चाहान्छ। उता कांग्रेससँग तीनै तहको चुनावमा गठबन्धन गर्ने जोड प्रचण्ड माधवको छ।

गठबन्धन नहुँदाको चुनावी परिणामप्रति दुवै नेता विश्वस्त छैनन्। एक्ला एक्लै चुनाव लड्दा एमाले र कांग्रेसबाहेक अरु दलको अवस्था अहिलेको भन्दा कमजोर हुने आँकलन छ।

त्यसैले पनि अहिले एमसीसीलाई पन्छाएर वा एमालेसहितको राष्ट्रिय सहमतिबाटमात्र पारित गरेर जाँदा गठबन्धन पनि जोगिने आशा प्रचण्ड माधवको छ। तर एमालेले गठबन्धन जोगाइदिनका लागि एमसीसीको भारी बोक्ने देखिन्न।

एमालेका प्रचार विभाग प्रमुख विष्णु रिजाल भन्छन्– एमसीसी कांग्रेस र एमाालेले पारित गरिदिउन्,हामी भयंक राष्ट्रवादी हौं भन्न पाइयोस् र आउने तीनै तहका चुनावमा कांग्रेसले गच्छे अनुसार सिट दिएर चुनाव जिताइदेओस् भन्ने उहाँहरुको मीठो सपना छ।

तर राजनीतिमा त्यस्तो हुँदैन। शनिवारको छलफलपछि माधव नेपालले वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरुसँग कुरा गर्दा पनि एमसीसीका कारण गठबन्धन नै टुट्ने डर पैदा भएको बताएका थिए।

त्यस्तै प्रचण्डले पनि गठबन्न जोगाउन समस्या भएको भन्दै केपी ओलीले कुटील चाल चालिरहेको ब्रिफिङ गरेको नेताहरुले बताएका छन् ।शनिवारको छलफलमा देउवाले सभामुखमाथि महाअभियोग लगाउने हल्लामा भने कुनै सत्यता नरहेको बताएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ