आज : गते

ताजा शिर्षकहरु

वामदेव गौतमले खोल्न लागेको नयाँ पार्टीको नाम जुर्यो

प्रकाशित
1.5K
SHARES

काठमाडौँ। विभाजित नेपालका कम्युनिस्ट समूहबीच सधैँ कार्यगत एकताका पक्षधर वामदेव गौतम यतिबेला स्वयं एक्लिएका छन्। राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहिरहने नेता वामदेव केही समयदेखि सार्वजनिक रूपमा देखिएका छैनन्।

नेपालको कम्युनिस्ट आन्दोलनमा छ दशक बिताइसकेका वामदेवले राजनीतिबाट सन्न्यास लिन लागेको हो त यो सम्भव लाग्ने प्रश्न पनि होइन। त्यसो भए के गर्दै छन् त, वामदेव वामदेवलाई लामो समयदेखि राजनीतिमा साथ दिँदै,

आएका डीबी कार्कीका अनुसार उनी निष्क्रिय छैनन्। बरु पुराना दस्तावेजको अध्ययन, पुनरावलोकन, नयाँ दस्तावेज लेखन तथा सम्पादन र सार्वजनिक जीवनका विशिष्ट व्यक्तिहरूसँग भेटघाट बढाइरहेका छन्।

नेपालमा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध पार्ने प्रयास असफल भएपछि वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट बनाएर समाजवादको दीर्घकालीन यात्रा थाल्न ‘लोकतान्त्रिक शक्ति’ नामको नयाँ पार्टी निर्माणमा वामदेव लागेका छन्।

उनले केहि दिनमै नयाँ पार्टीको नाम लिएर पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भइरहेको छ उनको सचिवालय छ। नयाँ पार्टी दर्ताको तयारी भइरहेको छ। केही दिनमै निर्वाचन आयोगमा जान्छौं।

सचिवालय स्रोतले भन्यो।गौतम अहिले राष्ट्रिय सभा सदस्य छन्। २०७४ सालको संसदीय चुनावमा बर्दिया१ मा पराजित भएका गौतमलाई केपी शर्मा ओली नेतृत्वको २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो।

सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन्। गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका हुन्।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम सचिवालय सदस्य थिए।

नेकपा विभाजनपछि उनी एमाले उपाध्यक्ष थिए। एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएका थिए तर उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० मा गएका थिएनन्।

गौतम मंसिरमा भएको एमालेको १० औं महाधिवेशन प्रक्रियामा पनि सहभागी भएका थिएनन्। २०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा माले गठन गरेका थिए। मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो।

तेस्तै, अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र एमाले नेता डा. भीम रावलबीच आरोप प्रत्यारोप चलेको हो ।

डा. भट्टराईले आफूमाथि गलत आरोप लगाएको भन्दै डा रावलको पीएचडी कतै नक्कली त हैन भनी आशंका गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता लेख्दै डा भट्टराईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर डा रावलले गलत आरोप लगाएको बताए।

उनले भनेका छन्, ‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि डा पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ।

उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन कि यी नक्कली पीएचडी हुन्त्यसअघि डा रावलले सांसदहरूलाई स्मृति पत्र भन्दै एक सन्देश जारी गरेका थिए।

जसमा डा भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गराएको आरोप समेत थियो। उनले भनेका थिए, हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउनमै व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो।

त्यो प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ। बाबुराले गाेप्य रूपमा सम्झाैता गरेकाे भन्ने डा रावलकाे आरोप तथ्यसहित पुष्टि गर्न उनले चुनाैती दिएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ