आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कमल थापाले पूर्वराजा ज्ञानेन्द्रको तीन करोड झ्याम पारेपछि….

प्रकाशित
1.9K
SHARES

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पूवराजा ज्ञानेन्द्रको तीन करोड रुपैयाँ झ्याम पारेको खुलासा भएको छ। गएका दुई वटा प्रतिनिधिसभा निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्रले चुनाव खर्चका रुपामा दिएको तीन करोड खर्च नगरी झ्याम पारेका हुन्।

संविधानसभाको दोश्रो निर्वाचन २०७० मा पूर्वराजाले २ करोड र प्रतिनिधिसभा निर्वाचन २०७४ मा एक करोड रुपैयाँ चुनाव खर्चका लागि दिएको रकम थापाले झ्याम पारेका हुन्।

संविधान सभाको निर्वाचनमा गरेको खर्चको परणाम राम्रो आएको भएपनि प्रतिनिधिसभाको निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टी पनि बन्न नसकेपछि पूर्वराजाले हिसाव मागेको बुझिएको छ।

राजाले २०७० र २०७४ मा लिएको आर्थिक हिसाव किताव खोजिबक्सेको थियो। निर्मल निवास श्रोतले भन्या उहाँले हिसाव मागेको ४ बर्षसम्म दिनु भएन। यही कारणले राजा र कमल थापाको सम्बन्ध विग्रीएको हो।

पूर्वराजाले थापासँग हिसाव मागेपछि उनले ठाडो उत्तर पठाएको श्रोतको दावि छ।नेपाली कांग्रेस र कम्युनिस्टलाई दिएको चन्दाको हिसाव राख्नु भएको छ। थापाले प्रतित्तरमा भनेका कुरालाई उदृढ गर्दै श्रोतले भन्यो।

के हामीलाई राजतन्त्रको मुद्धा बोकेकै कारण दण्डित गर्न खोजिएको हो ? किन राप्रपासँग मात्र हिसाव खोजेको ?थापाले चन्दाको हिसाव नहुने बताएपछि पूवराजा रिसाएको बुझिएको छ।

पूर्वराजासँग चन्दा लिएको कमल थापाले पनि स्वीकारेका छन्।योहो टेलिभिजनको कार्यक्रम सत्य संबादमा थापाले दुई पटक गरेर तीन करोड रुपैयाँ लिएको बताएका हुन्।

उनले आफूभन्दा धेरै रकम कम्युनिस्ट र कांग्रेसले लिएको प्रमाण आफूसँग भएको भन्दै चुनावमा आर्थिक सहयोग गर्नु व्यवसायीक घरानाका लागि सामान्य भएको बताएका छन्।

श्रोतका अनुसार पार्टीले थापासंग जवाफ माग्ने तयारी थालेको नाम नबताउने सर्तमा राप्रपाका एक नेताले बताए। तेस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले एकाएक पार्टी परित्यागको घोषणा गरेका छन।

उनले पार्टीमा आफ्नो मागको सुनवाई नभएपछि पार्टी परित्याग गर्नु परेको बताएका छन्। गृह नगर हेटौडा पुगेर थापाले एक विज्ञप्ति जारी गरी आफनो मागको सम्बोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको जनाएका हुन्।

विज्ञप्तिमा उनले राप्रपाका कुनै नेतासँग बैरभाव नभएको उल्लेख गरेका छन्। अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीवाट अलग हुने निर्णय गरेको छु, थापाले उल्लेख गरेका छन्।

पार्टी भित्र देखा पर्न थालेको सैद्धान्तिक बिचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरा बाँकी क्रियाशिल राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा मै रमाउने उत्कृष्ट चाहाना भएतापनि आफनो कुराको सुनुवाई नुहने भए पछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ।

सोमवार काठमाडौंमा आफु निकट राप्रपाका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको अलग भेला गरेका थापाले पार्टी परित्यागको घोषणा भने गृह जिल्ला मकवानपुर पुगेर गरेका हुन।

राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुवाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु’ थापाले पुर्व उपप्रधानमन्त्रीको हैसियतमा लेखेको पत्रमा भनिएको छ।

‘पार्टीमा रहदाँ बिताएका क्षणहरु प्रति म सदैव गौरब गरिरहनेछु, राप्रपाको कुनै साथीहरुसँग मेरो बैरभाव छैन, सबैको भलो होस भन्ने कामना गर्दछ। उनले बिज्ञप्तिमा भनेका छन्।

थापा गत मंसिर १५–१८ मा भएको महाधिवेसनमा अध्यक्ष राजेन्द्र लिङदेनवाट पराजित भएका थिए। पुर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पराजित गराएको गुनासो थापाले गर्दै आएका थिए।

उनले २७ मंसिरमा अध्यक्ष लिङदेनलाई पत्र लेखेर सो बिषयमा छानबिनको माग गरेका थिए। उनले १६ माघमा स्मरण पत्र लेखेको भए पनि सुनुवाई नभएको आरोप थापाले लगाउँदै आएका थिए।

जीवनभर आफु रहेको पार्टी परित्याग गरे पनि थापाले अब कता जाने भन्ने बारेमा भने केहि पनि बताएका छैनन्। उनले अर्को कुनै राजनीतिक दल खोल्छन वा आरु मात्र अरु कुनै पार्टीमा प्रवेश गर्छन भन्ने बारेमा उनका नजिकका मित्रहरुले समेत अहिलेसम्म आकलन गर्न सकेका छैनन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ