आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सरकारले फेरी बढायो गाडी भाडा, कति पुग्यो नयाँ भाडादर ?

प्रकाशित
776
SHARES

काठमाडौँ। सरकारले फेरी गाडीभाडा बढाएको छ । फागुन १ गतेदेखि लागू हुने गरी सरकारले भाडा बढाइएको हो। गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ।

भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो।

लामो दूरीको बसमा २३.५१ प्रतिशत र नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४.५७ र जिपमा ५.५० प्रतिशत भाडा वृद्धि गरिएको थियो ।तर, भाडा दर तोकिएको थिएन ।

माघ २७ गते राजपत्रमा सूचना प्रकाशन गरेर गण्डकी सरकारले सिटी बसमा पहिलो विन्दु ३ किमिसम्म २० रुपैयाँ र त्यसपछि प्रतिकिमि २.५० रुपैयाँ कामय गरेको छ।

२० किमिभन्दा लामो रुटमा चल्ने सिटी बसले पनि २.५० रुपैयाँ प्रतिकिमिका दरले भाडा लिन पाउनेछन् । प्रदेशभित्र चल्ने बस प्रतिकिमि ३.१० रुपैयाँ कायम भएको छ।

पक्की बाटोमा चल्ने जीपले प्रतिकिलोमिटरमा ५.५० रुपैयाँ भाडा हिसाव गरेर लिन पाउनेछन् ।ट्रकहरुले प्रति किमि प्रति टन ११.७२ रुपैयाँ लिन पाउने गरी भाडा तोकिएको छ।

ट्याक्सीमा १५ किमिसम्मको फ्लाडाउन सुरुआती भाडा बापत ८०सहित प्रति २०० मिटरको १० रुपैयाँ तय भएको छ। १५ किमिभन्दा बढीको यात्रा गर्दा प्रतिकिमि ३७.५ रुपैयाँ भाडा दर तय भएको छ।

यसअघि पोखरामा शुरुआती भाडा १४ र त्यसपछिको भाडा ७ रुपैयाँ मात्रै थियो। संघीय सरकारले यसअघि नै २८ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरिसकेको छ।

यसअघि नै भाडादर समायोजन गरेको बागमती प्रदेशमा ट्याक्सीको शुरुआती भाडा न्यूनतम ६० रुपैयाँ तोकिएको छ । बागमतीको २ सय मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेगरी भाडादर निर्धारण गरेको छ ।

तर, मिटर समायोजन नहुँदा लागू हुन सकेको छैन। जसका कारण यात्रु ठगिन परिरहरेको छ। तेस्तै, सरकारले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । यो मद्येश प्रदेशको खबर हो ।

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते भोली आइतबार सार्वजनिक विदा दिने मधेश सरकारले घोषणा गरेको हो । शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा जनयुद्ध दिवस मनाउन लागेको छ।प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले एक सुचना जारी गर्दै,

जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने बताएका छन्। अहिलेसम्म संघीय सरकार वा कुनै पनि प्रदेश सरकारले जनयुद्ध दिवस भनेर विदा दिएका थिएनन्।

यसअघि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो।जनयुद्धको दिवसको अवसरमा मधेश सरकारले शहीद भएका परिवारलाई,

जनही तीन लाख रुपैयाँ दिइने घोषणा समेत गरिसकेको छ।तत्कालिन नेकपा माओवादीले २०५२ साल राजतन्त्र, संसदीय व्यवस्था र सामान्तवादका विरुद्धमा सशस्त्र जनयुद्धको घोषणा गरेको थियो।

प्रतिक्रिया