आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि प्रचण्ड र ओली एक ठाँउमा, राजनीतिमा नयाँ तरङ्ग

प्रकाशित
894
SHARES

काठमाडौं। एमसीसीका विषयमा बढ्दो टकरावले सत्ता गठबन्धनमा संकट देखा परेको छ। यता प्रमुख प्रतिपक्षी एमाललेले यसैलाई दाँउपेचको विषय बनाएपछि अवको सम्भावित राजनीतिक समीकरणले चर्चा पाएको छ।

ओली देउवा मिलनको चर्चा चलिरहँदा पुन वामपन्थीहरु एक हुने सम्भावनामा कति छ त ? प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा पनि एमसीसी पास गर्ने दिसामा अघि बढेपछि सत्ता गठबन्धनमा टकराव बढ्दै गएको छ।

एमसीसीका विषयमा गठबन्धनमा कोहि बाधक भए नयाँ समिकरण बन्ने कांग्रेस नेताहरुको अभिव्यक्तिका बीच एमसीसी टेवुल भएकै दिन गठबन्धन छाड्ने माओवादी केन्द्रले चेतावनी दिने गरेको छ।

तर एमालेले भने यसैलाई आफ्नो दाँउपेचको विषय बनाएको छ। गठबन्धन विभाजित भए सभामुख हटाए एमसीसी पास गर्न सहयोग गर्ने र संसदको अवरोध हटाउने प्रस्ताव नै गरेको एमालेले स्थानीय तहको निर्वाचनको विषयमा समेत गठबन्धनलाई भिडाउन खोजिरहेको छ।

देउवामा देखिएको अहिलेकोे उल्झन र पहिलेबाटै एमसीसीको पक्षमा एमाले रहनुले पनि यसलाई पुष्टि गरेको छ ।यहि डरको खेतीमा सत्ता घटककै असहमतीका बावजुद पनि देउवाले स्थानीय तहको निर्वाचनबारे निर्णय गराएको भएपनि एमसीसीमा भने अघि बढ्न सकेका छैनन्।

जसमा वामपन्थी पुन एक हुनसक्ने डरलाई मुख्य कारण भएको विश्लेषण गरिएको छ ।अर्थात अप्राकृतिक सिद्धान्तमा आधारित अहिले गठबन्धन कुनै वेला फुट्ने र नयाँ बन्ने समिरणमा ओली–प्रचण्ड एक हुनसक्ने कुरालाई कम आक्न नहुने डर देउवामा देखिएको हो।

यहि डरमा एमालेले समेत खेलिरहेको छ । फलत: केहि नेताहरुले कांग्रेसंग भन्दा वामपन्थी नै एक हुनु सिद्धान्ततः सहज हुने बताए पनि केही नेताहरु भने तत्कालन यो सम्भव नभएको बताउछन् ।

२०७४ मा कांग्रेस पराजित हुनुको पछाडि वाम गठबन्धन मुख्य कारण थियो। त्यति बेला पनि प्रधानमन्त्री देउवा नै थिए र सत्ताको मुख्य हिस्सेदार माओवादी थियो।

तर सरकारमा छँदै माओवादीले निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो। यहि उदाहरण देखाँउदै राजनीतिमा कोहि पनि स्थायी शत्रु वा मित्र नहुने केहि एमाले नेताहरुको भनाई छ।

राजनीतिक विश्लेषकहरु भने एमालेभित्रकै यो दोहोरो चरित्र ओलीकै रणनिती भएको बताउछन। अर्थात सकेसम्म प्रचण्ड–नेपाललाई नै किनारा लगाउने दाउमा ओली रहेकोले तत्काल वामपन्थी गठबन्धन सम्भव नभएको उनीहरुको भनाई छ।

यदि देउवाले साथ नदिए नेपाललाई मात्र पाखा लगाउन भएपनि ओलीले प्रचण्डलाई साथ लिएर अघि बढ्ने सम्भावनालाई नकार्न नसकिने उनीहरुको भनाई छ।

पछिल्लो परिस्थीलाई माओवादी नेताहरुको चुनौतीको भाषा र नेपालको निरिहताले समेत प्रष्ट पारेको छ। भोलीका दिनमा बाम गठबन्धन भए आफू नसमेटिने बुझेका नेपालले यहि गठबन्धलाई दिगो बनाउने बताईरहेका छन।

भने माओवादी नेताहरुले एमसीसी संसदमा टेवल हुने अघिल्लै दिन गठबन्धन छाड्ने चेतावनी दिएका छन। तर जुन पार्टीले पनि आफ्नो स्वार्थका लागि एक अर्कालाई प्रयोग गर्ने डरमा रहेका कांग्रेस–माओवादी–एमालेले वारपारको स्थिती बनाएर अघि बढ्न भने सकेका छैनन्।

तेस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहायता सम्झौता एमसीसी अहिलेकै अवस्थामा पारित नहुने बताएका छन्। उनले एमसीसी संशोधन नगरी पारित नहुने पनि प्रष्टिकरण दिएका छन्।

अध्यक्ष प्रचण्डले कर्णाली प्रदेश कमिटिको बैठकलाई भचुअलमार्फत सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले एमसीसी लिनै नहुने नभनेको तर एमसीसीमा भएको केही प्रावधानहरु संशोधन भएपछि मात्रै लागू हुने बताए।

उनले एमसीसीकै कारण गठबन्धन नटुट्ने पनि बताए। प्रचण्डले कर्णालीका नेतालाई भने, एमसीसीकै कारण गठबन्धन टुट्छ भन्ने हल्ला गरिएको छ। अहिलेको गठबन्धन कमजोर रुपमा बनेको होइन।

कसैले गठबन्धन टुटाउने प्रयत्न वा षड्यन्त्र गरे पनि कायम रहन्छ। अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन जेठमा हुने भएकाले पहिलो शक्ति बन्नेगरी जनताको काम गर्न पनि निर्देशन दिएका छन्। उनले शहरकेन्द्री नभइ जनताकेन्द्रीत भएर काम गर्न निर्देशन दिएका हुन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ