आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डको यस्तो गोप्य सूचना लिक भएपछि माओवादी केन्द्रमा खेलाबैला, नेता कार्यकर्ता नै चकित

प्रकाशित
0.9K
SHARES

काठमाडौ । नेकपा मोआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एमसीसी पास गर्न तयार छौँ भनेर प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त हस्ताक्षर गरेर एमसीसी बोर्डलाई लेखेको पत्र सार्वजनिक भए माओवादी केन्द्रमा खेलाबैला मच्चिएको छ ।

प्रधानमन्त्री देउवाले केहि समय अघिनै प्रचण्ड र आफुले एमसीसी पास गर्न तयार छौँ भनेर पत्र लेखिसकेको बताए पनि प्रचण्डले ढाँटेर आफुले त्यस्तो नगरेको दाबी गरेका थिए । अहिले प्रचण्ड समेतले हस्ताक्षर गरेको पत्र सार्वजनिक भए पछि उनको झुट पनि सार्वजनिक भएको छ ।

नेकपा माओवादी केन्द्र भित्र कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बलियो मत रहेको छ । नेकपा माओवादी केन्द्रका देशभरका नेता कार्यकर्ताको शिर आज प्रचण्डका कारण निहुरिने अवस्था आएको छ । एमसीसी पास गर्न नहुने भन्दै विभिन्न किसीमले आवाज उठाइरहेका माओवादी केन्द्रका कार्यर्ताहरु मर्माहत भएका छन् ।

उच्च स्रोतबाट ओटीभी नेपाल डटकमले प्राप्त गरेको सूचना अुनसार एमसीसी विरोधी नेताहरुले अध्यक्ष प्रचण्ड सँग एक्सन लिने तयारी गरेका छन् । माओवादी केन्द्र भित्रको नारायणकाजी श्रेष्ठ समूहले यो बिषय तताउँने तयारी गरेको छ ।

माओवादी केन्द्र भित्र देव गुरुङ , लिलामणी पोखरेल , नारायणकाजी श्रेष्ठ ,लगायतका नेताहरुले कुनै पनि हालतमा यथाअवस्थामा एमसीसी पास गर्न नहुने भन्दै क्याम्पेनिङ गरिरहेका छन् । प्रचण्डले यस्तो हस्ताक्षर गरेको कुरा पार्टी भित्र जानकारी समेत नगरेको पाइएको छ ।

माओवादी केन्द्र भित्र एमसीसीको पक्षमा निकै कम मत मात्रै रहेको छ । प्रचण्डले यहि कारण पछिल्लो समय एमसीसी अहिलेलाई रोक्ने रणनिती बनाएका थिए । प्रचण्डका पछिल्ला अभिव्यक्तिहरुमा निर्वाचन पछि मात्रै एमसीसीबारे निर्णय गर्ने भन्ने आशय आएको थियो तर पत्र सार्वजनिक भए पछि बिषय तरंगित भएको छ ।

कतिपय राजनितिक विश्लेषकहरुले एमसीसीकै कारण माओवादी केन्द्र विभाजित हुन सक्ने बताएका छन् । ओटीभी नेपाल डटकम सँग कुराकानी गर्दै राजनितीक विश्लेषक डा विजय मिश्रले प्रचण्डले एमसीस पारित गराउँन खोजे नारायणकाजी श्रेष्ठ समूहले ठूलो हिस्सा लिएर माओवादी केन्द्र विभाजित गराउँने ठोकुवा गरेका छन् ।

प्रतिक्रिया