आज : गते

ताजा शिर्षकहरु

मिनीट्रक भित्रै विलासी सुविधा, जब प्रहरी भित्र पस्यो …..

प्रकाशित
1.1K
SHARES

काठमाडौ। झट्ट हेर्दा पुरानो जर्मनी ट्रक जस्तो। बाया साइडमा दुइवटा ठुला सोलार प्यानल जडित छ । त्यसको चार्ज लिनकालागि ढोकाको साइडमा ठुलो इन्र्भर्टर राखिएको छ।

जसलाई तालालगाइएको छ। पछाडी अक्सिजन सिलिण्डर, अगाडी हुटमा त्रिपालले छोपिएको छ। बाहिरी आबरण हेर्दा नै यो चानचुने गाडी होइनभन्ने अनुमान सहजै लगाउन सकिन्छ।

मोडिफाइ गरेर हाइफाइ सुविधा सहितको मिनीट्रक यतिखेर जिल्लाप्रहरी कार्यालय सिन्धुलीको प्रांगणमा छ। यो मिनी ट्रक लागूऔषध सहितप्रहरीले पक्राउ गरेको यूट्यूवर चेतन कार्कीको हो।

यो मिनी ट्रकमा सबै खाले सुविधा छ। प्रहरीका अनुसार चालक बस्ने भन्दा पछाडिको भागलाइ सुविधा सम्पन्न घर जस्तै बनाइएको छ। बाया साइडबाट ढोकाखुलेपछि भित्र हेर्दा झन उदेक लाग्छ।

सुत्ने बेडदेखि भान्साका सबै सामाग्री ट्रकमा सेट गरिएको छ। घुमाउने कुर्सी सहित कार्यालय सजावट समेत गरिएको छ। ट्रक भित्रपनि यस्तो सुविधा हुन्छ भनेर प्रहरी नै अचम्मित भएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाका अनुसार शौचालय समेत मिनीट्रक भित्रै छ। मिनीट्रक मोडिफाइ गरेर सबैखाले सुविधा सहित विलासिताका सामान राखिएका छन्।

प्रनाउ लामाले भन्नुभयो, “हामीलाइ सूचना प्राप्त भएको थियो। नियमित चेकजा“चकै क्रममा गाडि समेत अनौठो लागेर थप अनुसन्धान गरियो। लागू औषध फेला पर्यो। बजाउने गितार देखि खाने काजु किसमिस समेत सबै मिनीट्रक भित्र पाइएको उहाँले बताए।

विदेशतिर यस्तो ट्रकलाइ क्याम्पट भनिने उहाँले सुनाउनु भयो। चल्तिका यूट्यूवर भएकाले लागूऔषध सहित समाएको कार्कीलाई खुर्कोटमा नै फ्यानहरुले घेरेको समेत प्रहरीले जनाएको छ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउ“पालिका ७ को खुर्कोटमा लागूऔषध सहित काठमाडौं महानगरपालिका २६ सामाखुसीका ३७ वर्षीय यूट्यूवर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

वर्दिवासबाट धुलीखेलतर्फ जा“दै गरेका यूटु्यूवर कार्कीले चलाएको चेतन भ्लग आबरणको ०१–००३क ९१८२ नं को मिनीट्रक चेकजा“च गर्दा कार्कीले लगाएको ट्याक सुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम र ६ दशमलव ९३० ग्राम गा“जा बरामद भएका प्रहरी प्रनाउ लामाले जानकारी दिनु भयो।

लागू औषध मुद्धामा यूट्यूवर कार्कीलाइशुक्रबार सिन्धुली अदालतबाट म्याद थपि थप अनुसन्धानभइरहेको प्रनाउ लामाले बताउनु भयो । मिनीट्रकको कागजात र मोडिफाइ गर्ने इजाजत भए नभएको समेत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यूट्यूवरको आवरणमा लागू औषध, सुन र अन्य तस्करीका कारोबार बीपी राजमार्गलाइ ट्रान्जिट प्वाइन्ट बनाएर बाक्लै भैरहेको सूचनाप्राप्त गरेकाले थप कडाइ गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानकालागि प्रहरी हिरासतमा रहेकाकार्कीलाइ अहिले दाल र सुप खान दिइएको प्रहरीले जनाएको छ। तेस्तै, जिल्लामा दुइ वर्षको अवधिमा १ सय ६१ महिला हराएका छन्।

महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र सिन्धुलीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा ७४ महिला हराएको निवेदन आएको थिए भने ०७६\७७ मा ८७ महिला हराएको निवेदन आएका छन्।

हराएका महिला मध्ये ८३ जना मात्र फेला परेका छन्। बाकीँ ७८ जना महिलाको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो।

उहाँका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा हराएका ७४ महिला मध्य ४४ जना फेला परेका छन्। आर्थिक वर्ष ०७६÷७७ मा हराएका ८७ महिला मध्य ३९ जना फेला परेका छन्। यस्तै दुइ वर्षको अवधिमा ६७ बालिका हराएका छन्।

आर्थिक वर्ष ०७५\७६ मा ३१ जना र ०७६÷७७ मा ३६ जना बालिका हराएको निवेदन आएको नायब उपरिक्षक लामाले बताउनु भयो। हराएका बालिका मध्ये ५५ जना बालिकाको जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ भने बाकीँ १२ जना बालिकाको खोजि कार्य भइरहेको छ।

जिल्लामा दुइ वर्षको अवधिमा १३ जना बालक हराएका छन्। आर्थिक वर्ष ७६/७७ मा ९ र आर्थिक वर्ष ०७७/७८ मा ४ जना बालक हराएको निवेदन आएका थिए। हराएका १३ जना बालक मध्ये १२ जनाको उद्धार भएको छ भने १ बालकको खोजि कार्य भइरहेको छ।

यस्तै दुइ वर्षको अवधिमा ४ जना जेष्ठ नागरिक हराएका छन्। आर्थिक वर्ष ०७६/७७मा २ जना र ०७७\७८ मा २ जना जेष्ठा नागरिक हराएको निवेदन आएको थियो । ती मध्य दुइ जनाको उद्धार भएको छ।

भने बाकीँ दुइको खोजि कार्य भइहरेको नायब उपरिक्षक लामाले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलिया पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा बालबालिका हराउने गरेको बताउनुभयो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ