आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले बोलाए सर्बदलीय बैठक, प्रचण्डको यस्तो प्रस्ताव सुनेपछि नेताहरु चकित

प्रकाशित
891
SHARES

काठमाडौ देउवाले बोलाएको बैठकमा प्रचण्डको प्रस्ताव सुनेपछि नेताहरु चकित भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव गरेका छन्।

आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रचण्डले प्रतिपक्षी दलको समेत सहमतिमा चुनावपछि एमसिसी अघि बढाउँछौं।

तेसो भनेर एमसिसीलाई भन्नुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। यसअघि प्रधानमन्त्री देउवा र प्रचण्डले गत असोजमा एमसिसीलाई पत्र लेख्दै चार/पाँच महिनामा आफूहरूले एमसिसी संसदबाट,

पास गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। उनीहरूको प्रतिवद्धता अनुसार एमसिसीले जवाफी पत्र लेख्दै फेब्रुअरी २८ (फागुन १६) सम्म संसदबाट सम्झौता अनुमोदन नभए अर्को कदम चाल्ने बताएको छ।

प्रचण्डको प्रस्ताव देउवा र ओलीले भने कुनै टिप्पणी गरेनन्। छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न एमाले अध्यक्ष ओलीसँग सहयोग मागेका थिए। जवाफ ओलीले पहिला सत्तारूढ गठबन्धन यस विषयमा स्पष्ट हुनुपर्ने बताएका थिए।

तीन नेताहरूबीच आइतबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म छलफल भएको थियो। एमसिसी सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका छन्।

आज बालुवाटारमा करिब दुई घन्टा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अघि बढाउन प्रमुख प्रतिपक्षको सहयोग मागेका थिए। बैठकमा सहभागी रहेका एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री देउवाले आज,

अध्यक्ष ओलीलाई छलफलमा बोलाएको र स्थानीय चुनाव तथा एमसिसीलगायतबारे छलफल भएको बताए। एमसिसीलगायत विगय अघि बढाउन सहयोग गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा रह्यो,’ महासचिव पोखरेलले भने, ‘बैठकमा प्रचण्ड पनि हुनुहुन्थ्यो।

उहाँले चुनावपछि मात्रै एमसिसी अगाडि बढाउन उचित हुन्छ भनेर भन्नुभयो। संसद खुलाउन प्रतिपक्षीले सहयोग गर्नुपर्दछ भन्नेखालका कुरा गर्नुभयो।  एमालेले भने बैठकमा सत्तापक्ष नै एमसिसीबारे पहिले स्पष्ट हुनुपर्ने बताएको थियो।

स्थानीय चुनाव समयमै हुनुपर्ने जोड एमालेको रहेको पोखरेलले बताए। सत्तापक्षले एमसिसीबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेको छैन हामी हतारिँदैनौं,’ उनले भने।

एमसिसी सम्झौता अगाडि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन्। यही माघ २६ गते प्रतिनिधि सभाको बैठक बस्दैछ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि संसद बैठक अवरूद्ध गर्दै आएको छ। संसद बैठक सुचारू गर्ने वातावरण तयार गर्न र एमसिसी सम्झौता टेबुल गरी छलफल गर्न कानुन मन्त्री बडूले आज सभामुख सापकोटासँग छलफल गरेका हुन्।

सभामुख सापकोटा र मन्त्री बडूबीच आज सिंहदरबारमा कुराकानी भएको हो। संसद बैठक माघ २६ मा बस्दैछ, त्यसका एजेन्डा तय गर्न कार्यव्यवस्था समिति बैठक कहिले राख्नेजस्ता कुराकानी भएको हो।

मन्त्री बडूले सेतोपाटीसँग भने, ‘एमसिसी सम्झौता पनि बाहिरबाहिर छलफल भइरहेको छ, यसलाई संसदमा टेबुल गरेर छलफल गर्नुपर्छ। एमसिसी सम्झौता स्वीकार गरेर जाने वा अस्वीकार गर्ने भन्नेबारे बाहिरभन्दा संसदमै छलफल गरेर

टुंगोमा पुर्‍याइनुपर्ने धारणा मन्त्री बडूले सभामुखसँग राखेका थिए।बाहिरको छलफलले एमसिसी के गर्ने भन्ने टुंगिँदैन। विवाद मात्रै बढाउँछ, उनले भने, ‘आधिकारिक थलो संसद हो त्यहीँ छलफल गर्नुपर्दछ।

सभामुख सापकोटाले संसद बैठक सुचारू हुने वातावरण बन्नुपर्ने बताएका थिए। साथै कार्यव्यवस्था समिति बैठक पनि छलफल गरेर केही दिनभित्रै राख्ने सभामुख सापकोटाको भनाइ थियो।

सरकारले एमसिसी सम्झौता अगाडि बढाउन खोजेको छ तर गठबन्धनभित्रै यसबारे एकमत हुन सकिरहेको छैन।आजै प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा स्थानीय तह चुनाव, एमसिसी र संसद बैठक सुचारू गर्नेबारेमा छलफल पनि भएको छ।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट चाँडो पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

प्रचण्ड र श्रेष्ठलाई देउवाले आइतबार बिहान टेलिफोन गरेर एमसिसीबारे छलफल गरेका हुन्। एमसिसीबारे पार्टीको धारणा प्रष्ट रहेको जवाफ देउवाले पाएका थिए।

पार्टीको दृष्टिकोण प्रष्ट भइसकेपछि यो आजै दिउँसै, बेलुकै कुरा गरेर हुँदैन। हामी यसमा प्रष्टै छौ,’ टेलिफोन कुराकानीबारे माओवादी केन्द्रका एक नेताले भने,’जालझेल, छक्का पञ्जाको कुरा भएन।

यथास्थितिमा हामी पारित गर्न तयार छैनौं भनेर नेताहरूले भन्नुभएको छ।’टेलिफोन कुराकानीमा देउवाले ‘तपाईंहरूको कुरा त्यही हो,त्यही हो’भनेर भनेका थिए। माओवादी केन्द्रले एमसिसी यथास्थितिमा पारित नहुने अडान राख्दै आएको छ।

देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र सार्वजनिक गरिएकोमा समेत माओवादी केन्द्रले आपत्ति जनाएको स्रोतले बताएको छ। एमसिसीबारे छलफल गर्न प्रचण्डलाई प्रधानमन्त्री देउवाले आजै बालुवाटार बोलाए पनि निचोड निस्कन सकेन।

 

प्रतिक्रिया