आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रेशम राज बोगटीका तिन गजलहरु

प्रकाशित
1.6K
SHARES

१ (गजल)
समुद्र पारि धेरै शहरहरु छन
बाध्यतामा पनि मेरै रहरहरु छन

नसोध मलाई कहिले फर्किने भनी
भौँतारिदै हिँडेका प्रहरहरु छन

म यसरी होमिएको छु दलदलमा
आफ्ना पराई विषाक्त जहरहरु छन

मन जलिरह्यो जीवन चलिरह्यो यहाँ
आफै भित्र शंका अनि ठहरहरु छन
-०-

२(गजल)
मित्र पनि दुश्मन बन्न धेरै बेर लाग्दैन
आफन्त आफन्त रहन्न धेरै बेर लाग्दैन

भर्खरै के होस सम्हालेँ नतिजा यस्तो आयो
चामलमा कनिका निफन्न धेरै बेर लाग्दैन

तिमी बिना बाँच्न सक्दिन भन्यौ लेखेर राखेँ
भोलि कि मर्छु कि मार्छु भन्न धेरै बेर लाग्दैन

सायद मान्छे अजम्बरी हुने भए के हुन्थ्यो
एकदिन मर्नु पर्छ धन्न धेरै बेर लाग्दैन

यो देशको हालत बारे सोध्नु पर्छ युवाले
किन मिल्दैन ओखती र अन्न धेरै बेर लाग्दैन
-०-

३(गजल)
वसन्त आएर गयो असार आएर गयो
छातीमा दुख अनेक प्रकार आएर गयो

तिम्रो बालापन त्यसैगरी जानेछ बाबु
जसरी मेरो जीवनमा बजार आएर गयो

सजाउनु भित्र रहेछ म बाहिर अल्झिएँ
आखिर गयो जवानी शृङ्गार आएर गयो

म फुल्न सकिन भने के हुन्छ सोँच्ने गर्छु
यति बुझिदिनु पृथ्वीको भार आएर गयो

धेरै हलुको सोँच्न पुगेछु यो जिन्दगीलाई
नबुझ्दै जीबनको उपहार आएर गयो

प्रतिक्रिया

आजको ट्रेन्डिङ