आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ खुल्यो

प्रकाशित
593
SHARES

काठमाडौं।  जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओको म्याद सकिने वित्तिकै अर्को कम्पनीको पनि आईपीओ खुलेको छ। आजदेखि इमर्जिङ नेपाल लिमिटेडले आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको जनाएको छ। ५ लाख ५५ हजार कित्ता सेयरमध्ये सर्वसाधारणले ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

११ हजार ११२ कित्ता कर्मचारीलाई र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरोसेयर वेबसाइट तथा एपमार्फत दिन सकिनेछ।

क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यो समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत हो।

तेस्तै, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओमा अहिलसम्मकै सर्वाधिक आवेदन परेको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आवेदन दिने अन्तिम दिनसम्म ६७.८६ गुणाले ओभर सब्सक्राइब भएको हो।

मंगलबार अपरान्ह ५ बजेसम्म २७ लाख ०६ हजार ७ सय ६७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता सेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ।

निष्कासन गरिएको ५ लाख २२ हजार साधारण कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो।

आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार २ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो।

तेस्तै,रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

उक्त नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ माघ २६ गते बुधबार सम्पन्न भएको हो। सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

कम्पनीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरीको छ। ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ।

कम्पनीले हाल कायम जारी पूँजी रु. २० करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. २ करोड रकम बराबरको २ लाख कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा,

सामुहिक लगानी कोषका लागि, रु.१ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको आइपिओ सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ