आज : गते

ताजा शिर्षकहरु

हिमालय एयरलाइन्सले यस्तो काण्ड घटाएपछि यात्रुहरुको बिचल्ली

प्रकाशित
662
SHARES

काठमाडौँ। हिमालय एयरलाइन्सले साउदी अरबबाट नेपाल जान लागेका १५० जना यात्रुलाई अलपत्र पारेको छ। एयरलाइन्सले बिना जानकारी बुधबारको उडान रद्द गरेपछि त्यहाँबाट नेपाल फर्किन लागेका कैयौँ नेपाली यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन्।

बुधबार अर्थात् फेब्रुअरी ९ तारिख दिनको २:१० बजेको उडान मार्फत साउदी अरबको राजधानी रियादबाट नेपालका लागि तय गरिएको हिमालय एयरलाइन्सको जहाज नआएपछि कैयौँ यात्रुहरू अलपत्र परेको बताइएको छ ।

एक्जिट लागेका तथा नियमित बिदामा नेपाल फर्किन लागेका यात्रुहरू जहाज नआएको भन्दै आक्रोशित भनेका थिए। अन्तिम समयमा आएर उडान स्थगित हुँदा त्यहाँका विभिन्न ठाउँबाट विमानस्थल आएका यात्रुहरू अलपत्र अवस्थामा थिए।

एयरलाइन्सको विमान यात्रुहरूलाई जानकारी नै नदिई रुद्ध गरिएपछि सामान सहित एयरपोर्टमा पुगेका यात्रुहरू बिचल्लीमा परेका थिए। एयरलाइन्सको गैर जिम्मेवारीको कारण दुख पाएको यात्रुहरूले एयरलाइन्स प्रति आक्रोश पोखे।

उडान रुद्ध भएपछि एयरलाइन्सले शुक्रबार अर्थात् आज बिहानसम्म होटेलमा राखेको र टिकटको पैसा फिर्ता गरेको छ भने पीसीआर परीक्षणको पैसा फिर्ता नदिएको भन्दै पीडितहरूले पीसीआरको पैसा पनि पाउनु पर्ने माग गरेका छन्।

त्यहाँ रहेको एयरलाइन्सका प्रतिनिधिले कुनै सहयोग नगरी सम्पर्कविहीन भएको उनीहरूले आरोप लगाएका छन्। यस विषयमा हिमालय एयरलाइन्सका साउदीका प्रतिनिधिलाई बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।

यता, हिमालय एयरलाइन्सको काठमाडौँस्थित कार्यालयले भने साउदी अरेबियाको रियाद र दमामबाट काठमाडौँ ओहोरदोहोर गर्ने उडान स्थगित गरिएको जनाएको छ।

एयरलाइन्सले एक सूचना जारी गर्दै अपरिहार्य परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म काठमाडौँ-दमाम-काठमाडौँ र काठमाडौँ-रियाद-काठमाडौँ क्षेत्रहरूका लागि कुनै पनि यात्रुवाहक उडानहरू सञ्चालन गर्न असमर्थ रहेको जनाएको छ।

यस क्षेत्रहरूका लागि उडानहरू अवस्था सामान्य भएपछि सञ्चालनमा आउने कुराको सुनिश्चितता पनि यसै सूचनाद्वारा गराउँदछौं एयरलाइन्सले जारी गरेको सूचनामा भनिएको छ।

टिकट पूर्ण रिफन्ड र नि:शुल्क रिशेड्युल सुविधाको लागि एयरलाइन्सको सम्बन्धित ट्राभल एजेन्सी वा हाम्रो विक्री कार्यालयमा सम्पर्क राख्नु पनि एयरलाइन्सले भनेको छ।

तेस्तै, नेपाल र चीनको संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्स नेपालमै पहिलोपटक आईएसओ ९००१:२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ।

एयरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आईएसओ ९००१:२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइएसओ ९००१:२०१५ बाट प्रमाणीकरण गरिएको सो एयरलाइन्सले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेवापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो।

आइएसओ ९००१:२०१५ लाई विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठनद्वारा आइएसओ प्रतिपादित एक प्रभावशाली मानकको रुपमा लिने गरिन्छ।

आइएसओ ९००१:२०१५ प्रमाण–पत्र संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस युकेएएस् द्वारा सो एयरलाइन्सलाई प्रदान गरिएको थियो।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीका सबै तहमा उच्चस्तरको कार्य प्रणाली अपनाउँदै, तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आइएसओ प्रमाण पत्र प्राप्त गर्न सफल भएको बताउनुभयो।

व्यावसायिक रुपमा सञ्चालन सुरु गरेको एक वर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड साटाको ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो।

तेस्तै  हिमालय एयरलाइन्सले अगस्त २०२० मा प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ।

हाल यस एयरलाइन्सले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान सेवा भर्दै आएको छ। एयरलाइन्सले अहिले १८० इकोनोमी क्लास सिट भएका तीन एअरबस ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ