आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गठबन्धन र आफ्नै पार्टीको पेलानले दबाबमा देउवा

प्रकाशित
487
SHARES

काठमाडौं। एमसीसी र स्थानीय तहको निर्वाचनका विषयले राजनीतिक क्षेत्र नै तरंगित छ। तर प्रधानमन्त्री शेरबहादुर देउवा एकपछि अर्को दबाबमा छन्। देउवालाई गठबन्धनबचाउन र र आफ्नै पार्टीमिलाउन चुनौतीपूर्ण बन्दै गएको छ।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षले बलियो मौन समर्थन गरिरहेको छ।एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धनभित्रकैदलको मत बाझिदा प्रमुख प्रतिपक्षसँग देउवाको खासै ठुलो मतभिन्नता छैन।

सरकारका गतिविधिमा निगरानी र लापरबाहीमाथि आक्रामक बन्नुपर्नेप्रतिपक्ष बरु सभामुखका गतिविधिमा मात्रै आफ्नो भूमिकालाईकेन्द्रीत गरेको छ। तरप्रतिपक्षको यत्रो समर्थन पाउँदा पनि देउवा गठबन्धनरपार्टीभित्रबाट ठुलो दबाब झेलिरहेका छन्।

त्यसमध्ये पनि पार्टीभित्रको दबाबले देउवाको भोक चैन हराएको । नेपाली काँग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको चासोमा एमसीसी छ। पार्टीभित्र एमसीसी पारित गर्ने विषयमा मतभिन्नता छैन ।

तर स्थानीय तहको निर्वाचनदेखि चुनावी तालमेलका विषयमा पार्टी मिलाउने कि गठबन्धन बचाउने देउवाका लागि कम्ता सकसपूर्ण छैन ।काँग्रेसभित्रको एउटा पक्ष छ।

जसले देउवालाई हारहालतमा सफल बनाउन एमसीसीदेखि निर्वाचनसम्म एक मुख बनाएर समर्थन बटुल्न लागिपरेको छ ।तर ४० प्रतिशतको हिस्सेदार हैसियतमा रहेको शेखर कोइराला पक्ष स्थानीय तहको निर्वाचन पनि समयमै हुनुपर्ने।

र अन्यदलसँग काँग्रेसले चुनावी तालमेल पनि नगर्ने स्पष्ट अडान लिदै आएको छ। प्रधानमन्त्री देउवा गठबन्धनमार्फत नैचुनावमा गएर फेरि ठुलो पार्टीको हैसियत कायम राख्ने, अनि संसदीय दलको नेता हुँदै फेरि प्रधानमन्त्री बन्ने लाइनमा छन्।

काँग्रेस ठुलो पार्टी बन्नका लागि कम्युनिष्टहरुको विभाजन सूवर्ण अवसर बनेको छ। गठबन्धन तलमाथि भएर कदमकदाचित कम्युनिष्टहरु फेरि एक भए काँग्रेसका लागि यो अवसर गुम्नेछ।

तर पनि केही नेताहरु प्रचण्ड-माधवलाई बोक्दा काँग्रेसको काँध गन्हाउन थालेको प्रतिक्रिया दिन थालेका छन्। यद्यपी यो व्यवस्था नै कसै न कसैसँग गठबन्धन गर्ने पर्ने अभ्यासमा चलिरहेकोले केही नेता यसको आवश्यकता देखिरहेका छन्।

देउवाको मुख्य चासोमा परेको एमसीसी राजनीतिक कचिङगलको विषय बन्दा जनमत नै पक्ष विपक्षमा बाँडिएको छ। अब यसलाई संसद्मा निर्णयार्थ पेश गर्दै निकास दिने पक्षमा देउवा छन्।

पारित हुन चाहिने संसद्को दुई तिहाइका लागि गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको दलको समर्थन पाउनुपर्ने हुन्छ। जुन हाललाई कठिन छ।

कि प्रमुख प्रतिपक्ष एमालेले सभामुख हटाउन गरेको प्रस्तावलाई स्वीकार्दै समर्थन जुटाउनुपर्नेछ। जसले गठबन्धन फुटाउने निश्चित छ। यता पार्टीभित्रको प्रतिपक्षले स्थानीय तहकोचुनाव समयमै गर्न गरेको,

माग र पार्टीका आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै एमसीसीका लागि परिपक्क वातावरण बनाउनुपर्नेछ। चौतर्फि दबाब पछि जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन गर्न देउवाले खाका तयार पारेका छन्।

यसैअनुसार गठबन्धनलाई सहमतिमा ल्याएरबैशाखभित्र भनिएको निर्वाचनलाई मझदारमा सारेका देउवाले एक्लै चुनावमा जाने पार्टी इतर पक्षको अडानलाई समेत सम्बोधन गर्नुपर्नेछ। जुन देउवाका लागि चुनौतीको विषय हो।

प्रतिक्रिया