आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमसीसीबारे एमालेको प्रष्ट लाइन सार्वजनिक, अब दायाँबायाँ नहुने

प्रकाशित
330
SHARES

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धन तोड्ने सर्तमा एमसीसी पास गर्न तयार भएको भन्ने जस्ता खबरहरु साँचो नभएको पाइएको छ।नेकपा एमालेका जिम्मेवार नेताहरुले एमसीसी के गर्ने भन्ने एमालेको कुनै सरोकारको बिषय नभएको बताएका छन्।

एमसीसी के गर्ने भन्ने सत्तागठबन्धनका दलका नेताको चासोको बिषय भन्दै उनीहरुले यसमा एमालेलाई मुछ्न जरुरी नभएको बताएका छन्। नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले पहिला सत्तारुढ दल यस बिषयमा स्पष्ट हुनु पर्ने धारणा राखेका छन्।

उनले गठबन्धनका दल एक आपसमा लड्ने अनि एमालेलाई जाडेर प्रचार गर्न जरुरी नभएको बताएका छन्। एमाले प्रमुख सचेतक विशाल भट्टराईले यथाअवस्थामा एमसीसी पास गर्ने पक्षमा एमाले नरहेको प्रष्ट पारेका छन्।

प्रमुख प्रतिपक्षी दल एमालेले एमसिसी संसद्मा ल्याउन र पास गर्न एमालेको आवश्यकता नपर्ने जनाएको छ। सत्तासँगै बहुमत छ भने उसैले पास गर्ने हो भन्दै संसद्मा टेबुल भएपछि मात्रै त्यसबारे धारणा सार्वजनिक गर्ने एमालेको भनाइ छ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बहुमत भएपछि सरकारले नै यो विषयमा धारणा बनाउने बताए। उनले एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा भने नरहेको समेत बताए।

उनले केही बुँदा संशोधन गरियो भने एमसिसी पारित हुनेसमेत दाबी गरे। एमसिसीको लेखापरीक्षण गर्ने अधिकार नेपाललाई हुनुपर्छ तर एमसिसीको बुँदामा त्यसको अधिकार अमेरिकालाई हुनुपर्छ भनिएको छ।

नेपालमा विकसित हुने बौद्धिक सम्पत्ति अमेरिकामा निहित हुने भन्ने छ। नेपालको संविधानभन्दा माथि एमसिसी होइन। अरू केही बुँदामा आपत्ति छ। धेरैजसो बुँदामा नेपालको भन्दा बढी अधिकार अमेरिका र भारतलाई दिइएको छ।

यस्ता धेरै विषयमा एमालेको आपत्ति छ, उनले भने। तर पनि सरकारको विषय भएकाले संसद्मा टेबुल नभईकन यो विषयमा एमालेको धारणा बाहिर नआउनेसमेत उनले बताए। ‘एमसिसी पास गर्न बहुमत आवश्यक हो।

त्यसमा दुई तिहाइ चाहिँदैन। सरकारसँग बहुमत छ भने संसद्मा ल्याए हुन्छ,’ उनले भने। तेस्तै, ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किएका छन्। शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमाले पार्टीमा फर्कन राजी भएका हुन् ।

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए। उनले भने, हामी उहाँलाई पार्टीकै महत्वपूर्ण जिम्मेवारी दिँदैछौं ।

गत निर्वाचनमा प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामाा उनले टिकट नपाउदा असन्तुष्ट बनेका थिए। तत्कालीन समयमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उनले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

कांग्रेसको जिल्ला अधिवेशनमा उनी आन्तरिक प्रतिश्पर्धा प्राथमिकतामा नपर्दा निराश भए। केही समयअघि उनले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गरेका थिए।

बालकोटमा राति अवेरसम्म भएको छलफलमा संघीय सासंद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी थिए।

प्रतिक्रिया