आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाएक मौसम समबन्धि आयो यस्तो जानकारी, सबैले थाहा पाउनु पर्ने

प्रकाशित
1.4K
SHARES

काठमाडौ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु, कुहिरो लागेको छ।

सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध पनि गरेको छ।

यता मंगलबार प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा,

साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै बुधबार दिउँसो : प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तेस्तै,उपत्यकामा एक सातादेखि यातायातमा लागू जोर–बिजोर प्रणाली संशोधनसहित खुकुलो बनाइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको संयुक्त बैठकले सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाएको छ । यससँगै अब बस, माइक्रोबस र टेम्पो निर्वाध रूपमा चल्न पाउनेछन्।

‘सार्वजनिक यातायातमा जोर–बिजोर कायम गरेर भिड नियन्त्रण हुँदैन भन्ने सुझाव आयो । त्यससँगै उपत्यकामा केही दिनयता कोरोनाको संक्रमणदर घट्न थालेकाले सार्वजनिक यातायातमा जोर–बिजोर हटाएका हौँ,’

ललितपुरका सिडिओ घनश्याम उपाध्यायले भने, ‘तर, ट्याक्सीसहित निजी सवारीसाधनमा भने जोर–बिजोर कायमै रहन्छ ।’ कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनमा जोर–बिजोर कायम गरिएको थियो ।

संक्रमणदर घट्दै गए प्रतिबन्धात्मक आदेश पनि खुकुलो हुँदै जाने सिडिओ उपाध्यायले बताए । ‘संक्रमण बढ्यो भने त फेरि प्रतिबन्ध कडिकडाउका साथ लागू गर्नुपर्ने हुन्छ, उनले भने।

विद्यालय, कलेज र ट्युसन सेन्टर माघ मसान्तसम्म बन्द: पुस अन्तिम साताबाट बन्द विद्यालय, कलेज, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान ट्युसनसेन्टरसहितमा भौतिक पठनपाठन तत्काल नहुने भएको छ।

यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसिसीको सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो।

निजी विद्यालयका सञ्चालकहरूले माघ अन्तिम साताबाट विद्यालय खोल्न दिनुपर्ने माग गरेका थिए । तर, सरकारले विद्यार्थीलाई खोप लगाउन तोकिएको दिनबाहेक विद्यालय, शैक्षिक प्रतिष्ठान खोल्न नपाइने भनेको छ।

जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ।

सिसिएमसिसीको बैठकमा स्कुल÷कलेजका परीक्षा पनि भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने विषयमा एकमत भएको थियो। तर, सरकारले तत्काल निर्णय गरिसकेको छैन।

प्रतिक्रिया