आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लता मंगेशकरको ह’त्या गर्न विष खुवाइएको खुलासा, यसरी खुल्यो रहस्य

प्रकाशित
4.1K
SHARES

दिल्ली । ‘दिदी’ भन्ने शब्द जब निस्कन्छ तब भारतीय सिने जगतकी चर्चित गायिका लता मंगेशकर हाम्रो मस्तिष्कमा आउँछिन्। उनी भारतको मात्र नभएर विश्वको आवाज थिइन्।

उनको स्वरलाई कोइलीको स्वर नै भनिथ्यो। उनै लता मंगेशकरले आइतबार ९२ वर्षको उमेरमा प्राण त्यागिन् जसका कारण यतिबेला विश्वभरका संगीत पारखी दुःखी बनेका छन्।

उनलाई एक महिना पहिले मात्र कोरोना संक्रमण भएको थियो। संक्रमण पश्चात उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पलमा भर्ना गरियो। तर भेन्टिलेटरमा राखिएकी उनले हिजो आइतबार बिहान ८ः४५ मा अन्तिम सास फेरिन्।

विष खुवाएर मार्न खोजियो
लता मंगेशकरको ख्याति विश्वभर थियो जसकारण उनका विषयमा धेरै जानकार छन्। यद्यपी उनका केही विषयको बारेमा भने कमैलाई थाहा होला। लेखिका नसरिन मुन्नी कबिरले लतासँग अन्रवार्ता लिएर एक किताब लेखेकी थिइन्। उक्त पुस्तकमा लतालाई विष खुवाएर मार्न खोजिएको प्रसंग पनि समेटिएको छ।

पुस्तकमा लताले भनेकी छिन्,‘सन् १९६२ मे महिनामा म एक महीना बिरामी भएको थिए। त्यसबेला अस्पतालमा मेरो पेटको एक्सरे लिइएको थियो र मलाई भनिएको थियो किः तपाइँलाई मन्द विष दिइएको छ।’ आफूलाई विस्तारै मृत्यु वरण गराउनसक्ने विष दिइएको विषयमा उनी थप्छिन्,‘हाम्रो घरमा एक कामदार थिए जसले खाना बनाउँथे।

त्यतिबेला उनले हामीलाई केही नभनी काम छोडेका थिए। उसले आफूले पाउने पैसा पनि लिएका थिएनन्।’ तिनै कामदारले विष खानामा मिसाएको हुनसक्ने लताको आशंका छ। यसबारे विस्तृतमा केही बताइएको छैन। यद्यपी समयमै उपचार पाएकाले उनको ज्यान जोगियो जसकारण उनका सदाबहार गीत अहिलेपनि हामीले सुन्न पाइरहेका छौं।

संगीत यात्रा
यो कुरा सन् १९४३–४४ को हो। जुनबेला भारतको कोहलपुरमा एक फिल्मको छायांकन चलिरहेको थियो। त्यस समयकी चर्चित भारतीय गायिका नूरजहाँ आफ्नो गीत रेकर्ड गराउन त्यहाँ पुगेकी थिइन्। त्यस गीतमा एउटी सानी बच्चीको पनि भूमिका थियो।

फिल्मका निमार्ताले ती बच्चीलाई मूरजहाँसँग चिनाउँदै भने,‘उनी लता हुन्, उनी पनि राम्रो गाना गाउन सक्छिन्। सानी बच्ची देखेर आश्चर्यमा पर्दै मुरजहाँले भनिन्,‘अरे होर, बच्चीतिर इसार गर्दै भनिन्ः केही गाएर सुनाउँ त?’ लताले त्यसबेला शास्त्रीय संगीतमा सजिएको एउटा गीत सुनाइन्।

नूरजहाँलाई लगाले गाएको त्यो गीत निकै राम्रो लाग्यो र उनी लतालाई सुनेको सुन्यै भइन् र लताले भने गीतहरु एकपछि अर्को सुनाउँदै गईन्। सानी लताको गीत सुनेर खुशी हुदैँ नूरजहँले भनेकी थिइन्,‘तिमी धेरै राम्रो गाउछैँ, अझै रियाज गर्दै गर्नु, धेरै अगाडी बड्छौँ।’ तर गरिब परिवारकी छोरी लतालाई दैनिक गुजारा गर्नै गाह्रो हुन्थ्यो।

यद्यपी उनले चलचित्रमा सानो तिनो अभिनय गर्ने मौका पाउन थालिन् पछि गएर उनी संगीत तर्फ अग्रसर भइनर र उनी कोकिल स्वरकी धनी लता मंगेशकर बनिन्। चर्चित गीतकार तथा निर्देशक गुलजारले एक समय भनेका थिए,‘लता एक गायिका मात्र होइनन्। उनी त सम्पूर्ण हिन्दुस्तानको जीवनको हिस्सा बनिसकिन्।’

सानै उमेरमा पिता गुमाउन पुगेकी लताले परिवारको बोझ उठाउनु परेको थियो। त्यसैले उनले सानै उमेरबाट सानो तिनो रोलमा अभिनय गर्न थालेकको थिइन्। अभिनय उनले बाध्यताले गर्दा मात्र गरिहरेकी थिइन्। उनलाई अभिनय गर्न र मेकअप गर्न फिटिकै मन पर्दैनथ्यो किनभने उनलाई हर हालतमा गायिका बन्नुपर्ने थियो।

सोही क्रममा लताको जीवनमा संगीत निर्देशक उस्ताद गुलाम हैदर आए। उनले लताको आवाज सुने र तुरुन्त निर्देशसँग लिएर गए। त्यसबेला लताको उमेर मुस्कीलले १९ वर्ष थियो। तर उनको पातलो आवज कसैलाई मनपर्दैन थियो। यद्यपी गुलाम हैदर आफ्ने कुरामा अडिक रहे। अन्ततः लतालाई फिल्म मुनव्वर सुल्तानामा गाउन लगए

लता भन्थिन्,‘गुलाम हैदरले भनेका थिए एक दिन तिमी ठूलो कलाकार हुन्छौँ। आज जस्ले तिमीलाई तिम्रो आवाजलाई अस्वीकार गरिरहेका छन् पछि तिनै तिम्रो पछि भाग्छन्।’ यो अनौठो संयोग हो कि नूरजहाँ र गुलाम हैदर दुवै देश विभाजनपछि पाकिस्तान गए, तर लताका लागि उनीहरुले भनेको कुरा सत्य भयो। (बीबीसी हिन्दीबाट अनुदित, रमेश पौडेल)

प्रतिक्रिया