आज : गते

ताजा शिर्षकहरु

चर्चित भारतीय गायिका लता मंगेशकरको निधन

प्रकाशित
881
SHARES

एजेन्सी। सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो।

तेस्तै,भारतको नयाँ बजेटः चीनसँगको सीमा क्षेत्रमा विशेष ध्यान, बनाउँदै भाइब्रेन्ट भिलेज, केहीदिन अगाडि मात्र भारतमा यसवर्षको बजेट सार्वजनिक भएको छ।

बजेटमा चीनको सीमा क्षेत्रमा निगरानी गर्न खर्च छुट्याइएको छ।साथै चिनियाँ सीमा क्षेत्रमा जनमुक्ती सेनाको गतिविधिलाई निगरानी गर्न विशेष गाउँ भाइब्रेन्ट भिलेज पनि खडा गरिने भारतीय संचारमाध्यमले जनाएका छन्।

भारतीय अर्थमन्त्री निर्मला सितारमणका अनुसार सीमा क्षेत्रमा गाउँ विकट हुन्छन्। त्यहाँ पूर्वाधारहरुको अभाव हुन्छ। सीमा क्षेत्रमा हरेक गाउँलाई पूर्वाधार सम्पन्न बनाउन भाइब्रेन्ट भिलेज,

प्रोग्राम भीभीपीको अवधारणा ल्याइएको हो। मन्त्रीका अनुसार भारतीय सीमा क्षेत्रका गाउँमा अब विकासका सबै पूर्वाधारको पहुँच हुनेछ। यस्तै त्यहाँ आवास र पर्यटनलाई बढावा दिइनेछ।

चिनियाँ सेनाहरुले भारतसँगको सीमा क्षेत्रमा बस्ती बसाएको खबर पश्चात भारतले पनि चिनियाँ गतिविधिलाई निगरानी गर्न सीमा क्षेत्रमा पूर्वाधार सम्पन्न गाउँको निर्माण गर्न लागेको हो।

तेस्तै, पाकिस्तानी प्रधानमन्त्री इमरान खान ४ दिवसीय भ्रमणको लागि चीन गएका छन्। तर, उनले ट्वीटरबाट निशाना भने भारतलाई बनाइरहेका छन्। शुक्रबार इमरान खानले कैयौं ट्वीट गरेका छन्।

उनले यी ट्वीटमा कश्मिरका विषयमा भारतलाई निशाना बनाएका छन्। उनले भारतमाथि कश्मिरमा मानवअधिकार उल्लंघनको आरोप लगाएका छन्। इमरान खानले लेखेका छन् ‘कश्मिरमा निष्पक्ष जनमत संग्रह सुनिश्च्ति गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी हो।

विश्वले भारतको कश्मिरमा जनताको दुर्दशा र भारतको कठोर सैन्य कब्जाबाट स्वयंलाई स्वतन्त्र गर्ने उनीहरुको इच्छालाई बेवास्ता गर्नु हुँदैन। उनले अगाडि लेखेका छन्।

यो समय हो जब विश्वले आइआइओजेके भारतले गैरकानुनी कब्जा गरेको जम्मु कश्मिरमा भारतका गम्भीर मानवअधिकार उल्ल्रघनमा ध्यान देओस् जसमा मानवताविरुद्ध अपराध, युद्ध अपराध र नरसंहारका साथसाथै जबरजस्ती जनसांख्यिकीय परिवर्तनको खतरा समावेश छ।

यो सबै जेनेभा सम्मेलनको पूर्ण रुपमा उल्लंघन हो। इमरान खानले ट्ीटमा अगाडि लेखेका छन् ‘पाकिस्तान हाम्रा कश्मिरी दाजुभाइ तथा दिदीबहिनीहरुको साथमा उभिएको छ।

र आत्मनिर्णयको लागि उनीहरुको वैध संघर्षको विषयमा प्रतिबद्ध छ। मोदीका दमन र हिंसाका फासीवादी नीतिहरु आइआइओजेकेमा कश्मिरी विरोधको भावनालाई कुल्चिन विफल रहेका छन्।

प्रतिक्रिया