आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

म्यानमारमा सूकीविरुद्ध सैनिक सरकारको ज्यादती

प्रकाशित
607
SHARES

एजेन्सी। म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सू कीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। योसँगै सैन्य सरकारले अहिलेसम्म सू कीविरुद्ध ११ मुद्दा दायर गरेको छ।

देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सूकीविरुद्ध मुद्दा दायर गरेको हो। सेनाले सो क्षेत्रमा ४०० घरहरु जलाएको जनाइएको छ।

आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई गैरकानुनी ढंगले ५ लाख ५० हजार सहयोग भन्दै प्रहरीले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सो मुद्दामा अदालतको सुनुवाइ बारेमा विस्तृत विवरण खुलाइएको छैन।

सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसञ्चारको नियम उल्लंघन गरेको विभिन्न अभियोगमा सूकीलाई यसअघि नै अदालतले ६ वर्ष जेल सजाय तोकेको छ।

गत वर्षको फेब्रुवरीमा निर्वाचित सरकारलाई कु गरेपछि सूकी घरमै नजरबन्दमा छिन्। तेस्तै, चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ।

युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रसियाको तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो। कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन्।

तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमा भेट्न पाउने भएका छन्। बेइजिङ ओलम्पिकले यस्तो अवसर जुटाइदिएको हो।पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ।

भेटअघि दुबै देशहरुले सुरक्षा र अन्य विषयमा उनीहरको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन्। त्यसपछि दुबै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्।

पश्चिमा मुलुकहरुसँगको तनावसँगै पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ। ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागीताको पुष्टि जनाउने पुटिन पहिलो विदेशी नेता हुन्।

डिसेम्बरमा सीसँगको फोन वार्तामा बेइजिङसँगको नमुना सम्बन्धको पुटिनले प्रशंसा गरेका थिए। युक्रेन मामिलामा अमेरिका र रुसबीच तनाव बढिरहेका बेला चीनले रुसको समर्थन गरेको छ।

प्रतिक्रिया