आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसीको नयाँ सीईओमा एलिस अलब्राइट

प्रकाशित
521
SHARES

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको प्रमुख कार्यकारी अधिकृत सीईओमा एलिस अलब्राइट नियुक्त भएकी छन्। अमेरिकी सिनेटले अलब्राइटलाई सीईओ बनाउने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो।

एमसीसीको कार्यवहाक सीईओ महमोद बाहले अलब्राइटलाई बधाई दिँदै उनकै अनुभव र विज्ञताले इतिहासको महत्वपूर्ण समयमा संस्थाले प्राप्त गर्ने बताएका छन्।

अलब्राइटलाई गत अगस्टमा राष्ट्रपति जो बाइडेनले एमसीसीको सीईओमा मनोनयन गरेका थिए। अमेरिकाले आर्थिक विकासको माध्यमबाट गरिबी निवारण गर्ने उद्देश्यले सन् २००४ मा स्थापना गरेको एमसीसीको अलब्राइट छैटौं सीईओ हुन्।

बाराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा उनी ग्लोबल पार्टनरसीप फर एजुकेसनकी सीईओ थिइन्। त्यसअघि अमेरिकी एक्जिम बैंकको कार्यकारी भाइस प्रेसिडेन्स रहेकी थिइन्।

बैंकरको रुपमा व्यावसायिक जीवन सुरु गरेकी अलब्राइटसँग गाभी, द भ्याक्सिन एलाइन्समा पनि काम गरेको अनुभव छ। एमसीसीले नेपालमा विद्युत् प्रसारण लाइन र सडकको स्तरोन्नती परियोजना सञ्चालनका लागि,

५० करोड डलर उपलब्ध गराएको छ। एमसीसीको परियोजना विवादमा परेको छ। संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति जुट्न सकेको छैन।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एमसीसी सम्झौता अनुमोदनबारे छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग आज बिहान प्रधानमन्त्री देउवाले छलफल गरेका हुन्।

भेटमा प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए। प्रचण्ड र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरूको सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए। प्रधानमन्त्री देउवाले भने फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको बताएका थिए।

बालुवाटार स्रोतका अनुसार देउवाले संसदमा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारण त्यही राख्नुपर्ने बताएका थिए। भेटमा स्थानीय निर्वाचनलगायतका विषयमा पनि छलफल भएको बताइन्छ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ। प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन्। ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ।

हालै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो। एमसीसीले पूर्वप्रतिबद्धताअनुसार फेब्रुअरी २८ भित्र सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह गर्दै पत्र पठाइसकेको छ।

प्रतिक्रिया