आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवा चुनाव गराउन अघि बढेपछि प्रचण्ड-माधब तनावमा

प्रकाशित
684
SHARES

काठमाडौं। स्थानीय तह निर्वाचन सम्बन्धी ऐनलाई संसोधन गर्दै निर्वाचन टार्ने प्रस्तावमाथि छलफल चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ प्रस्ताव अघि बढाएका छन्।

जसले गठबन्धनमा आवद्ध दलहरुलाई झस्काएको मात्रै छैन, चुनाव टार्ने विकल्पमाथि समेत ब्रेक लाग्ने देखिएको छ ।समयमै निर्वाचनबाहेकका सबै विकल्प गैरसंवैधानिक ठहर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एकाएक युटर्न लिए।

स्थानीय तहको निर्वाचन धकेल्न गठबन्धनमा ऐन संसोधनबारे छलफल चलिरहेका बेला देउवाले ऐन संसोधन नगर्ने बरुतत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेपछि गठबन्धनसम्बद्ध अन्य दललाई सरप्राइज मिलेको छ।

त्यतिमात्र होइन, संविधान र ऐनको छिद्र देखाएर निर्वाचन सार्न प्रस्ताव गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल देउवाको प्रस्तावले झस्किएका छन्।

तथापी देउवाको प्रस्ताव सँगै उनीहरुको बोली पनि फेरिएको छ। यसअघि बैशाखमा कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्न नहुने नेपालको अडान थियो।

बरु चुनाव धकेल्दै तीनै तहको निर्वाचन एकैपटक गर्ने प्रस्तावमाथि जोड दिइरहेका उनी अहिले बैशाखमै निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताउन थालेका छन्।

यसलेमाधव–प्रचण्डलाई फकाएरै देउवा ऐन संसोधन नगर्ने मनासायमा पुगेको बुझ्न कठिन छैन। यसका लागि देउवाले माधव–प्रचण्डलाई चुनावसम्मै गठबन्धन लैजाने गरि आश्वस्त पारेका स्रोतको भनाइ छ।

किनकि स्थानीय तहको निर्वाचन पहिला भए गठबन्धन नरहने डर माधव–प्रचण्डलाई छ। तर देउवाको युटर्नका पछि राष्ट्रपतिको भूमिका पनि निर्णायक बनेको छ।

बिहिबारमात्रै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। भेटमा ऐन संसोधन गरि चुनाव सार्ने काम नगर्न भण्डारीले सात बुँदे लिखित आग्रह नै थमाएकी थिइन्।

राष्ट्रपति लिखित रुपमै एन संशोधनको विरुद्ध उत्रिएपछि शनिबार बसेको गठबन्धन बैठकले त्यसको आलोचना गरेको छ। तर राष्ट्रपतिसहित प्रतिपक्षी नेकपा एमालेलगायतका राजनीतिक दल, निर्वाचन आयोग र आफ्नै पार्टीभित्रको दबाबका कारण देउवाले,

वर्तमान संविधान र ऐन संसोधनको झण्झटमा फस्नुभन्दा समयमै निर्वाचनको प्रस्ताव गरेका हुन् ।देउवाको प्रस्तावले प्रमुख प्रतिपक्षी एमालेलाई भने खुशी तुल्याएको छ।

वैशाखमै स्थानीय तहको चुनाव हुँदा सत्ता गठबन्धनमा गडबड हुने र त्यसको राजनीतिक फाइदा आफ्नो पार्टीलाई मिल्ने एमाले नेताहरुको बुझाइ छ। किनकि गठबन्धन तलमाथि भए।

आफुले जित्नु भन्दा एमालेलाई हराउनु उद्देश्य बनाएका प्रचण्ड–माधव अफ्ठेरोमा पर्नेछन्। देउवाको प्रस्तावपछि प्रचण्ड–माधव मात्रै नभएर काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि झस्कीएका छन्।

गत निर्वाचनमापराजित उनी संसदीय निर्वाचन पहिला गरेर गठबन्धनकै बलमा चुनाव जित्ने तयारीमा थिए। अर्का नेता कृष्णप्रसाद सिटौलाको आडभरोशा पनि गठबन्धनमै अड्किएको छ।

तर चौतर्फि दबाबपछि देउवाले तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेसँगै चुनावी बहस नयाँ मोडमा पुग्नेमात्रै होइन, हाललाई चुनाव टार्ने प्रस्तावमाथिसमेत ब्रेक लाग्ने देखिएको छ।

प्रतिक्रिया