आज : गते

ताजा शिर्षकहरु

जहाँ डाक्टरलाई ब’लात्का’र गरेर मारेका थिए, पुलिसले चारैजनालाई त्यहीँ लगेर गोली ठोकिदियो

प्रकाशित
1.4K
SHARES

एजेन्सी। महिला डाक्टरको सामूहिक ब’ला’त्का’र’प’छि ह’त्या गरेर श’व जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ।

हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई ब’ला’त्का’र गरेर मारेका थिए। तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरोपीलाई इन्कान्टर गरिदिएको हो।

हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको शव भेटिएको थियो। पुलिसले चारैजना आरोपीलाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो।

यो इन्काउन्टर शुक्रबार बिहान भएको हो। यसअघि महिला डाक्टरमाथि भएको क्रुरताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो। मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए।

पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गो’ली हा’नेर मा’र्नु’प’रे’को थियो। अब पिडित पक्षले केहि हद सम्म राहत महसुस गरॆका छन्।

पुलिसले आरोपीहरुलाई हैदराबादको केराकुल्ली जे’लमा राखेको थियो। जब पुलिसले आरोपीलाई लिएर पुलिस थाना पुग्यो, मानिसहरुले यो कुरा चाल पाए र एकैछिनमा सयौं मानिसहरुले पुलिस चौकी घेरेका थिए।

त्यसपछि पुलिसले त्यो थानाको सुरक्षा बढाएको थियो र पछि चारैजना आरोपीहरुलाई हैदराबाद जेल ल्याइएको थियो। चारैजना आरोपीहरुलाई केराकुल्ली सेन्ट्रल जेलको फरक फरक ब्यारेकमा राखिएको थियो।

तेस्तै, प्रेम विवाह गरेका एक जोडीलाई युवतीका परिवारले फकाएर घरमा बोलाइ वि’भ’त्स तरिकाले ह’त्या गरेका छन्। टर्कीकी ती युवतीलाई आफ्ना काकाको छोरासँग परिवारले मागी विवाह गरिदिन चाहेका थिए।

तर, उनले यो विवाह अस्वीकार गरेर प्रेमीसँग भागेकी थिइन्। पछि युवतीका परिवारले उनीहरुलाई फकाएर अब शान्तिपूर्वक बस्ने भन्दै नयाँ वर्याको पार्टीमा बोलाएका थिए।

निम्तो पाएपछि आएकी छोरीलाई परिवारले ह’त्या गरेको र उनका प्रेमीलाई ब’ला’त्का’र’प’छि ह’त्या गरेको डेलीमेलले जनाएको छ। घटना टर्कीको कमान जिल्लाको बेरामोजु गाउँमा भएको हो।

२४ वर्षकी विल्दान इन्सलाई परिवारले आफ्ना कजिनसँग विवाह गर्न दबाब दिएका थिए। युवतीले भने त्यो विवाह गर्न अस्वीकार गर्दै करिब २ महिनाअघि आफ्ना प्रेमी २५ वर्षका ओस्मान सेलिकसँग भागेकी थिइन्।

परिवारले उनीहरुको खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन्। जोडी नयाँ वर्षको पार्टीका लागि गाउँ आएका बेला परिवारले थाहा पाएका थिए। आफ्नी छोरी कमानमा भएको थाहा पाएपछि विल्दानका परिवारले उनीहरुलाई अब आफूहरुले शान्ति कायम गर्न चाहेको भन्दै घरमा बोलाएका थिए।

स्थानीय मिडिया रिपोर्टअनुसार घरमा आएपछि विल्दानलाई बाथरुममा लगेर काटिएको थियो। उनका प्रेमीलाई ब’ला’त्का’र गरेर घाँटी थि’चे’र मारिएको थियो। उनीहरु दुबैलाई ह’त्या’प’छि बगिरहेको पानीमा राखिएको थियो ताकि भुइँमा रगत नलागोस्।

ह’त्या’पछि दुवैको श’व’ला’ई गाउँबाहिर लगेर खाल्डोमा गा’डि’ए’को थियो। सेलिकको परिवारले छोरा हराएपछि पुलिसलाई खबर गरेका थिए। अनुसन्धानको क्रममा पुलिसले इन्स परिवारलाई सोधपुछका लागि हिरासतमा लिएको थियो।

सोधपुछका क्रममा परिवारले आफूहरुले ह’त्या गरेको स्वीकार गर्दै गाडिएका श’व देखाएका थिए। पुलिसका अनुसार श’व बरामद भएपछि विल्दानका पिता, दाजु, उनलाई विवाह गर्न दबाब दिइएका कजिन र अन्य २ जना आफन्तलाई प’क्रा’उ गरिएको छ।

थप अ’नु’स’न्धा’न जारी रहेको पुलिसले बताएको छ। यस्तो सनसनी पूर्ण घटना घटेपछि स्थानीय युवा युवतीहरु त्रसित भएका छन्। कयौ मानब अधिकारकर्मी हरुले यो केशमा आखा कानुन लागु गर्नु पर्ने बताएका छन्।

तेस्तै, भारतको राजनीतिमा पुनः एकपटक कथित पेगासस जासुसी मामिला प्रवेश गरेको छ। शुक्रबार अमेरिकी अखबार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाईवेयर पेगासस खरिद गरेको एक रिपोर्ट प्रकाशित गरेपछि त्यहाँको राजनीतिमा तरंग पैदा भएको हो।

न्युयोर्क टाइम्सको रिपोर्टलाई आधार मान्दै कतिपय विपक्षी दलले नरेन्द्र मोदी सत्तामाथि औंला ठड्याउन थालेका छन् । भारतले रक्षा सम्झौताअन्तर्गत २०१७ मा इजरायलसँग पेगासस खरिद गरेको दाबी न्युयोर्क टाइम्सको रिपोर्टमा गरिएको छ। हतियार खरिद शीर्षकको दुई अर्ब डलरको प्याकेजमा यो खरिद गरिएको बताइएको छ ।

गत वर्ष पेगासस जासुसी सफ्टवेयरको माध्यमबाट कैयौं देश नेता, पत्रकार तथा सामाजिक अभियन्ताको कल रेकर्ड गरेको विषय सार्वजनिक भएको थियो, जसमा भारतको नाम पनि सामेल थियो ।त्यसपछि भारतीय राजनीतिमा आरोप-प्रत्यारोपको शृंखला सुरु भएको थियो।

राजनीतिक दलदेखि पत्रकार र सामाजिक अभियन्तासमेतले अहिले पनि यसबारे टिप्पणी गर्न थालेका छन्। यो यतिखेर सोसल मिडियामा ट्रेन्डमा छ र मानिसहरूले यसबारे गम्भीर चर्चा गर्न थालेका छन्।

मोदी सरकारले देशद्रोह गर्‍योः राहुल गान्धी: कंग्रेस नेता राहुल गान्धीले शनिबार एक ट्विट गर्दै मोदी सरकारले देशका प्राथमिक संस्था, राजनीतिक नेताहरू र जनताविरुद्ध जासुसी गरेको आरोप लगाएका छन्।

यस्तै जासुसी गर्न मोदीले पेगासस खरिद गरेको पनि उनले उल्लेख गरेका छन्। फोन टेप गरेर सत्ता पक्ष, विपक्ष, सेना, न्यायपालिका सबैलाई निशाना बनाइएको छ। यो देशद्रोह हो, गान्धीले भनेका छन्, ‘मोदी सरकारले देशद्रोह गरेको छ।

तृणमूल कांग्रेस पार्टीका नेता महुआ मोइत्राले पनि न्युयोर्क टाइम्सको रिपोर्ट ट्विट गरेका छन्। कंग्रेस नेता पी चिदम्बरमले इजरायलसँग पेगासस खरिद गरेको आरोप लगाउँदै मोदीमाथि व्यंग्य कसेका छन्।

शिवसेना सांसद प्रियंका चतुर्वेदीले जनताको पैसा जासुसीमा बीजेपी सरकारले खर्च गरेको आरोप लगाएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘भारतका कर तिर्ने नागरिकको पैसा जासुसी र निगरानीमा सरकारले खर्च गरेको छ । यस्तो जासुसी त देशको जमिन कब्जाविरुद्ध गर्न सकेको भए राम्रो हुन्थ्यो ।’

के हो पेगासस ? गत वर्ष जुलाईमा ‘वासिङ्टन पोस्ट’ र भारतीय समाचार पोर्टल ‘द वायर’ले संसारका थुप्रै पत्रकार तथा सामाजिक अभियन्ताको फोन ह्याक गरिएको खबर सार्वजनिक गरेका थिए । द वायरले महत्वपूर्ण ५० हजार वटा नम्बरको डेटाबेस लिक भएको र त्यसमध्ये तीन सयभन्दा बढी नम्बर भारतीय नागरिकको रहेको उल्लेख गरेको थियो।

त्यसमा भारतका राजनेता, पत्रकार तथा सामाजिक अभियन्ता रहेका र उनीहरूलाई जासुसीको सूचीमा राखिएको थियो । तर भन्न केचाहिँ सकिँदैन भने, ती व्यक्तिहरूमा जासुसी अहिलेसम्म भएको छ कि छैन।

पेगासस इजरायलको साइबर सुरक्षा कम्पनीले एनएसओले निर्माण गरेको हो। बंगलादेशलगायत कतिपय देशले पेगासस स्पाईवेयर खरिद गरेका छन्। यसबारे पहिलादेखि नै विवाद हुँदै आएको छ।

पेगासस एउटा यस्तो प्रोग्राम हो, जसलाई यदि कुनै स्मार्टफोनमा राखिदियो भने ह्याकरले उक्त स्मार्टफोनको माइक्रोफोन, क्यामरा, अडियो र टेक्स्ट म्यासेज, ईमेल र लोकेसनसमेतको जानकारी लिन सक्छ। पेगाससको प्रयोगबाट कुनै पनि व्यक्तिको गोप्य कुरा थाहा पाउन सकिने हुनाले नै भारतमा यसबारे विवाद चलिरहेको छ।

के भन्छन् पत्रकारहरू ? इन्टरनेट फ्रिडम फाउन्डेसनले ट्विट गर्दै भनेको छ, न्युयोर्क टाइम्सको रिपोर्टमुताबिक भारत सरकारले २०१७ मा पेगासस खरिद गरेको छ । केन्द्र सरकारले सुप्रिम कोर्टमा सुनुवाइका क्रममा पेगासस खरिद गरेको हो या होइन भन्नेबारे स्पष्ट जवाफ दिन सकिरहेको छैन।

पत्रकार सीमा चिश्तीले ट्विट गर्दै भनेकी छन्, ‘मोदी सरकार यसबारे स्पष्ट हुनुपर्छ। सुप्रिम कोर्टमा जवाफ दिन सक्नुपर्छ। पेगासस एक साइबर हतियार हो। रोहिणी सिंह, एम के वेणुलगायत भारतका कयौं पत्रकारले सरकारले पेगासस खरिद गरेर त्यसको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

उता, पेगासस सम्बन्धमा सत्तापक्ष पनि चुप बसेको भने छैन। बीजेपीका राष्ट्रिय उपाध्यक्ष तथा सांसद दिलीप घोषले भनेका छन्, संसद् सत्र सुरु हुने समय आएपछि विपक्षी दल संसद् रोक्न कुनै न कुनै मुद्दा अघि सार्छन्। सदनमा विरोधी दल आफ्नो काम गर्छन् र सरकार आफ्नो काम गर्छ।

केन्द्रीय सडक परिवहन एवं राजमार्ग तथा नागर विमानन राज्यमन्त्री भीके सिंहले त न्युयोर्क टाइम्समाथि नै प्रश्न उठाएका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘के तपाईं एनवाईटीमाथि विश्वास गर्नु हुन्छ रु यो त सुपारी मिडिया हो।

भारतमा बेलाबखत पेगाससको चर्चा चल्दै आए पनि यसबारे आधिकारिक कुरा सार्वजनिक भएको छैन। निर्माता कम्पनी एनएसओले यसअघि नै भारतलाई पेगासस नबेचिएको बताएको थियो ।

कम्पनीले पेगाससको उद्देश्य आतंकवाद र अपराधविरुद्ध लड्नु रहेको दाबी गर्दै आएको छ। पेगासस खरिद गरेका देशहरूले पनि आतंकवाद र अपराधविरुद्ध यसको प्रयोग गरिने स्पष्टीकरण दिँदै आएका छन्।

तर वास्तविकता अर्कै रहेको र मन नपरेका वा विपक्षीविरुद्ध यसलाई विभिन्न देशले दुरुपयोग गर्दै आएको आरोप पनि उसैगरी लाग्दै आएको छ। भारतमा यो विषय सुप्रिम कोर्टमा पुगेको छ। यो विषयबारे जाँच समिति पनि बनेको छ, तर त्यसको रिपोर्ट भने आउन बाँकी छ। एजेन्सी

प्रतिक्रिया

आजको ट्रेन्डिङ