आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इतिहासकै सबैभन्दा ठूलो चट्याङ अमेरिकामा पर्‍यो

प्रकाशित
752
SHARES

काठमाडौं। अमेरिकामा इतिहासकै सबैभन्दा लामो चट्याङ परेको छ। यो आकाशीय बिजुलीले अमेरिकाका तीन राज्यहरुलाई एकैपटक ढाकेको थियो। संयुक्त राष्ट्रसंघको मौसम एजेन्सीले यसलाई संसारकै सबैभन्दा लामो आकाशीय बिजुलीको दर्जा दिएको छ।

यो चट्याङ ७ सय ६८ किलोमिटर लामो थियो। वैज्ञानिकहरुले यसलाई मेगाफ्ल्याश नाम दिएका छन्। यो चट्याङ अप्रिल २०२० मा परेको थियो। त्यतिबेलादेखि अहिलेसम्म विश्वभर परेका चट्याङहरुको रेकर्ड जाँच भइरहेको थियो।

जाँचमा यो चट्याङ सबैभन्दा लामो पाइयो। यो चट्याङ चम्किँदा टेक्सासदेखि मिसिसिपीसम्म देखिएको थियो। वैज्ञानिकहरुले यसलाई एक स्याटेलाइटको माध्यमबाट रेकर्ड गरेका थिए।

यो यसअघिको रेकर्डभन्दा ६० किलोमिटर लामो रहेको पाइएको छ। यसको पुष्टि वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले गरेको छ। डब्लुएमओका प्रवक्त क्लेयर नलिसका अनुसार ७६८ किलोमिटरको यात्रा विमानमा गर्दा करिब डेढ देखि २ घण्टा समय लाग्छ।

तर, बिजुलीले यो दूरी केही सेकेण्डमै पार गर्यो। यसअघि जून २०२० मा उरुग्वे र अर्जेन्टिनामाथि मेगाफ्ल्याश परेको थियो। यो करिब १७.१ सेकेण्डसम्म देखिएको थियो।

सबैभन्दा राम्रो कुरा यी दुवै मेगाफ्ल्याशले पृथ्वीलाई छोएनन्। पृथ्वीलाई छोएको भए ठूलो विपत्ति आउन सक्थ्यो। समाचार एजेन्सी रोयटर्सका अनुसार उरुग्वे र अर्जेन्टिनामा परेको चट्याङभन्दा पहिले अर्को उक चट्याङ परेको थियो जसले पूरै ब्राजिललाई दुई भागमा बाँडेको थियो।

यो आकाशीय बिजुली ७०९ किलोमिटरसम्म फैलिएको थियो। डब्लुएमओका अनुसार दुई वर्ष पहिले अर्जेन्टिनामा रेकर्ड गरिएको सबैभन्दा धेरै समय चम्किएको चट्याङ १७.१ सेकेण्डसम्म चम्किरहेको थियो।

यसअघि यस किसिमका चट्याङको रेकर्ड अमेरिका र फ्रान्समा गरिएको थियो। यसबारेमा अमेरिकन जियोफिजिकल युनियनको रिसर्च लेटरमा लेख प्रकाशित भएको थियो।

डब्लुएमओको एक्सपर्ट कमिटीले २ वर्ष पहिले ब्राजिलको माथि ३१ अक्टोबर २०१८ मा परेको चट्याङलाई सबैभन्दा लामो आकाशीय बिजुली ठहर गरेको थियो। यसले ७०९ किलोकिटर दूरी तय गरेको थियो।

यो दूरी बोस्टनबाट वाशिङटन डिसी वा लण्डनबाट स्विट्जरल्याण्डजति हो। डब्लुएमओले ४ मार्च २०१९ मा परेको चट्याङलाई इतिहासमै सबेभन्दा धेरै समय चम्किएको चट्याङ मानेको छ।

यो १७.१ सेकेण्डसम्म चम्किरहेको थियो। कुनै पनि चट्याङ १०० किलोमिटर भन्दा धेरै फैलिए त्यसलाई मेगाफ्ल्याश भन्छन्। यसअघि २००७ मा ३२१ किलोमिटर लामो चट्याङ अमेरिकाको ओक्लाहोमामा रेकर्ड गरिएको थियो।

त्यसअघि २०१२ मा फ्रान्समा ७.७४ सेकेण्डसम्म चम्किएको चट्याङलाई सबैभन्दा लामो समय चम्किएको चट्याङ मानिएको थियो। यो चट्याङ मापन गरेपछि साईनटिस्टहरु नै चकीत परेका छन्।

प्रतिक्रिया