आज : गते

ताजा शिर्षकहरु

यस्तो ठाउँमा भेटियो प्रधानन्यायाधीशको तीन रोपनी जग्गा, अनुसन्धान विभागका कर्मचारी चकित

प्रकाशित
832
SHARES

काठमाडौ। काठमाडौँमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तीन रोपनी जग्गा भेटिएको छ। काठमाडौँको गोठाटारमा जबराका भाइ प्रभुशम्शेरको नाममा जग्गा भेटिएको हो।

उनले यो जग्गा गएको असोजमा ठूलो परिमाणमा जग्गा खरीद गरेको फेला परेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्वद्ध स्रोतका अनुसार प्रभुशम्शेरले गोठाटारमा करिव साढे ३ रोपनी जग्गा किनेको भेटिएको हो।

गोठाटारको कित्ता नं. १२४ र ३३ मा उनले करिव तीन रोपनी जग्गा खरीद गरेको भेटियो, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतले भन्यो, करिव ३० करोड रुपैयाँभन्दा बढीको घरजग्गा खरीद गरेको तथ्य अवगत हुन आयो।

प्रभुशम्शेरमाथि अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप गरेको, आफ्ना दाजुको पदीय हैसियत दुरुपयोग गरी मुद्दामा मोलमोलाई गरेको र कतिपय मुद्दा प्रभावित बनाएको आरोप छ।

प्रधान्यायाधीश जबरा र उनको परिवारको सम्पत्ति छानविनको माग गर्दै डा. गोविन्द केसीले समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए।

त्यसपछि शुरु भएको विवरण संकलन र अध्ययनका क्रममा  प्रभुशम्शेरले असोजमात्र गोठाटारमा जग्गा जोडेको भेटिएको हो। गोठाटारको जग्गाको भाउ प्रतिआना करिव ४० लाख रुपैयाँ छ।

त्यसरी हेर्दा २२ करोड ४० लाख हुन आउँछ। तर प्रभुशम्शेरले किनेको जग्गा ‘प्राइम लोकेसन’मा रहेको भन्दै त्यसको मूल्य अझै बढी रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतको दावी छ।

उजुरीमा प्रभुशम्शेरले ठमेलमा समेत घरसहितको करिव आठ आना जग्गा किनेको उजुरीमा दाबी छ । त्यो जग्गाको करार सम्झौताबारे जिल्ला अदालतमा मुद्दा परेको थियो।

अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा प्रभुशम्शेरले जग्गा किनेर मुद्दा ‘डिसमिस’ गराएका थिए ।मंगलबारको उजुरीमा उल्लेखित ठमेलको जग्गाबारे अर्को विवादसमेत छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतको योग्यतासम्बन्धी विवादमा अन्तरिम आदेश जारी गरेका थिए ।त्यसको केही समयपछि नै प्रधानन्यायाधीश जबराका भाइ प्रभुशम्शेरले त्यही बैंकबाट ऋण लिएका थिए।

तेस्त, नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उद्योगपति बिनोद चौधरीको २३ रोपनी जग्गा कब्जा गरेको छ। नेकपा पाल्पाले चौधरीको सीजी कम्पनीको नाममा रहेको २३ रोपनी जग्गा कब्जा गरेको हो।

पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ जैथुम देउलेफलाटमा रहेको सिजि कम्पनीको चुन उत्खनन जग्गा विवादित भएको भन्दै कब्जा गरेको हो । उक्त जग्गा स्थानीय प्रतिनिधि बाम बहादुर कुमालले,

सिजि कम्पनीले संचालन गरेको सिमेन्ट फ्याक्ट्रिलाई चुन उत्खनन गर्न ५ पुस्ता अगाडिदेखि भोगचलन गर्दै आएको धनु कुमालको जग्गा जालसाजी गरि बेचेको आरोप समेत लगाएको छ।

उक्त जग्गा पिडितका अनुसार आफूहरुले भोग चलन गरेको जग्गा कसरी सिजि कम्पनीमा गयो भन्ने कुरा थाहा नभएको बताएका छन् । अहिले आँफुहरु पिडित समेत भएको बताए । उक्त जग्गाका बारेमा अदालत मामिला जाँदा सरकारले न्याय नदिएको गुनासो समेत गरेका छन् ।

उक्त कुरा सिजि कम्पनी र स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दा पनि अटेरी गरेपछि पिडितलाई न्याय दिन उक्त जग्गा कब्जा गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले बताइन्।

उनले उक्त जग्गा पिडितले न्याय नपाउँदासम्म आफ्नो पार्टीको कब्जामा रहने बताइन्। साथै नेकपा पाल्पाले विज्ञप्ती जारी गरी उक्त जग्गा कब्जा गरिएको जानकारी दिदै धनु कुमालमाथि भवितव्यं केही भएमा,

स्वयम् सिजि कम्पनी र उसको प्रतिनिधि बाम बहादुर कुमालले जिम्मेवारी लिनुपर्ने चेतावनी दिएको छ। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले जारी गरेको विज्ञप्ति भनिएको छ।

रिब्दिकोट गाउँपालिका वडा नम्बर १ जोगिथुम बस्ने धनु कुमालका परिवारले ५ पुस्ता देखि भोगचलन गर्दै आएको जग्गा दलाल संसदीय व्यवस्थाले बनाएको गरीबमारा कानुनले पुँजी र पहुँचको आधारमा सिजि कम्पनीको नाममा पास गरि दिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, उक्त जमिन पिडितले न्याय नपाएसम्म नेपाल कम्युनिस्ट पार्टीको कब्जामा रहेको जानकारी गराउँदछौं। पिडित धनु कुमालको न्यायका लागि जनताका पक्षधर सबै शक्तिहरुलाई सहयोग समेत गर्न अनुरोध गर्दछौं।

प्रतिक्रिया