आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुकेश अम्बानीलाई उछिन्दै भारतकै गौतम अडानी एसियाकै धनी व्यक्ति बने

प्रकाशित
751
SHARES

काठमाडौं। विश्वभरीको शेयर बजारमा जारी गिरावटले शीर्ष अर्बपतिको धनमा गम्भीर उलटफेर भएको छ। यसबाट अर्बपतिहरुको बरियतामा पनि भारी परिवर्तन आएको छ।

यो हलचलमा भारतका अर्बपति गौतम अगाडी एसियाकै धनी व्यक्ति बनेका छन्। यससँगै उनले भारतका अर्बपति मुकेश अम्बानीबाट एसियाकै धनी व्यक्तिको ताज खोसेका छन् ।

गौतम अडानी विश्वकै धनी व्यक्तिहरुको सूचीमा टप १० मा उक्लिएका छन्। फोर्ब्सको रियल टाइम बिलियनेयर लिस्टका अनुसार गौतम अडानी एण्ड फेमिली अहिले ९० अर्ब डलर सम्पत्तिका साथ दशौं स्थानमा छन्।

पछिल्लो २४ घण्टाम भलै उनको धनमा ६७२ मिलियन डलर गिरावत आएको छ। तर शीर्षका अन्य अर्बपतिलाई अझै धेरै नोक्सान भएको छ। लामो समयदेखि भारत र एसियाकै सबैभन्दा धनी व्यक्ति रहेका मुकेश अम्बानीको सम्पत्ति पछिल्लो १ दिनमा २.२ बिलियन डलर कम भएको छ।

यसबाट उनको कूल सम्पत्ति ८९ बिलियन डलर रह्यो। मुकेश अम्बानी विश्वव्यापी रुपमा ११ औं र भारत तथा एसियामा दोस्रो स्थानमा छन् ।पछिल्लो उलटफेरमा सबैभन्दा धेरै नोक्सानी फेसबुकका मार्क जुकरबर्गलाई भएको छ।

फेसबुकको शेयरमा आएको २६ प्रतिशत गिरावटका कारण उनको सम्पत्ति एकैचोटी २९.७ बिलियन डलर घटेको छ। यसरी उनको सम्पत्ति केवल ८४.८ बिलियन डलररह्यो। उनी अहिले अडानी र अम्बानीपछि १२ औं स्थानमा झरेका छन्।

संसारकै सबैभन्दा धनी एलन मस्कलाई पनि शेयर बजारको गिरावटले नोक्सानी भएको छ। पछिल्लो १ दिनमा मस्कको नेटवर्थमा ३.३ बिलियन डलरको गिरावट आएको छ।

यद्यपि अझै पनि उनी २३२.३ बिलियन डलर सम्पत्तिसहित शीर्ष स्थानमा कायमै छन्। अमेजनका जेफ बेजोसलाई पनि भारी नोक्सान भएको छ। यससँगै उनी १ स्थान तल खस्किएर तेस्रो स्थानमा झरेका छन्।

बेजोसको सम्पत्ति ११.८ बिलियन डलर घटेर १६४.८ बिलियन डलर भएको छ। बेजोस खस्किएसँग बर्नार्ड आर्नल्ट दोस्रो स्थानमा उक्लिएका छन्। आर्नल्ट अहिले १९३.६ बिलियन डलर सम्पत्तिसहित विश्वका दोस्रो धनी व्यक्ति बनेका छन्।

उनको सम्पत्ति पनि १ दिनमा ४.८ बिलियन डलर घटेको छ। विश्वका शीर्ष १५ धनीहरुमध्ये चीनका झोंग शानशानको मात्रै सम्पत्ति पछिल्लो २४ घण्टामा बढेको छ। उनको सम्पत्ति २.२ बिलियन डलर बढेर ७७.२ बिलियन डलर पुगेको छ र उनी १५ औं स्थानमा छन्।

तेस्तै, पोर्नोग्राफी मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका व्यापारी राज कुन्द्राले आफ्नो नाममा रहेको ५ वटा फ्ल्याट अभिनेत्री पत्नी शिल्पा शेट्टीको नाममा सारेका छन्। यो फ्ल्याटको मूल्य करोडौं पर्छ।

राजले मुम्बईस्थित एक भवनको पुरा पहिलो फ्लोर शिल्पाको नाममा सारेका हुन्। यो फ्ल्याटको मूल्य ३८ करोड ५० लाख पर्छ। यो भवन समुन्द्र तटबाट करिब तीन सय मिटरको दुरीमा बनेको छ।

जूहुमा परिवारका साथ बस्दै आएका राजले जुहुको घर पनि शिल्पाको नाममा सारेका छन्। शिल्पाको जुहुको घर ५ हजार ९ सय ९५ स्क्वायर फिटमा फैलिएको छ। जसको ट्रान्सफरमा शिल्पाले १ दशमलब ९ करोड स्टाम्प ड्युटी दिएकी छन्।

यो हस्तान्तरण जनवरी २१, २०२२ मा भएको थियो। यद्यपि यो विषयमा आधिकारिक रुपमा कुनै जानकारी बाहिर आएको छैन। राज गत वर्षको जुलाईमा अश्लील फिल्म बनाएको,

र त्यसलाई एपमार्फत प्रसारण गरेको आरोपमा पक्राउ परेका थिए। उनीमाथि कैयौं धारा अनुसार मुद्धा दर्ता गरिएको थियो। जेलमा बसेको केही महिनापछि उनले जमानत पाएका थिए।

प्रतिक्रिया