आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुखद खबर- कोकिन खादा १६ जनाको मृत्यु, के थियो मिसावट ?

प्रकाशित
686
SHARES

काठमाडौँ । मिसावट भएको कोकिन खादा कम्तिमा १६ जनाको मृत्यु हुुनुका साथै ५० जना बिरामी परेका छन् ।

अर्जेन्टिनामा अवैध लागु औषधमा केही विषय मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । क्षेत्रीय सुरक्षामन्त्री पछिल्लो २४ घन्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन् ।

किनिएको लागु औषध एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।

पीडितले खाएको कोकिन छापमा मार्ने क्रममा नियन्त्रणमा लिइएको लागु औषधलाई जाँच गर्न अनुसन्धानकर्ताहरुले पोस्ट मार्टमको नतिजा कुरिरहेका छन् ।

त्यस्तै अफगानिस्तानमा तालिवानले आफ्ना कार्यकर्ताहरुलाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक लगाएको छ। जनतासामु सरकारको छाप सकरात्मक देखाउने पहल स्वरुप तालिवानले पछिल्लो कदम चालेको अनुमान गरिएको छ।

‘इस्लामिक इमिरेट्स मुजाहिद्दिनलाई हतियार, सैन्य पोसाक र गाडी चढेर मनोरन्ज पार्कमा जान अनुमति छैन्,’ तालिवानका मुख्य प्रवक्ता जाविहुल्लाह मुजाहिदले ट्विट गरेका छन्, ‘उनीहरुले मनोरन्जन पार्कका सबै नियमहरु पालना गर्नुपर्छ। ’

अमेरिकाको समर्थन पाएको पूर्वसरकारविरुद्ध दुई दशक लामो युद्ध गरेका तालिवानहरुले अगस्टमा सत्तापलट गरेपछि सहर र गाउँमा बन्दुक बोेकेर पुग्ने गरेका छन्।

सन् १९९६ देखि २०११ म अफगानिस्तानमा पहिलो पटक सत्ताको नेतृत्व गरेका तालिवान आफ्ना पाशविक गतिविधिका कारण कुख्यात छन्। तर, अगस्टमा सत्ता कब्जा गरेपछि उनीहरुले आमअफगानी र विश्व समुदायसामु उदारबादी देखिन खोजेका छन्।

तालिवानले सत्ता हातमा लिएपछि तालिवानका नेता र कार्यकर्ताको आकर्षण राजधानी काबुलस्थित क्वारघा रिजर्भको सबैभन्दा ठूलो मनोरन्जन पार्कमा देखिन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ