आज : गते

ताजा शिर्षकहरु

पेस्तोल सहित कांग्रेस सभापति पक्राउ

प्रकाशित
1.1K
SHARES

काठमाडौ। काठमाडौंको कपुरधारास्थित एक घरमा बरामद पेस्तोलको अनुसन्धानका क्रममा कांग्रेसका वडा सभापति पक्राउ परेका छन्। सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–७ का सभापति मिलनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो।

उनले भाडामा लिएको कोठाभित्र प्रहरीले गत ८ कात्तिकमा पेस्तोल, चारवटा गोली र दुईवटा म्यागजिन बरामद गरेको थियो। लामो समयसम्म पनि कोठामा उनी नआएको र भाडासमेत नतिरेको भन्दै घरधनीले वडा कार्यालयमा उजुरी दिएपछि प्रहरीको रोहवरमा कोठा खोल्दा पेस्तोल बरामद भएको हो।

काठमाडौंमा नभेटिएपछि प्रहरीले उनको खोजी गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई पत्राचार गरेको थियो। सोलुखुम्बु प्रहरीले बिहीबार पक्राउ गरी राईलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेलाई बुझाएको छ।

वृत्तका प्रमुख डिएसपी दुर्गा दाहालका अनुसार हातहतियार तथा खरखजना मुद्दामा राईमाथि अनुसन्धान भइरहेको छ। राईले भने आफ्नो कोठामा अन्य कसैले हतियार राखिदिएको दाबी गरेका छन्।

गुन्डागर्दीको क्रममा उनले पेस्तोल राखेको सूचना प्रहरीले पाएको छ। उनीसँग दुईवटा नागरिकता र पासपोर्ट भएको आशंकामा समेत प्रहरीले छानबिन थालेको छ।

सोलुखुम्बुबाट मिलनकुमार राई तथा सुनसरीबाट मिलन राईको नाममा छुट्टाछुट्टै पासपोर्ट लिएका हुन्।  त्यससम्बन्धी कागजपत्र उनको कोठाबाटै बरामद भएपछि प्रहरीले त्यसमा छुट्टै छानबिन थालेको हो ।

प्रहरीले उनका नागरिकता र पासपोर्टका विवरण सोलुखुम्बु र सुनसरी जिल्ला प्रशासनसँग मगाएको छ। तेस्तै३५ लाख ६८ हजार ठगी गर्ने महर्जन पक्राउ परेका छन्।

नेपाल प्रहरीले ३५ लाख ६८ हजार रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ,

एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौं स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवं सञ्चालकलाई आर्थिक लाभ हुने गरी जग्गा खरिद गरी ठगी गरेकाले,

सो संस्थाका लेखा समितिका संयोजकसमेत रहेका महर्जनलाई पक्राउ गरिएको जानकारी दिए।काठमाडौं जिल्ला अदालतको ०७३ असार १९ गतेको फैसलाअनुसार महर्जनलाई ६ महिना कैद सजाय र,

बिगोबमोजिम ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। पक्राउ महर्जनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालत पेस गरिएको प्रवक्ता महतोले बताए।

तस्तै यौन दुर्व्यवहारको आरोपमा विमानस्थलबाटै पक्राउ: विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा कास्कीको रूपा गाउँपालिका– ७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ।

उनले म्यासेन्जरमा कुराकानी गरी ललाइफकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्बिर र भिडियो प्राप्त गरी निज महिलाका आफन्तलाई सार्वजनिक गरिदिने धम्की दिएको ब्युरोले जनाएको छ।

वैदेशिक रोजगारीबाट फर्कने क्रममा आज विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा ब्युरोले उनलाई पक्राउ गरेको हो। खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ