आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुबईबाट मलद्वारमा लुकाएर ल्याएको एक किलो बढी सुन र आइफोनसहित तीन पक्राउ

प्रकाशित
428
SHARES

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको ११५५ ग्राम सुन र ५ वटा आइफोन १३ प्रो म्याक्स मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ।

बुधबार विमानस्थलको आगमन टनेल गेटबाट करिब एक करोड बराबरको सुन र मोबाइलसहित तीन जनालाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३ का ३९ वर्षीय दावा छिरिङ शेर्पा, रौतहट गौर नगरपालिका १० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह र मकवानपुर मनहरी नगरपालिका ७ का २८ वर्षीय नवराज परियार छन्।

शारजाहबाट एयर अरेबियामा काठमाडौं आएका शेर्पाबाट ८३ लाख ३९ हजार २४७.५ रुपैयाँ बराबरको एक किलो ५५ ग्रामको सुनलाई अर्धठोस बनाएर तीन वटा पोका बनाएर मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको थियो।

यस्तै दुबईबाट हिमालयन एयरमा काठमाडौं आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको चार वटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी र एउटा सिक्री बरामद गरेको थियो।

त्यस्तै दुबईबाट हिमालयन एयरबाट काठमाडौं आएका परियारबाट पनि एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुइटा बेरूवा औंठी बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्न कार्यालयले बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ। तेस्तै, भारतमा अचम्मको घटना घटेको छ।

बाबालाई फोन गरेर भनिन् ‘आ’त्म’ह’त्या गर्दैछु’, त्यसपछि ६ तला माथिबाट हाम्फालिन्। एक मोडलले आइतबार भवनको छैटौं तलाबाट हाम्फालेकी छिन्। उनले आ’त्म’ह’त्या गर्ने नियतले हाम्फालेको भए पनि उनको ज्यान भने जान पाएन।

भारतको राजस्थान राज्यको जोधपुर सहरको रातानाडामा रहेको एक होटलबाट उनले हाम्फालेकी हुन्। यी मोडलको नाम गुनगुन उपाध्याय भएको बताइएको छ।

उनी जोधपुरकै माता का थान निवासी गणेश उपाध्यायकी छोरी भएको बताइएको छ। उनी रातानाडास्थित होटल लर्डसमा बसेकी थिइन्। अहिले अस्पतालमा उनको उपचार भइरहेको छ। उनी खतरामुक्त भएको बताइएको छ।

पुलिसले भारतीय मिडियालाई दिएको जानकारीअनुसार गुनगुन मोडलिङ गर्छिन्। उनी शनिबार उदयपुरबाट जोधपुर आएकी थिइन्। जोधपुर आएपछि उनले पितालाई फोन गरेर आफू आ’त्म’ह’त्या गर्न गइरहेको बताएकी थिइन्।

उनले पितालाई आफ्नो अन्तिम अनुहार हेर्न भनेकी थिइन्। त्यसपछि पिता गणेशले तत्काल पुलिसमा सम्पर्क गरेका थिए। पिताको सूचनापछि एसीपी देरावर सिंहले फोन नम्बरका आधारमा गसनगुन भएको ठाउँ पत्ता लगाएका थिए।

त्यसपछि पुलिस होटल पुगेको थियो तर पुलिसले उनलाई बचाउन नपाउँदै उनले छैटौं तलाबाट हाम्फालिन्। उनलाई तत्काल मथुरादास माथुर अस्पताल लगियो।

अस्पतालका डाक्टरले उनको छाती र खुट्टाको हड्डी भाँचिएको बताएका छन्। अहिले पनि उनको स्थिति गम्भीर छ । उनले आ’त्म’ह’त्या’को प्रयास किन गरिन् भन्ने प्रस्ट भइसकेको छैन।

उचाइबाट तल खस्ता उनको धेरै रगत बगेको डाक्टरले बताएका छन्। डाक्टरका  अनुसार उनी अहिले केही बताउने अवस्थामा छैनन् । होस आएपछि मात्रै आ’त्म’ह’त्या’को कारणबारे खुलासा हुन सक्नेछ।

प्रतिक्रिया