आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सभामुख हटाउने अन्तिम तयारीमा कांग्रेस–एमाले, भित्रभित्रै थालियो यस्तो तयारी

प्रकाशित
620
SHARES

काठमाडौं।  सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने तयारी थालेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसदबारेको सूचना नै सभामुखले नसुनाएपछि सभामुखसँग चिढिएको हो।

तेस्तै नेपाली कांग्रेस एमसीसी टेबुल नगरेपछि चिढिएको हो। प्रतिनिधिसभाकै कतिपय एमाले सांसदले संसद्बाहिर सभामुखको राजीनामा मागिरहेका छन् तर, संसद्मा भने ‘संसदीय मर्यादा कायम गर, गैर सांसदलाई राखेर बैठक चलाउन पाइँदैन’, जस्ता नारा लगाउँदै आएका छन्।

प्रमुख प्रतिपक्षसँग द्वन्द्वु भइरहकै बेला सभामुखको प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत द्वन्द्वु देखिन थालेको छ। सभामुख सापकोटाले एमसीसी सम्झौता संसद्नै नलैजाने अडान राखेपछि प्रधानमन्त्रीसँग सापकोटाको द्वन्द्व देखिएको हो।

यसबीचमा एमसीसी सम्झौतामा आवश्यक निर्णयका लागि संसद्मा लैजान कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले शुक्रबार सभामुखसँग भेटवार्ता गरेका थिए। उनले एमसीसी सम्झौतालाई पनि संसद्को कार्यसूचीमा राखेर अघि बढाउन प्रस्ताव गर्दा सभामुखले अस्वीकार गरेको बताइएको छ।

स्रोतकाअनुसार सभामुख सापकोटाले बजेटजस्तै ‘इमरजेन्सी’ विषय भए अवरोधकैबीच पनि अघि बढाउन सकिने तर एमसीसीजस्तो राष्ट्रिय महत्वको विषय संसद्मा लैजान ‘पहिले अवरोध हट्नुपर्ने’ सर्त राखेका छन्।

सभामुखको सचिवालयले पनि कानुन न्याय तथा संसदीय मामिलामन्त्रीसँग संसद्को अवरोध हटाउनेबारे छलफल भएको पुष्टि गरेको छ। तर, एमसीसी सम्झौता संसद्मा नलैजाने भनेर सरकारसँग द्वन्द्व सुरु भएको विषय भने सचिवालयले अस्वीकार गरेको छ।

सचिवालयले त्यसलाई अस्वीकार गरेपनि प्रधानमन्त्री देउवा भने सभामुख सापकोटाको भूमिकामा असन्तुष्ट बनेका छन्। त्यसैले उनले विभिन्न दलका नेताहरूसँगको भेटमा आफ्ना असन्तुष्टि राख्न थालेका छन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको भेटमा पनि सभामुखप्रतिको असन्तोष प्रकट गरेका हुन्। नेपाली कांग्रेसका एक नेता सभामुख रहँदासम्म एमालेले संसद्को अवरोध नहटाउने अडान राखेका कारण सरकार अप्ठेरोमा परेको बताउँछन्।

ूएमालेले सभामुखलाई हटाउने वा आफूले कारबाही गरेका सांसदको कारबाही सदर गर्नेमध्ये एउटा हुनैपर्ने सर्त राखेको छ, सभापति देउवा निकट ती नेताले भने, “यस्तो अवस्थामा प्रतिष्ठाको लडाइँ लडेर संसद्लाई बन्धक बनाउनुभन्दा विकल्पको बाटो खोजी गर्नुपर्ने बाध्यता आएको छ।

उनले यस्तो विकल्पमा सभामुखको राजीनामा सबैभन्दा उपयुक्त हुने पनि बताए । सभामुखलाई हटाउनुपर्‍यो भने महाभियोग प्रस्ताव दर्ता गरेर विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

त्यस्तो बाटो सभामुख र संसद्का लागि ठिक हुँदैन,” ती नेताले भने, सहजताका लागि सभामुखले राजीनामा दिने, दलीय सहमतिमा अर्को सभामुख र उपसभामुख चयन गर्ने र संसद्लाई सञ्चालन गर्ने बाटो सहज हुन्छ।

उनले प्रधानमन्त्री देउवाले ओलीसँग र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग सभामुखको विकल्पका विषयमा कुराकानी गरेको पनि बताए । “प्रचण्डसँगै त कुराकानी भएको छैन।

तर, केपी शर्मा ओली र महन्थ ठाकुरसँग प्रधानमन्त्रीको सैद्धान्तिक कुराकानी भएको छ, ती नेताले भने, ओली सभामुखलाई हटाउनुपर्छ भन्नेमा छन्। ठाकुरले प्रधानमन्त्रीबाट चालिने कदममा आवश्यकता हेरेर सहयोग गर्ने बताएका छन्।

लोसपाले पनि प्रधानमन्त्रीसँगको भेटमा सभामुखका कारण नै संसद् बन्धक बन्न अवस्थामा विकल्प दिनुपर्ने विषयमा कुरा भएको पुष्टि गरेको छ। ठाकुर निकट एक नेताले बाध्यतात्मक विकल्प भन्दा पनि प्रधानमन्त्री सभामुखसँग असन्तुष्ट रहेको बताएका छन्।

सभामुखले सभामुखका भूमिका छोडेर र्‍याडिकल माओवादीको भूमिका देखाइरहेको विषयमा प्रधानमन्त्री असन्तुष्ट हुनुहुँदो रहेछ, जसपाका ती नेताले बाह्रखरीसँग भने, त्यसैले एमसीसी अनुमोदनमा सहयोग गर्न र अन्य सहकार्यका लागि पनि तयार रहन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ।

उनले गठबन्धनमा खटपट भएको कुरा पनि प्रधानमन्त्रीले स्पष्ट संकेत गरेको जानकारी दिए। एमसीसी सम्झौता अघि बढाउन तत्कालीन ओली सरकारले यसअघि नै प्रयास गरेपनि तात्कालीन सभामुख कृष्णबहादुर महराले संसद्मा लैजान अस्वीकार गरेका थिए।

पछि फौजदारी अभियाग लागेपछि महराले पदबाट राजीनामा दिएका थिए। त्यसपछि सभामुख भएर आएका सापकोटाले पनि एमसीसीका विरुद्धमा आफूलाई उभ्याएपछि सरकारले एमसीसी सम्झौता अघि बढाउन सकेको छैन।

माओवादी केन्द्र र केही साना दल एमसीसीको विरोधमा छन्। सभामुख सापकोटाले आफू आबद्ध दल माओवादी केन्द्रकै भूमिका सांसदमा पनि देखाएको प्रश्न उठेपछि सरकारले राजनीतिक सहमतिका आधारमा उनको विकल्पबारे सोच्न थालेका देखिएको छ।

यसबारे नेकपा माअ‍ोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुको सचिवालयले भने सोच्न पनि नसकिने प्रतिक्रिया दिएको छ। यो समयमा सभामुख चलाउने कुरा सोच्न पनि सकिँदैन।

त्यस्तो प्रसंग आयो भने पनि त्यसले नयाँ संकटको सृजना गर्छ, प्रचण्डसँग निकट ती व्यक्तिले भने, त्यसैले प्रधानमन्त्रीसँग एमसीसी सम्झौताका विषयमा कुरा भइरहेको छ। तर, सभामुखको विषयमा कुनै प्रसंग उठेको छैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ