आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी, के हुन्छ अब ?

प्रकाशित
1.4K
SHARES

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको हो।

सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन्। उजुरीकर्ताले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू कोभिड,

संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफूलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन्।

कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन्। उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन्।

तेस्तै, दाङमा डेढ करोड ठगी गरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध प्रहरीमा उजुरी परेको छ। घोराही उपमहानगरपालिका-१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन्।

निर्माण व्यवसायी पाण्डे तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा हुन्। व्यवसायी बस्नेतले घोराही-तुलसीपुर सडक निर्माणको क्रममा आफ्नो टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको रकम एक करोड ४४ लाख रुपैयाँ नदिएको भन्दै पाण्डेविरुद्ध ठगी मुद्दामा अनुसन्धान गर्न उजुरी दिएका हुन्।

पटक(पटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हुँ’-उनले भने। आफू बाध्य भएर कानुनी उपचार खोज्न प्रहरीमा जानु परेको उनले बताए। पैसा आउला भनेर पर्खे पनि सम्पर्कमा नआई झुलाउने,

भाग्ने र शक्तिकेन्द्रको धम्की दिने गरेको पनि व्यवसायी बस्नेतले बताए ।घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो।

समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो। जिल्ला प्रहरी प्रमुख प्रहरी कार्यालयका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले आफू बाहिर भएकाले यसबारे जानकारी नभएको बताए।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। असंवैधानिकु केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध बुधबार उजुरी परेको हो।

विधानविपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजीको माग भएको छ। चौधरीको पद खारेज गर्दै उक्त पदमा आफ्नो नाम राख्न माग राखेर सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

चौधरी मधेशी कोटाअन्तर्गत उम्मेदवार थिए। विधानमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख भएको भए पनि चौधरीको उक्त अवधि नपुग्ने दाबी यादवले गरेका छन्।

‘मधेशी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ मा कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ,’ उजुरीमा भनिएको छ।

चौधरीविरूद्ध कांग्रेस केन्द्रीय निर्वाचन समितिमा निवेदन दिँदा सुनुवाइ नभएकोले आयोग आउनुपरेको निवेदनमा यादवले उल्लेख गरेका छन्।नेपाली कांग्रेसको विधान विपरीत हुने गरी निवाचित भनिएको चौधरीको सम्बन्धमा कांग्रेस केन्द्रीय कार्यालय र,

कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नगरेबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेश गरेको छु,’ यादवले भनेका छन्।

प्रतिक्रिया