आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसारकै शक्तिशाली सेनाकी अधिकृत जागिर छोडेर बनिन् पोर्नस्टार

प्रकाशित
1.2K
SHARES

काठमाडौं। काइली गुनर नामकी एक युवतीले संसारकै शक्तिशाली मानिने अमेरिकी सेनाको जागिर छोडेर पोर्नस्टार बनेकी छिन्। उनले अमेरिकी सेनामा ५ वर्ष काम गरिन्। उनी सेनामा सार्जेन्ट पदमा कार्यरत थिइन्।

५ वर्ष काम गरिसकेपछि उनले सैनिक सेवा छोडेर वयस्क फिल्म उद्योगमा आउने निर्णय गरिन्। काइली गुनर अहिलेसम्म २ वयस्क फिल्ममा देखिइसकेकी छिन्। उनी एक चर्चित वयस्क साइटमा पनि निकै सक्रिय छिन्।

उनले आफ्नो करिअर बदल्ने निर्णय किन गरिन् भन्ने बारेमा बताएकी छिन्। ग्लोबल फायरपावर्स कम्प्रिहेन्सिभ इन्डेक्स अनुसार अमेरिकी सेनालाई संसारकै सबैभन्दा शक्तिशाली सेना मानिन्छ।

डेलीस्टारका अनुसार काइलीले अमेरिकी सेनाको जागिर छोडिन् र अहिले उनी पोर्न उद्योगमा सक्रिय भएकी छिन्। उनले आफ्नो नयाँ करिअर नयाँ र रोमाञ्चक हुने अपेक्षा गरेकी छिन्। उनले प्रसारण संचार अध्ययन गरेकी छिन्।

उनी भन्छिन् ‘मलाई क्यामेरा फेस गर्ने अनुभव धेरै छ। यस्तोमा वयस्क उद्योगमा जानु मेरो लागि तार्किक कदम लाग्यो । म सधैं यो उद्योगमा काम गर्ने इच्छा राख्थें। मलाई थाहा थियो कि यही त्यो क्षेत्र हो जहाँ म जान चाहन्थें।

अब म यहाँ आउकी छु त्यसैले दुनियाँलाई देखाउन सक्छु कि म के गर्न सक्छु। उनीसँग सेनाको अनुभवको बारेमा सोधिँदा उनले आफूले अमेरिकी सेनामा सबैभन्दा असल मानिसहरुलाई भेटेको बताइन्।

उनले अमेरिकी सेनाका सैनिकहरुसँगको मित्रता सबैभन्दा अलग अनुभव भएको बताइन्। उनले थपिन मेरो बिगत सधै मेरो लागी अबिस्मरणीय तथा यादगार हुने बताइन।

उनले आफूलाई मन पर्ने हतियार एम २४० मेसिन गन भएको पनि बताइन्। उनको छनोट स्क्वाड सपोर्टको भूमिकाको लागि भएको थियो जहाँ उनी साथीहरुलाई बलियो बनाउने काम गर्थिन्।

तेस्तै, बेइजिङमा आगामी फेब्रुअरी ४ देखि २० फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक हुँदैछ । यस पटक आयोजक देश चीनलाई १८ वर्षकी फ्रि स्टाइल स्की च्याम्पियन एलिन गुबाट धेरै आशा छ ।

गु यो विन्टर ओलम्पिककी पोस्टर गर्ल हुन् र यो ओलम्पिकका सबैभन्दा प्रतिभाशाली किशोर उमेरका खेलाडीमध्ये एक हुन् । चीनमा गुको उपस्थिति पहिलेदेखि नै निकै ठूलो छ । देशमा कुनै पनि विज्ञापन वा प्रायोजक सम्झौताबाट गुलाई तत्काल चिन्न सकिन्छ ।

शीतकालीन ओलम्पिक केवल यी १८ वर्षकी फ्रि स्टाइल स्कीयरको छत्रछायामा हुँदैछ । यो ओलम्पिक वास्तवमा गुको लागि आफ्नो शारीरिक उपस्थितिका साथै देशको शोभा बढाउने एक दुर्लभ अवसर हो।

डेलीमेलका अनुसार गुको कहानीको सम्भवतः सबैभन्दा रोचक पक्ष यषे हो कि उनी अमेरिकाको सान फ्रान्सिस्कोमा हुर्किएकी हुन् । ताहो तालमा स्की सिकेर अमेरिकी संस्कृतिमा डुबेकी गुले अन्ततः चीनको प्रतिनिधित्व गर्न थालिन् । यो उनको लागि निकै शानदार पनि भयो ।

गु अमेरिकामा जन्मिएकी अमेरिकी नागरिकता प्राप्त गर्न योग्य व्यक्ति हुन् । तर, उनले चीन रोजिन् किनकि उनकी आमा चीनकी हुन् । गुका पिता अमेरिकी र आमा चिनियाँ हुन् । उनले १५ वर्षको उमेरमा चीनको प्रतिनिधित्व गर्नको लागि आफ्नो अमेरिकी टिम छोड्ने निर्णय गरेकी थिइन्।

गुले स्लोपिङमा कैयौं रेकर्ड तोड्नुका साथै कैयौं अन्तर्राष्ट्रिय मोडलिङ अभियानमा अभिनय पनि गरेकी छिन्। सामाजिक संजालमा उनका ठूलो संख्यामा फलोअर छन् । उनी चीनमा भोग पत्रिकाको कभरमा पनि देखिइसकेकी छिन्।

आधिकारिक रुपमा इन्टरनेशनल स्की फेडरेशनसँग लोयल्टी बदल्ने अर्को देशको प्रतिनिधित्व गर्ने अनुरोध गरेको एक वर्षभन्दा पनि कम समयमा उनले २०२० को इभेन्टमा बिग एयर र हाफपाइप इभेन्टमा दुई स्वर्ण पदक जितिन् । साथमा उनले स्लोप स्टाइलमा रजत पदक पनि जितिन् ।

उनको पछिल्लो उपलब्धी पनि निकै शानदार रह्यो । उनले विन्टर एक्स गेम्समा २ स्वर्ण र एक कास्य पदक जितिन् । यो प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गरेकी हुले तीन इभेन्टमा भाग लिएर पदक जितिन् ।

यो शानदार फर्मको साथमा गुले कैयौं रेकर्ड पनि बनाइन् । एक्स गेम्स जितेपछि उनले आफ्नो सफलताबारे माइक्रोब्लगिङ साइट सिना वीबोमा पोस्ट गरेकी थिइन् । यो पोस्ट २३ मिलियन भन्दा धेरै पटक हेरिएको छ ।

उनका अधिकांश फलोअर उनको रोमाञ्चक सफरको तारिफ गर्छन् । तर, उनलाई लिएर निकै विवाद र आलोचना पनि हुने गरेको छ । आधिकारिक रुपमा उनले अमेरिकाको नागरिकता त्यागिसकेकी छिन् तर उनले चीनको प्रतिनिधित्व गर्न सुरु गर्दा २०१९ मै आधिकारिक रुपमा अमेरिकाको नागरिकता त्याग्नुपर्ने तर्क गरिन्छ ।

तर, त्यतिबेला उनी केवल १५ वर्षकी थिइन् त्यसैले उनले यसो गर्न अमेरिकी कानुनअनुसार मिल्दैनथ्यो। म एक अमेरिकी हुँ भन्ने कुरा कसैले अस्वीकार गर्न सक्दैन र म एक चिनियाँ हुँ यो कुरा पनि कसैले अस्वीकार गर्न सक्दैन’ उनले २०२१ मा एक अन्तरवार्तामा भनेकी थिइन्।

प्रतिक्रिया