आज : गते

ताजा शिर्षकहरु

इमरान खानलाई हटाएर प्रधानमन्त्री बन्ने भनिएका नवाज शरीफलाई एक पाइला सर्न दिइएन

प्रकाशित
729
SHARES

काठमाडौं। पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफको स्वास्थ्यसँग सम्बन्धित पछिल्लो रिपोर्ट लाहोर हाइकोर्टमा बुझाइएको छ। यो रिपोर्टका अनुसार नवाज अहिले गम्भीर मानसिक तनावमा छन् र बिना उपचार बेलायत छोड्नु खतरनाक हुन सक्छ।

यो मेडिकल रिपोर्ट नवाज शरीफका फिजिसियन डा। फय्याज शाउलले लेखेका हुन्। मंगलबार उनका वकिल अमजद परवेजले यो रिपोर्ट लाहोर हाइकोर्टमा बुझाए।

पछिल्लो समय पाकिस्तानमा पुनः नवाज शरीफ प्रधानमन्त्री बन्ने लगभग तय भएको रिपोर्ट प्रकाशित भएको थियो। रिपोर्टमा अनुसार नवाज पाकिस्तान फर्कने र केही समय जेल बसेर पुनः प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको थियो।

भ्रष्टाचारको आरोप लागेका नवाज फर्किएर केही समय सजाय काट्ने त्यसपछि सेना र अदालतले उनको केस बन्द गर्ने अनि निर्वाचनपछि नवाज प्रधानमन्त्री बन्ने तय भएको उक्त रिपोर्टमा दावी गरिएको थियो।

पाकिस्तानमा सरकार गठन र विघटनमा सेनाको महत्वपूर्ण हात हुने गरेको छ। अहिले अदालतमा पेश गरिएको रिपोर्टमा भने अहिलेको समयमा कोरोना महामारीका कारण जस्तो अवस्था छ।

यसलाई मध्यनजर गर्दै उनका लागि एयरपोर्ट समेत अन्य सार्वजनिक स्थानहरुमा जानु खतरनाक हुन सक्छ र उनले यसबाट बच्नुपर्छ भनिएको छ।मेडिकल रिपोर्टमा नवाज शरीफले आफ्नो एन्जियोग्राफी पूरा हुँदा सम्म अस्पतालबाट जान नहुने बताइएको छ।

लाहोर हाइकोर्टमा यो रिपोर्ट यस्तो समयमा बुझाइएको छ जतिबेला नवाज शरीफविरुद्ध कानुनी कारवाहीको घोषणा गरिएको छ। पाकिस्तानका केन्द्रीय मन्त्री फवाद चौधरीले पनि यस सम्बन्धमा बयान जारी गरेका छन्।

फवाद चौधरीका अनुसार नवाज शरीफ लण्डनमा मेडिकल उपचार गराउनुको सट्टा राजनीतिक गतिविधिमा व्यस्त छन्। लाहोर हाइकोर्टमा जुन रिपोर्ट पेश गरिएको छ।

त्यसमा उनका फिजिशियनले उनलाई यात्रा नगर्न भनेका छन्। यसअघि फवाद चौधरीले आत्म निर्वासनमा रहिरहेका पूर्व प्रधानमन्त्री शरीफ आफैं नआए सरकारले उनलाई ल्याउने बताए।

तेस्तै, पाकिस्तानको राजनीतिमा ठूलो परिवर्तन हुने लगभग तय भएको छ । २०२२ को जनवरी महिनामै यहाँ ठूलो परिवर्तन हुने सम्भावना छ। भ्रष्टाचारको आरोप लागेर २०१९ देखि देशबाहिर रहिरहेका पूर्व प्रधानमन्त्री नवाज शरीफ जनवरीमै पकिस्तान फर्किंदैछन्।

त्यसपछि सेनाको सहयोगमा उनी फेरि देशका प्रधानमन्त्री बन्ने लगभग तय भएको पाकिस्तानी अखबार द न्यूजले जनाएको छ। पाकिस्तानमा सेनाको सहयोगबिना कुनै सरकार सत्तामा रहन निकै कठिन छ।

सेनाले नै परिवर्तनको नाममा इमरान खानलाई सत्तामा ल्याएको थियो। तर, यो अवधिमा इमरान विफल भएको मानेको सेनाले फेरि नवाजलाई ल्याउने तयारी गरिरहेको छ।

३ दिनअघि पाकिस्तानका बरिष्ठ पत्रकार सलीम साफीले ट्वीट गरेका थिए  नवाज जनवरी २०२२ मा पाकिस्तान फर्किंदैछन्। देशको सत्तामा परिवर्तनको समय भएको छ।

यो ट्वीटलाई पाधिकस्तानभित्र मात्र नभए पाकिस्तानबाहिर पनि गम्भीरताका साथ लिइयो किनकि परिस्थितिले पनि त्यस्तै संकेत गरेका थिए। यही बीच पाकिस्तानका अर्का बरिष्ठ पत्रकार नजम सेठीले लेखे ‘सलीम साफी एकदमै ठिक भन्दै हुनुहुन्छ।

नवाज देश फर्किने स्क्रिप्टमा ३ महिनादेखि काम चलिरहेको छ। नवाज शरीफ पाकिस्तानमा सेना र आइएसआइको विरोध गरेकै कारण प्रधानमन्त्रीबाट हटाइएका थिए।

नवाजले त्यसपछि भिडियो कन्फरेन्समार्फत पाकिस्तानी जनतालाई सम्बोधन गर्छन् र नामै तोकेर सेनाका अधिकारी र आइएसआइका अधिकारीहरुको आलोचना गर्छन्।

यता इमरान असफल भएको र उता नवाजका कारण जनताको अगाडि सेना नै खलपात्र बन्न लागेपछि सेनाले अन्ततः नवाजलाई नै विकल्पको रुपमा देखेको छ। पाकिस्तानमा दुई ठूला पार्टी छन् – पाकिस्तान मुस्लिम लिग नवाज र पाकिस्तान पिपुल्स पार्टी।

इमरान खानको पार्टी तहरिक ए इंसाफलाई पनि ठूला पार्टीको रुपमा गन्न सकिन्छ तर यसका अधिकांश नेता पिएमएल नवाज वा पीपीपीबाट आएका हुन्। पीपीपीलाई केवल सिन्ध पन्तको पार्टी मानिन्छ।

अन्य क्षेत्रमा यो पार्टीको जनाधार कम छ। हुन त यो पार्टी बेनजिर भुोको पार्टी हो तर बेनजीरजत्तिको ओज अब न आसिफ अली जरदारीमा छ र उनका छोरा बिलावल भुट्टो जरदारीमा।

आसिफ अली बिरामी भइरहन्छन्। बिलावललाई राजनीतिमा काँचो मानिन्छ।पिएमएल एनका प्रमुख नवाज हुन्। उनका भाइ शहवाज शरीफ र छोरी मरियम नवाज दुवै राजनीतिक रुपमा परिपक्व र सक्रिय छन्।

इमरान र सेनाको अगाडि नवाज झुकेनन्। उनीहरुलाई कैयौं केसमा फसाएर पनि पार लागेन । पाकिस्तानको सेना र राजनीतिमा ८० प्रतिशत मानिसहरु पंजाबका हुन्छन् भनिन्छ।

पिएमएल एन पंजाबमात्र नभए देशका अन्य भागमा पनि लोकप्रिय छ। पत्रकार नजम सेठीका अनुसार पाकिस्तानमा सरकार परिवर्तन दुई भागमा हुनेछ । इमरानलाई फेब्रुअरी वा मार्चमा कुर्सी छोड्न बाध्य पारिन सक्छ।

बाँकी कार्यकालको लागि पीटिआइकै कुनै नेता ल्याउन सकिन्छ । यी नेता विदेशमन्त्री शाह महमुद कुरैशी हुन सक्छन् । अर्को वर्ष यसै पनि आम निर्वाचन हुँदैछ । त्यसपछि नवाज, शहबाज वा मरियममध्येबाट प्रधानमन्त्री बनाइनेछ।

यो सूचीमा सबैभन्दा अगाडि नवाजको नाम छ। यसरी प्रधानमन्त्रज्ञी बन्नको लागि नवाज केही समय स्वदेश फर्केर जेलमा बस्नेछन्। सेना र अदालत मिलेर उनको केस बन्द गर्नेछन् त्यसपछि उनी सत्तामा फर्किने बाटो खुला हुनेछ।

गएको हप्ताको अन्त्यमा इमरान खानले क्याबिनेट बैठक गरेका थिए। यसको खबर लिक भएको छ। लिक भएको सूचनाअनुसार इमरानले प्रस्ट रुपमा भनेका थिए कि एक भ्रष्ट नेतालाई चौथो पटक देशको वजीर–ए–आजम बनाउने तयारी भइरहेको छ।

केही दिन इमरानको पीटिआइको गढ खैबर पख्तुनख्वामा स्थानीय निर्वाचनमा पनि उनको पार्टीले कुनै पनि मेयरको सिट जित्न सकेको थिएन। त्यसपछि आक्रोशित इमरानले अर्को पटक आफैं प्रचारमा जाने बताएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ