आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीलाई घेरा हालेर सखाप पार्न प्रतिक्रियावादी लागेका छन्: प्रचण्ड

प्रकाशित
614
SHARES

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र देशबाहिरका प्रतिक्रियावादी शक्तिहरू माओवादी सिध्याउने षड्यन्त्रमा लागेको दाबी गरेका छन्।

एमसिसी अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेका वेला प्रचण्डले माओवादीलाई सखाप पार्ने षड्यन्त्र भएको दाबी गरेका हुन्। माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्।

हामी यति ठूलो परिवर्तनका वाहक विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ, प्रचण्डले मंगलबार आफ्नै निवासमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा जुम्ला जिल्ला समितिलाई पार्टी प्रवेश गराउँदै भने।

प्रचण्डले ढिलो–छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए। परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरू एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो।

विभाजनका घाउहरू बिर्सिंदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादी एक ठाउँमा केन्द्रित हुँदै गएको प्रचण्डको भनाइ थियो। जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ।

हामीलाई कसैले परास्त गर्न सक्दैन, प्रचण्डले भने। कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, सहसेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए। अबको समाजवादी क्रान्तिका लागि माओवादीमा फर्किएको नवप्रवेशीको भनाइ थियो।

तेस्तै,नेपाल आयल निगमको कार्यकारी निर्देशक हुन आवेदन दिएका १६ उम्मेदवारलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ फागुनदेखि प्रस्तुतीकरणका लागि बोलाएको छ।

१६ माघसम्मको समयसीमाभित्र आवेदन दिएकामध्ये भगवानपुर–२, सिराहाका संजयकुमारको दरखास्त रद्द गरिएको छ। बन्द खामभित्र आवेदन दिनुपर्ने मापदण्डविपरीत उनले खुला रूपमा कागजात पेस गरेकाले आवेदन रद्द गरिएको उद्योग मन्त्रालयले जनाएको छ।

आवेदन स्वीकृति हुनेहरूमा बैतडीका आनन्दबहादुर चन्द, कपिलवस्तुका भूपेन्द्रप्रसाद अर्याल, लमजुङका विष्णुबाबु मिश्र, गोरखाका चण्डिकाप्रसाद भट्ट, सिराहाका चित्तरञ्जन दास, बर्दियाका हरिभक्त शाही, पर्वतका हरिवंश आचार्य र तेह्रथुमका जीवनप्रकाश सिटौला रहेका छन्।

त्यस्तै बाराका कृष्णप्रसाद यादव, चितवनका प्रा. डा. लक्ष्मण पौडेल, खोटाङका लोकबहादुर खड्का, डडेल्धुराका लोकराज पाठक, मोरङका पंकजकुमार दास, धनुषाका रामदेव यादव, सुनसरीका तारानाथ पौडेल र सुर्खेतका उमेशप्रसाद थानीको आवेदन स्वीकृति भई मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ।

कार्यकारी निर्देशक छनाेटका लागि मन्त्रालयद्वारा गठित समितिका अनुसार आवेदकहरूलाई ८ देखि ११ फागुनसम्म व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र १२ देखि १६ फागुनसम्म अन्तर्वार्ताका लागि बोलाइएको छ।

समितिका अनुसार आनन्दबहादुर चन्द, भूपेन्द्रप्रसाद अर्याल, विष्णुबाबु मिश्र र चण्डिकाप्रसाद भट्टलाई ८ फागुनमा कार्ययोजना प्रस्तुतीकरण र १२ फागुनमा अन्तर्वार्ताका लागि बोलाइएको छ।

त्यस्तै चित्तरञ्जन दास, हरिभक्त शाही, हरिवंश आचार्य र जीवनप्रकाश सिटौलालाई ९ फागुनमा कार्ययोजना प्रस्तुतीकरण र १३ फागुनमा अन्तर्वार्ताका लागि बोलाइएको छ।

कृष्णप्रसाद यादव, प्रा. डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठकलाई १० फागुनमा कार्ययोजना प्रस्तुतीकरण र १५ फागुनमा अन्तर्वार्ताका लागि बोलाइएको छ।

पंकजकुमार दास, रामदेव यादव, तारानाथ पौडेल र उमेशप्रसाद थानीलाई ११ फागुनमा कार्ययोजना प्रस्तुतीकरण र १६ फागुनमा अन्तर्वार्ताका लागि बोलाइएको छ।

आयल निगमको कार्यकारी निर्देशक पद २३ पुसयता रिक्त छ । निगमको नायब कार्यकारी निर्देशक ई. सुशील भट्टराईले हाल निमित्तका रूपमा संस्थाको दैनिक कार्यसम्पादन गरिरहेका छन्।

प्रतिक्रिया