आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिद्वारा एकाएक संसद विघटन घोषणा, देशभर तरङ्ग

प्रकाशित
3.8K
SHARES

एजेन्सी। राष्ट्रपतिले फेरि एकाएक संसद विघटनको घोषणा गरेका छन् । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन। उनले विहीवार संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मितिसमेत तोकेका छन्।

राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्वोधनमा आगामी सन् २०२२ को फेबरोरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको छ। देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसदबाट समाधान ननिस्किएकाले यो संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि निर्वाचन गर्नु परेको उनले उल्लेख गरेका छन्।

सोसियलिष्ट पार्टी (पीएस) को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसदबाट अस्विकृत भएपछि पोर्चुगलको राजनीतिक सङ्कट नयाँ मोडमा पुगेको हो। पोर्चुगलको संसदीय इतिहासमा ४५ वर्षपछि पहिलो पटक संसदबाट बजेट अस्विकृत भएको अधिकारीले जनाएका छन्।

संसदबाट बजेट अस्विकृत गरेमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरिदिने चेतावनी राष्ट्रपति सुजाले यसअघि नै दिँदै आएका थिए।वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ।

त्यस्तै उता अमेरिकाले साउदी अरबलाई ६५ करोड डलर बराबरको एयर टु एयर मिसाइल बिक्री गर्ने अनुमति दिएको पेन्टागनले जानकारी दिएको छ। जो बाइडन सरकारले खाडी मुलुकसँग गरेको यो पहिलो हतियारसम्बन्धी सम्झौता हो।

बिहीबार एक विज्ञप्ति जारी गर्दै पेन्टागनले अमेरिकाको स्टेट डिपार्टमेन्टले रियादलाई वर्तमान र भविष्यमा हुने चुनौतीलाई सामना गर्न सहयोग गर्न हतियार बेच्ने अनुमति दिइएको जनाएको छ।

यसमा म्यासेचुसेट्समा रहेका रेयथियन कम्पनी प्रमुख ठेकेदार कम्पनी रहने बताइएको छ। कम्पनीले एआईएम–१२०सी–७÷सी–८ मध्य दुरीको एयर टु एयर मिलाइस र यससम्बन्धी सामग्री उपलब्ध गराउने छ।

केही महिनाअघि मात्र राष्ट्रपति बाइडेनले यमनमा साउदीको आक्रमक अपरेसन र हतियारको बिक्रीमा सहयोग अन्तय गर्ने बताएका थिए। स्टेट डिपार्टमेन्टको राजनीतिक र सैन्य मामिला ब्यूरोले जमिनमा रहेको लक्ष्यका लागि सो क्षेप्यास्त्र प्रयोग नहुने पनि जनाएको छ।

गत सेप्टेम्बरमा अमेरिकाले साउदीसँग ५० करोड डलर बराबरको हेलिकप्टर मर्मतसम्बन्धी सहमति गरेको थियो। यस्तै सुडानका सैन्य जनरल अब्देल फताह अल बुर्हानले बन्दी बनाइएका चारजना मन्त्रीलाई रिहा गर्न आदेश दिएका छन्।

गत साता सेनाले सत्ता कब्जा गरेयता यी मन्त्रीहरुलाई पक्राउ गरिएको थियो। सरकारी सञ्चारमाध्यम सुडान टिभीका अनुसार टेलिकम्युनिकेसन्स मन्त्री हसिम हसाब अल्रासोल, उद्योग मन्त्री अलि गेड्डो,

सूचना मन्त्री हम्जा बालोउल र युवा तथा खेलकुद मन्त्री युसुफ एडम रिहा भएका हुन्। अन्य मन्त्रीहरु भने हिरासतमै छन्। बिहीबारमै अल बुर्हानले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनसँग फोनवार्ता गरेका छन्।

उनले यसक्रममा चाडैं मन्त्रिमण्डल बिस्तार गर्ने सहमति जनाएको बुर्हानको कार्यालयले जनाएको छ। यता, अमेरिकी विदेश मन्त्रालयले पनि यस विषयमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ।

अमेरिकाका अनुसार फोनवार्ताका क्रममा सबै राजनीतिक बन्दीहरुलाई तत्काल रिहा गर्न ब्लिन्कनले माग गरेका थिए। त्यसैगरी, प्रधानमन्त्री अब्दाल्ला हम्दक नेतृत्वको सरकारलाई पुनस्र्थापित गर्नेगरी छलफल गर्नुपर्ने माग पनि ब्लिन्कनले राखेका थिए।

तेस्तै, बेलायती सांसद नुसरत गनीले प्रधानमन्त्री बोरिस जोनसन र उनको सरकारमाथि निकै गम्भीर आरोप लगाएकी छिन्। नुसरत २० फेब्रुअरी २०२० सम्म जोनसन सरकारमा कनिष्ठ यातायात मन्त्री थिइन्।

उनले भनिन् ‘मलाई पदबाट यसकारण हटाइयो किनकि म मुस्लिम थिएँ र क्याबिनेटमा मेरा सहकर्मीहरुलाई मेरो धर्मसँग समस्या थियो। गनीका अनुसार एक ह्वीपको माध्यमबाट उनलाई पदबाट हटाइएको जानकारी दिइएको थियो।

नुसरत गनीले यो गम्भीर आरोप सन्डे टाइम्सलाई दिएको अन्तरवार्तामा लगाएकी हुन्। गनीको यो आरोपका विषयमा अहिलेसम्म प्रधानमन्त्री बोरिस जोनसन वा डाउनिङ स्ट्रिटको तर्फबाट कुनै बयान आएको छैन।

अर्कोतर्फ सरकारका चिफ ह्वीप मार्क स्पेसरले एक बयानमा यति स्वीकार गरेका थिए कि गनीले उनीमाथि व्यक्तिगत आरोप लगाएकी छिन् । स्पेसरलेले सामाजिक संजालमार्फत भनेका छन् ‘यो आरोप झुटो र अपमानजनक छ।

मैले उनलाई कहिल्यै यो भनिन कि उनलाई मुस्लिम भएका कारण पदबाट हटाइयो। गत वर्ष लकडाउनमा पार्टी गरेका कारण बोरिस जोनसन पहिले नै शाही परिवार र जनताको निशानामा थिए।

पूर्व मुस्लिम महिला मन्त्रीको आरोपपछि उनको मुस्किल बढ्ने तय देखिएको छ। गनीका सहयोगीहरुले यो विषयमा उनले पुलिसमा केस दर्ता गराउने समेत बताएका छन्। सत्तामा आएपछि जोनसनमाथि लागेको यो सबेभन्दा गम्भीर आरोप हो।

गनीले भनेकी छिन् ‘क्याबिनेटको पुनर्संरचनाको लागि डाउनिङ स्ट्रिटमा बैठक भएको थियो। यस क्रममा मलाई भनियो कि म मुस्लिम महिला भएका कारण मेरो क्याबिनेटका सातीहरुलाई समस्या हुन्छ। गनी बेलायतको इतिहासमै पहिलो मुस्लिम महिला मन्त्री थिइन्।

गनीले अन्तरवार्तामा भनिन् ‘ह्वीपको कुरा सुनेर म अवाक भएकी थिएँ, आश्चर्यमा थिएँ। मैले कहिल्यै सोचेकी थिइन कि मेरो धर्मले यस बारेमा कहाँ समस्या खडा गरिरहेको छ। म यो सोच्न बाध्य भएँ कि म सांसद पनि रहनु ठिक हुन्छ वा हुँदैन।

कन्जर्भेटिभ पार्टीमाथि पहिले पनि इस्लामोफोबियाको आरोप लागिसकेको छ। गत वर्ष मे महिनामा एक रिपोर्टमा पार्टीले मुस्लिममाथि भेदभावको केसमा सही कारवाही नगर्ने आरोप लगाइएको थियो।

स्वयं जोनसनले गत वर्ष एक अन्तरवार्तामा बुर्का लगाउने महिलाहरु लेटरबक्स जस्ता देखिन्छन् भनेका थिए। पछि उनले माफी मागेका थिए। विपक्षी लेबर पार्टीका नेता कियर स्ट्रेमरले भने ‘गनीले संगीन आरोप लगाएकी छिन् यसको तत्काल जाँच गरिनुपर्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ