आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकी सेनाको आक्रमणमा मारिए इस्लामिक स्टेटका चर्चित नेता कुरेसी

प्रकाशित
648
SHARES

काठमाडौ। अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल-हासिमी अल-कुरेसीलाई मारेको दाबी गरेको छ। राष्ट्रपति जो बाइडनले आफूले दिएको आदेशमा अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता कुरेसीलाई मारेको दाबी गरेका हुन्।

यसबारे उनले ट्विटरमा लेखेका छन्, मेरो निर्देशनमा गएराति अमेरिका सेनाले उत्तर पश्चिम सिरियामा अमेरिकी नागरिक र हाम्रो सहयोगीहरुको रक्षाका लागि आतंकवाद विरुद्धमा कारबाही गर्‍यो।

कुरेसी घरभित्रैको बम विस्फोटमा मारिएका हुन्। उनीसँगै उनका परिवारका सदस्यहरु पनि मारिएको बताइएको छ। घटनास्थल पुगेका अधिकारीहरुले उक्त स्थानमा १३ जनाको शव फेला पारेको जनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

कुरेसी टर्कीसँगको सीमा राज्य उत्तरी इदलिबमा मारिएका हुन्। समाचारहरु जनाइएअनुसार त्यस क्षेत्रमा अमेरिकी हेलिकप्टरहरु रातिदेखि नै धेरै थिए। अमेरिकी सेनाले मध्यरातमा उक्त मिसन चलाएको बताइएको छ।

बाइडेनले अमेरिकी सैनिकको बहादुरीको कारण इस्लामिक स्टेटका नेता कुरेसी मारिएको बताएका छन्। सिरिया सिभिल डिफेन्सले उक्त घरमा आफूहरु बिहान सवा ३ बजे पुगेको र १३ वटा शव फेला पारेको जनाएको छ।

१३ जनामध्ये ६ बच्चा र ४ महिलाको शव रहेको सिरिया सिभिल डिफेन्सले जनाएको छ। घटनामा एक घाइते महिला पनि फेला परेको सिरिया सिभिल डिफेन्सले जनाएको छ।

अमेरिकी उच्च अधिकारीहरुले रोयटर्सले बताएका अनुसार कुरेसीले आफ्नो घरमा छामा हान्नुअघि आत्मघाती विस्फोट गराएका थिए। त्यहाँ विस्फोटमा उनी र उनका परिवारका सदस्य र बालबालिकाहरु मरेका हुन्।

तेस्तै, रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिकाले युरोपका विभिन्न मुलुकमा थप ३ हजार सैनिक तैनाथ गर्ने भएको छ। अमेरिकी रक्षा मन्त्रालयका प्रेस सचिव जोन किर्बीले बुधबार जर्मनी, पोल्यान्ड र रोमानियामा थप ३ हजार सैनिक तैनाथ गरिने जानकारी दिएका हुन्।

यसअघि अमेरिकाले नेटो गठबन्धनको सेनालाई युरोपमा सहयोग गर्नका लागि ८ हजार ५ सय सैनिकलाई अलर्टमा राखिएको बताएको थियो। प्रेस सचिव किर्बीले तीन मुलुकमा पठाइन लागेका सैनिक भने अलगै भएको जानकारी दिए।

अमेरिका र युरोपका विभिन्न ठाउँमा रहेका युनिटबाट ती सैनिक आउने उनले बताए। यो स्थायी होइन, उनीहरूलाई वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पठाउन थालिएको हो,’ पत्रकार सम्मेलनमा किर्बीले भने।

यो फौज युक्रेनमा लडाइँ गर्न जाने भने होइन। तिनीहरू नेटोमा आबद्ध मुलुकको सुरक्षालाई सुनिश्चित गर्न मात्र जान लागेका हुन्। किर्बीका अनुसार जर्मनीको फोर्ट ब्रागबाट १ हजार अमेरिकी सैनिक रोमानिया जानेछन्।

रोमानियामा पहिले नै ९ सय अमेरिकी सैनिक तैनाथ छन्। त्यस्तै फोर्ट ब्राग र नर्थ क्यारोलाइनाबाट गरी २ हजार सैनिक पोल्यान्डमा तैनाथ गरिने भएको छ। त्यस्तै एउटा हेडक्वार्टर समूहका रूपमा जर्मनीमा पनि फौज पठाइने उनले बताए।

त्यस्तै आवश्यकताअनुसार थप फौज पठाउन सकिने उनको भनाइ छ। रुसलाई युद्धमा तान्न अमेरिका प्रयासरत : पुटिन रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको हो।

त्यसबारे पहिलो पटक सार्वजनिक धारणा राख्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार अमेरिकाका कारण तनाव थप गहिरिएको बताएका छन् । यद्यपि उनले वार्ताको सम्भावना कायमै रहेको बताएका छन्।

रुसले युक्रेनको दक्षिणी क्राइमिया द्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको करिब ८ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको अमेरिकालगायतको आरोप छ।

यद्यपि, रुसले त्यसलाई अस्वीकार गरिरहेको छ। युक्रेन सरकार पूर्वी क्षेत्रमा शान्ति पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागू गर्न असफल भएको रुसको आरोप छ। त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ।

र अधिकांश क्षेत्र रुस समर्थित विद्रोहीको नियन्त्रणमा छन्। विश्वका सबैभन्दा ठूला आणविक हतियारसम्पन्न रुस र अमेरिकाबीचको पछिल्लो तनाव शीतयुद्धपछिकै ठूलो भएको जनाइएको छ। युक्रेन त्यतिबेला भने कम्युनिस्ट सोभियत संघको एक महत्त्वपूर्ण हिस्सा थियो।

प्रतिक्रिया