आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाको चीन र रुससँगको टकरावले विश्व युद्धको खत्तरा

प्रकाशित
294
SHARES

काठमाडौं। यतिबेला विश्वका देशहरुमा तिव्र ध्रुवीकरण बढेको छ। एकातर्फ अमेरिका छ भने अर्कोतर्फ चीन देखिएको छ। विश्वकै महाशक्ति अमेरिकाले चीन र रुसबाट पछिल्लो समय ठूलो चुनौती देख्न थालेको छ।

अफगानिस्तानमा अमेरिकी नियन्त्रण अन्त गर्दै तालिवान सत्तामा आएपछि विश्वमा यस्तो सन्देश गयो कि अब अमेरिका महाशक्ति रहेन। अमेरिकी सैन्य विमानको पछाडि अफगानीहरु दौडिरहेको दृश्यले महाशक्तिको हालत खराब भएको सन्देश गयो।

तालिवानले वास्तमै चीन र रुसको साथ पाएका थिए। जसरी अमेरिकाले विगतमा रुसलाई अफगानिस्तानबाट हटाउन पाकिस्तानमार्फत् तालिवानलाई साथ दिएको थियो।

त्यसरी नै अमेरिकालाई अफगानिस्तानबाट हटाउन रुसले चीनको समेत साथ लिएर पाकिस्तानमार्फत् यो कार्य सफल बनाएको थियो। यो घटनाले दक्षिण एशियामा अमेरिकाले ठूलै चुनौती भोग्न पुग्यो।

भारतसँगको सम्बन्धकै आधारमा अमेरिकाले दक्षिण एशियामा आफ्नो प्रभावलाई पुर्नजिवित गर्न थाल्यो। नेपालसहित श्रीलंका, मालदिभ्स र बँगलादेशमा अमेरिकी अधिकारीहरुको भ्रमण भयो।

चीनको ऋणको विषयले अप्ठ्यारोमा परेका देशहरुले अमेरिकाको साथ खोजिरहेका थिए। यो उसका लागि उत्तम अवसर बन्यो। गलवालमा भएको झडपपछि भारत चीनसँग रुष्ट थियो।

अमेरिकाले भारतसँग महत्वपूर्ण सम्झोताहरु गर्न पुग्यो। पूर्व यूरोप हुँदै पश्चिम यूरोपतर्फ चीनको मित्र शक्ति रुस अगाडि बढिरहेको थियो। जर्मनीसँगको समुन्द्रमुनी बिछ्याइएको रुसी ग्याँस पाइपलाइन अमेरिकाका लागि चुनौती बन्यो।

अमेरिका पूर्व सोभियत संघ र आसपासका देशहरुलाई नाटोमा आवद्ध गराउँदै बढेको थियो। रुस त्यसमा चुनौती बन्यो। युक्रेनको संकट आय। रुसमाथि सैन्य दबाब बढाउन अमेरिकाले पोल्यान्डलगायत देशमा सैनिक पठायो।

युक्रेनमा हतियार पठायो। यसरी अमेरिकाले यूरोपमा रुसी चुनौतीको सामना गर्दै गयो। अफ्रिकामा पनि चीनको प्रभाव बढ्दै गयो। अमेरिका र उसको मित्र शक्ति फ्रान्सलगायत देश त्यसमा चुनौती बनेर आए।

अफ्रिकामा शक्ति राष्ट्रहरुको टकरावको परिणामस्वरु सैनिक विद्रोहहरु हुनथाले। ताइवानमाथि चीनले कब्जा जमाउने रणनीति नै सार्वजनिक गर्यो। यसलाई रोक्न अमेरिका सक्रिय भयो।

एशिया प्रशान्त क्षेत्रमा अमेरिकाले सैन्य गठबन्धन नै बनायो। क्वाड नाम दिएर अमेरिकासहित भारत, जापान र अष्ट्रेलियाको गठबन्धन बन्यो। समुन्द्रमा सैन्य अभ्यासहरु हुनथाले।

उता काजिकिस्तानमा विद्रोहको अवस्था बन्यो। त्यसलाई दबाउन रुस र उसको गठबन्धनमा रहेका देशहरुले सैनिक पठाए। काजिकिस्तानको घटना रुसलाई चुनौती दिने उद्देश्यका साथ घटेको देखिन्थ्यो।

त्यसमा रुसले नियन्त्रण गुम्न दिएन। पश्चिम एशियामा पनि अमेरिकालाई चीन र रुसको चुनौती बढ्दै गएको देखिन्छ। इरान अमेरिकाको विरोधमा पहिले देखि नै थियो। पछिल्लो समय साउदी अरब र युएइ सन्तुलित सम्बन्धमा छन्।

साउदीका राजकुमार मोहम्मद बिन सलमान पश्चिमाहरुको पेलाईमा परेपछि रुस र चीनसँग पनि नजिकिए। उनले यसको सन्देश चीनमा आयोजित हिउँदे ओलम्पिकमा सहभागिता जनाएर दिए।

हिउँदे ओलम्पिक उदघाटनमा चीन पुग्नेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देखि पाकिस्तानका प्रधानमन्त्री इमरान खान समेत थिए। इजिप्ट, अर्जेन्टिनालगायत देशका राष्ट्रप्रमुख बेइजिङ पुगे।

३२ देशका सरकार प्रमुख चीन पुग्नुलाई अर्थपूर्ण मानिएको छ। अमेरिकालाई चीन र रुसले एकसाथ चुनौती दिदा विभिन्न देशहरुमा युद्धको कालो बादल मडारिइरहेको छ।

युक्रेन, काजिकिस्तानको संकट हुँदै अफ्रिकाका देशहरुमा थप संकट बढ्दै गएको छ। शक्तिराष्ट्रको टकरावमा सामरिक महत्वका साना र कमजोर देशहरुले युद्ध र द्वन्द्वको नयाँ चुनौती भोग्नुपर्ने वाध्यकारी अवस्था विकास भएको छ।

एशिया, अफ्रिकामा मात्र नभई यूरोपमा समेत युद्धको कालो बादल मडारिएको छ। रुसले सैनिक तयारी अवस्थामा राखेपछि अमेरिकाले पनि यूरोपका देशहरुमा सैनिक पठाएको छ। महासागरहरुमा युद्धपोतहरु सक्रिय बनाइएका छन्।

प्रतिक्रिया