आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक मौसम समबन्धि आयो यस्तो जानकारी, सबैले थाहा पाउनु पर्ने

प्रकाशित
1.2K
SHARES

काठमाडौं। नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। दिउँसो देशभर बदली हुने मौसम पूर्वाुनमान महाशाखाको प्रक्षेपण छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन-चटयाङ सहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा पनि हल्का वर्षा हुनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका धेरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। शुक्रबार देशका धेरै स्थानमा मेघ गर्जन चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

तेस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारीअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ।

मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। वर्षा र हिमपातका कारण बढ्न सक्ने चिसोमा सुरक्षा सतर्कता अपनाउन पनि शाखाले आग्रह गरेको छ।

प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ।

तेस्तै, काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको संयुक्त बैठकले सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाएको छ। यससँगै अब बस, माइक्रोबस र टेम्पो निर्वाध रूपमा चल्न पाउनेछन्।

सार्वजनिक यातायातमा जोर–बिजोर कायम गरेर भिड नियन्त्रण हुँदैन भन्ने सुझाव आयो। त्यससँगै उपत्यकामा केही दिनयता कोरोनाको संक्रमणदर घट्न थालेकाले सार्वजनिक यातायातमा जोर–बिजोर हटाएका हौँ।

ललितपुरका सिडिओ घनश्याम उपाध्यायले भने, तर, ट्याक्सीसहित निजी सवारीसाधनमा भने जोर–बिजोर कायमै रहन्छ। कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनमा जोर–बिजोर कायम गरिएको थियो।

संक्रमणदर घट्दै गए प्रतिबन्धात्मक आदेश पनि खुकुलो हुँदै जाने सिडिओ उपाध्यायले बताए। संक्रमण बढ्यो भने त फेरि प्रतिबन्ध कडिकडाउका साथ लागू गर्नुपर्ने हुन्छ, उनले भने।

विद्यालय, कलेज र ट्युसन सेन्टर माघ मसान्तसम्म बन्द: पुस अन्तिम साताबाट बन्द विद्यालय, कलेज, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान ट्युसनसेन्टरसहितमा भौतिक पठनपाठन तत्काल नहुने भएको छ।

यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसिसीको सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो।

निजी विद्यालयका सञ्चालकहरूले माघ अन्तिम साताबाट विद्यालय खोल्न दिनुपर्ने माग गरेका थिए। तर, सरकारले विद्यार्थीलाई खोप लगाउन तोकिएको दिनबाहेक विद्यालय, शैक्षिक प्रतिष्ठान खोल्न नपाइने भनेको छ।

जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ।

सिसिएमसिसीको बैठकमा स्कुल÷कलेजका परीक्षा पनि भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने विषयमा एकमत भएको थियो। तर, सरकारले तत्काल निर्णय गरिसकेको छैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ