आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधब प्रचण्ड साईड लगाएरै भएपनि एमसिसि पास गर्ने देउवाको तयारि

प्रकाशित
571
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउँन निकै जोड बल गर्न थालेका हुन्। स्थानिय तहको निर्वाचनको मिती निर्धारणका बिषयमा भइरहेको बहसलाई ओझेल पार्ने गरि देउवाले एमसीसीको बिषय फेरी अघि सारेका छन्।

जेठ भित्र स्थानिय तहको निर्वाचन गर्ने भनेर गठबन्धन दलमा सहमती भएर सरकारलाई मिती तोक्न आग्रह गरे पनि देउवाले स्थानिय तहको निर्वाचन तोक्ने कुनै सुरसार गरेका छैनन्।

काम कुरो एका तिर कुम्लो तिर ठिमी तिर जस्तो देउवाले गर्न खोजे पछि गठबन्धन दलभित्रै असन्तुष्टि देखिएको छ। अब वार की पार गर्ने नै गरि देउवाले एमसीसीको बिषय अघि बढाएको बताइएको छ।

एमसीसी पास हुने ग्यारेन्टी पछि मात्रै देउवाले चुनावको मिती तोक्ने तयारी गरेको स्रोतले बताएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचनको मितिका बारेमा,

हालसम्म आयोगलाई सरकारबाट औपचारिक रूपमा कुनैपनि जानकारी नै आएको छैन। माघ १५ गते सत्ता गठबन्धनको बैठकबाट जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गराउन सुझाव दिएको कुरा,

हामीले पनि सञ्चारमाध्यममा प्रकाशित समाचारबाट नै थाहा पाएका हौं,’ प्रवक्ता पौडेलले भने, औपचारिक रूपमा आयोगलाई सरकारका तर्फबाट हालसम्म जानकारी आएको छैन।

सरकारले निर्वाचनसँग सम्बन्धित ऐन संशोधन गर्न लागेको विषयमा समेत आयोग पूर्णरूपमा अनभिज्ञ रहेको उनले बताए ।निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा नै स्थानीय तहको चुनाव हुनुपर्छ भन्ने कुरामा हामी अझैसम्म कायम छौं।

पौडेलले भने, ‘उक्त पोजिसनबाट हामी अलिकति पनि दायाँबायाँ भएका छैनौं। निर्वाचन आयोगले हालको निर्वाचन कानूनअनुसार नै चुनाव गर्न सकिने बताउँदै आएको छ।

त्यसका लागि निर्वाचन ऐन संशोधन गर्न आवश्यक नरहेको उनको तर्क छ। निर्वाचन आयोगले वैशाख १४ गते एकैपटक वा वैशाख २२ गते दोस्रो चरणमा समेत गरेर चुनावको मिति घोषणा गर्न प्रस्ताव गरिसकेको छ।

तेस्तै, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबारे गोप्य दस्तावेज भेटिएपछि मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले मुख खोलेको छ।

एमसीए नेपालले एमसीसी सम्झौतामा कुनैपनि गोप्य सम्झौता नभएको र त्यस्ता दस्तावेजहरु नलुकाइएको स्पष्टीकरण दिएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, एमसीसी सम्झौता सम्बन्धी कुनैपनि गोप्य वा लुकाइएका दस्तावेज छैन।

एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चार माध्यममा देखिएकोप्रति एमसिए–नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसिए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ।

‘एमसिए–नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि,

दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीसी–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरित हुन्छ’ समितिले भनेको छ ।एमसीसी परियोजनामार्फत बन्ने राष्ट्रिय प्रसारण लाइनमा पर्ने ३२ वटा गाउँपालिका तथा नगरपालिकामा,

सार्वजनिक सुनुवाइका क्रममा सबैलाई पहुँच उपलब्ध गराइएको तथा नेपालको वातावरण संरक्षण ऐन अन्तर्गत सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको सार्वजनिक दस्तावेज,

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन’ लाई समेत गोप्य भन्नु आफ्नै देशका निकायहरूको उपेक्षा गर्नु रहेको समितिले बताएको छ। साथै गोप्य भनिएका ती कुनै पनि दस्तावेज एमसीसीसँग गरिएका सम्झौता नभएको समेत समितिले जानकारी गराएको छ।

एमसिए–नेपालले कुनै पनि दस्तावेज गोप्य रूपमा नराखी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएकोमा कोही कसैलाई भ्रममा नपर्न समेत समितिले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया