आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रक्षा मन्त्रि र वाणिज्य मन्त्रीमा नयाँ पात्रको इन्ट्री

प्रकाशित
789
SHARES

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मन्त्री थप्ने तयारी गरेका छन्। आउँदो सोमबारसम्म दुई मन्त्री थप्ने देउवाको तयारी छ। देउवानिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थप गर्न लागेका हुन्।

हाल ती मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्दै आएका छन्। थपिने दुवै मन्त्री नेपाली कांग्रेसकै तर्फबाट हुने छन्। गएको असार २९ गते देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको थियो।

त्यसपछि उनले तीनपटक मन्त्रीमण्डल विस्तार गरिसकेका छन्। अहिले मन्त्रिपरिषद् २३ सदस्यीय छ। दुई मन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ। रक्षा मन्त्रीमा देउवाले सुजता कोइरालाई बनाउने लगभग पक्का भएको छ।

त्यस्तै, उद्योग मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याउने तयारी गरेका छन्। कांग्रेस सभापति देउवाले बाँकी १७ केन्द्रीय सदस्य पनि मनोनीत गर्ने तयारी गरेका छन् ।

नेपाली कांग्रेसको विधानमा सभापतिले ३३ केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ। यसअघि, उनले १६ केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन्।आउँदो सोमबारसम्म बाँकी केन्द्रीय सदस्य मनोनीत गर्ने देउवाको तयारी रहेको स्रोतको भनाइ छ।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिरियिस प्रश्न सोधेका छन्। प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ?

भनी प्रश्न गरेपछि देउवालाई नैतिक संकट परेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री देउवा, प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो।

छलफलमा प्रचण्डले प्रधानमन्त्री देउवालाई सभामुखबारे प्रश्न गरेका उनी निकट एक नेताले जानकारी दिए। प्रचण्डको प्रश्नमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि साथ दिएका थिए।

सभामुख हटाउन हस्ताक्षर संकलन भएको हल्ला सुनेको भन्दै उनीहरुले प्रधानमन्त्रीको जवाफ मागेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएको प्रचण्डनिकट नेताले बताएका छन्।

यो सभामुख हटाउने विषय सोच्नै सकिँदैन। केही हस्ताक्ष संकलन भएको छैन र होइन। अनावश्यक हल्ला भएको विषयमा कुरै नगरौं’ देउवाको जवाफबारे प्रचण्डको ब्रिफिङ सुनेका ती नेताले भने।

प्रचण्ड र नेपालले फागुन २ गते बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेलाई सार्न उपयुक्त हुने बताएका छन्। प्रमुख विपक्षी दल नेकपा एमालेले २ गतेको बैठक सार्न सभामुखलाई आग्रह गरिसकेको छ।

जवाफमा प्रधानमन्त्री देउवाले सभामुखसम्म सन्देश पुर्‍याउने बताएका ती नेताले बताए। तेस्तै, सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच शनिवार वार्ता भएको छ।

नेकपासँग यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो ।गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाँण,

कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए।

वार्तामा २० फागुन २०७७ मा नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहार्दपूर्ण तरिकाले छलफल भयो, प्रवक्ता पोखरेलले भने।

मन्त्रालयका प्रवक्ता पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको बताए । वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्यकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका छन्।

सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए।

बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको जानकारी दिए। आजको वार्तामा तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनेको छ।

हाम्रो माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको छ। केही विषय टुंगिएका पनि छन्, केही टुंगिने क्रममा छन्। आशा छ छिटै निष्कर्ष निस्केला, प्रवक्ता विश्वकर्माले भने।

योभन्दा अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँणले निरन्तर वार्ता गरिरहेका छन्।

प्रतिक्रिया