आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रि देउवाको यस्तो घोषणाले देशभर तरङ्ग, के भने त्यस्तो ?

प्रकाशित
0.9K
SHARES

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन्।

उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन्। शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए।

बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की थिए।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन्।

फेब्रुअरी १ मा एमसीसी अनुमोदन गराउन अमेरिकाले म्याद दिएको कुरा प्रधानमन्त्रीले सुनाउनुभयो,’ एमसीसी अध्ययन कार्यदलमा समेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, त्यसभित्र तिमीहरुले गर्‍यौ भने गर्‍यौ

नभए हामी फिर्ता लान्छौं भन्याछन् भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो ।’एक सहभागीका अनुसार बैठकमा शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको थियो। भन्छन्, ‘हिजोको घम्साघम्सी देख्दा त एमसीसीकै कारण गठबन्धन नै टुट्छ कि जस्तो पो देखिन्छ।

उनले एमसीसी पास गर्नैपर्ने भएकाले सहयोग गर्न अरु दलका नेताहरुसँग आग्रह गरे । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत भएनन्।

कार्यदलमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताए ।वाफमा प्रधानमन्त्री देउवाले संसदमा प्रस्ताव पेश गर्ने अडान मात्रै लिएनन।

तपाईंहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् भनेका छन् । ‘प्रधानमन्त्रीज्यू अलिकति दबावमा देखिनुहुन्थ्यो, उहाँले एमसीसी यही अधिवेशनबाट पारित गर्नुपर्छ नत्र भने गठबन्धन टुट्छ भन्नुभयो।

अर्का एक शीर्ष नेताले भने, हामीले पनि एमसीसीमा एमाले अध्यक्ष ओलीसित मिल्नु छ भने मिल्नुस्, पास गर्नुस् । त्यसरी जालझेल गरेर गठबन्धन जोगाउनु पनि छैन भन्यौं।

एक सहभागीका अनुसार बैठकमा शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको थियो। भन्छन्, हिजोको घम्साघम्सी देख्दा त एमसीसीकै कारण गठबन्धन नै टुट्छ कि जस्तो पो देखिन्छ।

गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन्। माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो।

‘अब संसद बैठक १० दिन स्थगित गरौं, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के के हुँदो रैछ हेरौँ भनेर हामीले संसद बैठक १० दिन पछि सार्‍यौं’ एकीकृत समाजवादीका नेता खनालले भने।

उनले यही अवस्थामा एमसीसी अनुमोदन नहुने पनि बताए। एमसीसीमा यत्राविधि आपत्तिजनक कुरा छन्, नसच्चिएसम्म अनुमोदन हुँदैन, खनालले अनलाइनखबरसित भने।

बालुुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धन टुट्दा आउँदै गरेको चुनावमा आफैंलाई घाटा पर्ने सम्भावना देखेका छन्, त्यसले एमसीसी पनि अनुमोदन गराउने र स्थानीय निर्वाचनसम्म गठबन्धन पनि जोगाएर जाने पक्षमा छन्।

‘यो पार्टी पार्टीको कुरै होइन, नेताहरुले गर्दा नमिलेको मात्रै हो, बालुवाटार स्रोतले भन्यो, एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादीका नारायणकाजी श्रेष्ठमात्रै अलिकति लचक भए धेरै कुरा मिल्छ।

श्रेष्ठ र खनाल दुबै, सत्ता गठबन्धनले बनाएको एमसीसी परियोजनाबारे अध्ययन गर्न बनेको कार्यदलमा छन्। दुई नेता गठबन्धन जोगाउने शर्तमा एमसीसी अनुमोदन गर्न तयार भए भने संसदबाट संकल्प प्रस्ताव पारित गर्न प्रधानमन्त्री देउवा सहमत छन्।

देउवाले आइतबार विहान पनि श्रेष्ठ र खनालसँग एमसीसी अनुमोदन गर्ने विषयमा नै संवाद गरेका थिए। तर दुबै नेताबाट सकारात्मक जवाफ नपाएकाले प्राधनमन्त्री देउवाले एमालेको साथ लिएर भएपनि एमसीसी अनुमोदन गराउन छलफल थालेको निकट नेताहरुको भनाइ छ।

२९ असारमा प्रधानमन्त्री भएपछि एमसीसी अनुमोदन गराउन देउवाले यो तेस्रो जमर्काे गरेका हुन्। यसअघिका दुबै प्रयास गठबन्धनका नेताहरुकै असहमतिका कारण सम्भव हुन सकेको थिएन।

त्यसपछि देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेका थिए। त्यतिखेर ओलीले सत्ता गठबन्धन तोड्ने शर्तमा एमसीसी अनुमोदन गराउन तयार भएको बताएका थिए। यो पटक भने देउवाले त्यस्तो वचन पाइनसकेको जानकारहरु बताउँछन्।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग एउटा सर्त राखेका छन्। प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका देउवासँग गठबन्धन बनाएर चुनावमा जानपर्ने सर्त राखेका हुन्।

यो सर्तमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएका छन्। वैशाखमै स्थानीय तहको चुनाव गर्ने हो भने गठबन्धनलाई कायमै राखेर चुनाव लड्नुपर्ने उनीहरुको सर्त छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रचण्ड र नेपालले देउवासमक्ष यस्तो प्रस्ताव राखेका हुन्। वैशाखमै स्थानीय तहको चुनाव हुनुपर्छ भन्ने हाम्रो पनि चाहना हो।

प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘हामी चुनावका लागि तयार छौं, तर गठबन्धनलाई कायमै राखेर चुनाव लड्नुपर्छ। त्यसो भएदेखि चुनाव जहिले भएपनि गर्न सकिन्छ।

कांग्रेसकै नेताहरूले देउवालाई गठबन्धन नगर्न सुझाव दिइरहेका बेला प्रचण्डले अर्थपूर्ण हिसाबले बैठकमा यस्तो प्रस्ताव राखेका हुन्। प्रचण्डले यो प्रस्ताव राखेपछि नेपालले ‘हो’ भन्दै सहमति जनाएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव भने केही बोलेनन्।

प्रचण्ड र नेपालका तर्फबाट यस्तो शर्त आएपछि देउवाले आफ्नो पार्टीभित्र छलफल गरेर टुंगो लगाउने बताए। बैठक लगत्तै देउवा आफूनिकट नेताहरूसँग परामर्शमा छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन्।

राजधानीमा आयोजित नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु चुनावबाट भाग्न खोजेको नभइ जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको बताएका हुन्।

तर उनले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम हुनपर्नेमा जोड दिए। एमालेले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने– हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन्।

उनले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरे । शनिबार गठबन्धनको बैठकमा सहभागी कांग्रेस नेताहरुले गठबन्धन निर्वाचनसम्म नै कायम रहने आश्वासन दिएको र प्रधानमन्त्री शेरबहादुर देउवासमेत त्यसमा सकारात्मक रहेको बताए।

प्रतिक्रिया