आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केपी ओलीलाई प्रधानमन्त्री बनाउँन माधब-प्रचण्ड तयार

प्रकाशित
847
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य दलबीच गडबड भएपछि सत्ता गठबन्धन नै अफ्ठ्यारोमा परेको छ। फरक फरक समीकरण र तालमेलका विषय चर्चामा छन्। जसले गर्दा गठबन्धन नरहने र प्रमुख प्रतिपक्षसँग काँग्रेसको तालमेल हुने सम्भावनाबारे बहस सुरु भएका छन्।

बिहिबार एकाएक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग गठबन्धनका लागि विशेष दूत बालकोट पठाएको चर्चा भयो।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जसरी पनि पारित गर्न गठबन्धनमा सहमति खोजेपछि प्रचण्ड-माधव ओलीसँगको तालमेलमा अघि बढ्ने चर्चाले माहोल तताएका बेला नेकपा एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालको अर्को भनाइ बाहिरीयो।

देउवा एमसीसीमा अघि बढे एमालेसँग सहकार्य हुन्छ भनेको विषयले चर्चा पायो। जसले चर्चालाई झनै मलजल गर्न मात्रै मद्दत मिलेन प्रचण्ड-माधवहरु नै मिलेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन लागिपरेका हुन् भन्ने प्रश्न पनि उब्जीयो।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई तत्कालै संसद्मा लैजान सहमति खोजेपछि गठबन्धनमै आवद्धमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वाम गठबन्धन गर्दै अघि बढ्ने अस्त्र फ्याँकेर देउवालाई तर्साइरहेका छन्।

तर चर्चामा आए जस्तो ओलीसँग गठबन्धन गर्ने विषय नभइ वामघटकबीचको तालमेल हुने तयारी गरेको भन्दै नेताहरुले बचाउ गरेका छन्। ठिक यसैबेला प्रमुख प्रतिपक्षको भूमिकामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री देउवासँग सहकार्यको प्रस्ताव गरिरहेका छन्।

देउवा पनि गठबन्धनमा गडबड भए एमालेसँग मिलेरै भएपनि एमसीसी पारित गर्ने दृढ संकल्प देखाइरहेका छन्। यसले एमाले प्रचण्ड-माधवसँग नभइ देउवासँग सहमतिका लागि तयार रहेको देखिन्छ।

प्रधानमन्त्री देउवा आफैं एकपटक बालकोट पुगे भने निकट नेताहरुलाई पठाएर ओलीसँग लगातार संवाद बढाइरहेका छन्। तर सत्ता गठबन्धन कायम रहेसम्म एमसीसी अनुमोदनका लागि साथ नदिने एमालेको प्रस्ट अडान छ।

त्यसबाहेक सभामुखलाई हटाउने विषय पनि एमालेको सर्त हो। एमालेको सर्तमा सहमत भए देउवा र ओलीबीच निकट भविष्यमै गठबन्धन भएर सत्ता सहकार्य हुनसक्छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरु यति सजिलै गठबन्धन नटुटे हुन्थ्यो भन्न चाहन्छन्। तर उनीहरुले बोकिरहेका मुद्दाले एक ठाउँमा उभिन दिएको छैन। यसैकारण हिजोआज उनीहरु भन्न थालेका छन् गठबन्धन भत्किए अरुसँग हुन्छ।

आफ्नो अडानमा बलियो हुन एकअर्कालाई दबाबमा राख्ने खेल पनि चलिरहेकै छ। फलतः कहाँनेर कसले कोसँग तालमेल गर्छ अनुमान भन्दा बाहिरको विषय बन्न थालेको छ। यद्यपी यसको पटाक्षेप चाँडै हुने विश्लेषण भइरहेका छन्।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ। रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको हो।

आज शुक्रवार सिंहदरबारमा रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बोल्दै उहाँले विकास, निर्माणको कामलाई सहज ढङ्गले अघि बढाउन पनि सुरक्षाजस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पार्नुभयो।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराउनुभएको रक्षा सचिव किरणराज शर्माले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, प्रधानमन्त्रीज्यूले रक्षा मन्त्रालय देशको सुरक्षा तथा प्रतिरक्षाजस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालय हो । सुरक्षा, सशासन र विकासको पूर्वसर्त हो। भरपर्दो सुरक्षा प्रबन्ध नभइ देशमा एकातिर विकास निर्माणका,

कामहरूलाई सहज रूपमा अघि बढाउन सकिन्न भने अर्कोतर्फ यसले पार्ने असरहरूलाई पनि हेर्नुपर्ने हुन्छ भनेर प्रधानमन्त्रीज्यूले यसलाई सम्बन्धित मन्त्रालय, निकायहरूले उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ । कैयौँ संवेदनशील विषयहरूमा,

समेत प्रधानमन्त्रीज्यूले निर्देशन जारी गर्नुभएको छ। त्यसलाई हामीले शतप्रतिशत रूपमा कार्यान्वयन गरेर चालु खर्चलाई सीमामा राख्ने, पुँजीगत खर्चलाई वृद्धि गर्ने र समयमै आयोजनाहरू सम्पन्न गर्ने र सबै कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर समयमै,

सम्पन्न गर्ने हामीले यथेष्ट लक्ष्य राखेका छौँ। यसमा सबैको सहयोग, समन्वय र सहजीकरण भइराखेको छ। त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण,

सैनिक विश्वविद्यालयको स्थापनालगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ। रक्षा सचिव शर्माले बैठकमा आएका महत्त्वपूर्ण निर्देशन तथा सुझावलाई आत्मसात् गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ