आज : गते

ताजा शिर्षकहरु

संकटमा सत्ता गठबन्धन, देउवा भन्दा प्रचण्ड-माधब तनावमा

प्रकाशित
445
SHARES

काठमाडौं। एमसीसीलाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लेखेको पत्र बाहिरीएसंगै सत्ता गठबन्धन शंकैशंकामा रुमलिएको छ।

एकातर्फ एमसीसी टेवुल गरे गठबन्धन छाड्ने माओवादीको चेतावनी र अर्कातर्फ नेकपा एकीकृत समाजवादीको चित्त दुखाईले यसमा अझ संकट थपेको हो।

अप्राकृतिक गठबबन्धनको संज्ञा पाएको सत्ता गठबन्धन फुटको उत्कर्षमा पुगेको छ। एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिक भएपछि सत्ता घटकमा अविश्वास चुलिएको हो। सोहि कारण ७ महिनापछि एमाले अध्यक्ष केपी शर्मा

ओली वालुवाटार पुगे भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वेवास्तामा परे ।पत्र सार्वजनिक भएसंगै देउवा–प्रचण्ड–ओलीको वार्तामा ओलीकै माग बमोजिम नेपाललाई बोलाईएन।

अर्थात नेकपा एकीकृत माजवादीलाई पार्टी नै नमान्ने ओलीको अडानलाई सत्ता घटककै नेता देउवा र प्रचण्डले मौनरुपमा स्वीकार गरे। फलतस् आफू बाहेकको छलफल भएपछि नयाँ सत्ता समिकरण त हुने हैन भन्ने डर एकीकृत समाजवादीमा परेको छ।

उता एमसीसीमा आफ्नो अडानको बीच पत्र सार्वजनिक भएपछि माओवादी केन्द्रले पनि कांग्रेसलाई शंकाको नजरले हेर्न थालेको छ भने कतै गठबन्धन फुट्ने र वामपन्थी एक हुने त हैनन् भन्ने डर कांग्रेसमा पनि छ।

यद्यपी पत्र सार्वजनिक हुनुलाई कांग्रेसले भने आईसब्रेक भनेको छ। हुन त गठबन्धनको उदेश्य पुरा भईसकेको छ। ओली वालकोट पुगीसकेका छन भने सातै प्रदेशबाट एमालेको सरकारबाट हटेको छ।

अव एकैमात्र उदेश्य भनेको चुनावमा मिलेर फाईदा लिने काम मात्र सत्ता गठबन्धनका लागि बाँकि छ। फलत: आफू कमजोर हुने आंकलनका कारण ओलीको प्रहार र वामपन्थीलाई एक हुन नदिने देउवाको रणनितिको चेपुवामा गठबन्धन छ।

गठबन्धन नभए यसअघि आफूलाई हराएका एकीकृत समाजवादी र माओवादी केन्द्रका नेता पुन तगारो बन्ने ठानेका रामचन्द्र पौडेल, कृष्ण सिटौला जस्ता कांग्रेस नेताहरु भने गठबन्धनको पक्षमा छन।

त्यस्तै गठबन्धन फुटे बन्ने सम्भावित समिकरण वामपन्थी गठबन्धनमा नपर्ने पक्का भएको एकीकृत समाजवादी पनि यहि गठबन्धन दिगो बनाउनुपर्ने बाध्यतामा छ।

तर एमसीसी निर्वाचन जस्ता महत्वपूर्ण विषयमा भएको वैठकमै ओलीको ईच्छा अनुसार नेपाललाई नबोलाएकोमा भने खुसी देखिएको छैन। जसलाइ एकीकृत समाजवादीले आफ्नो पार्टी प्रतिको अपमान भएको बताएको छ।

यदि कांग्रेसले एक्लै अघि बढ्ने घमण्ड गरे त्यो राम्रो नहुने उसको भनाई छ। स्थानीय निर्वाचन र एमसीसीमा एकोहोरो अघि बढाउन खोजेपछि माओवादी केन्द्रले गठबन्धन छाड्ने चेतावनी नै दियो।

वाहिर एक र भित्र अर्को कुरा गरिरहेकाप्रचण्डको दोहोरो चरित्र यहि वीचमा पर्दाफास भएपछि उनी अझ नैतिक दवावमा छन। यहि बाध्यताकै कारण सहि फरक मत नराखेको एकीकृत समाजवादीलाई,

पनि देउवाले स्पेस नदिएपछि अब सत्ता घटकमध्येका तीन दल तीन तीर देखिएका छन। जसमा ओली कता जान्छन र कसरी खेल्छन भन्ने कुराले आगामी राजनीतिक कोर्ष तय गर्ने छ।

तेस्तै, एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ। सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै सांसदलाई बोल्न दिनुपर्ने गरी कार्यक्रम बनाइरहेका छन्।

सरकारले माघ २६ गतेको बैठकमा एमसीसी सदनमा टेबुल गर्ने तयारी गरिरहेका बेला सभामुखले यसबारे गृहकार्य गरिरहेका हुन्। उनले यो प्रस्ताव कार्यव्यवस्था परामर्श समितिको बैठकमा राख्दैछन्।

उनले संसद् बैठक बस्ने दिनमै २६ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने तयारी गरेका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भए मात्र एमसीसी कार्यसूचीमा राखिने भएको छ।

माओवादी केन्द्रले २८ गते एमसीसीको विषयमा निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। यसैबीचमा एमालेले भने सदनमा टेबुल भएपछि आफ्नो धारणा बनाउने तयारी गरेको छ। उपस्थित सङ्ख्याको बहुमतले एमसीसी पारित गर्ने तयारी कार्यक्रम बनाइएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ