एजेन्सी। पूरै विश्वको ध्यान यतिबेला यो कुरामा छ कि युक्रेनका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चाहना के हो ? संघर्ष बढ्न सक्ने आशंकामा अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई बाहिर निकालिरहेको छ।
तर, रक्षा विशेषज्ञ जोनाथन मार्कस भने यो संघर्ष पहिले नै सुरु भइसकेको हुन सक्ने मान्छन्। अहिले सबैतिर रुस र युक्रेनबीच यु’द्ध हुन्छ ? के रुसले युक्रेनमाथि आ’क्र’म’ण गर्छ ? के राष्ट्रपति पुटिन हरेक अवस्थामा यु’द्ध चाहन्छन् वा कूटनैतिक बाटोबाट शान्तिसम्म पुग्न सकिन्छ ?
जस्ता प्रश्न छन्। तर, रुसका राष्ट्रपति पुटिनको दिमाग कसैले पढ्न सक्दैन। यस्तोमा रुस र युक्रेनबीच यु’द्ध सुरु भएको कसरी थाहा हुन्छ ? रक्षा विशेषज्ञ जोनाथन मार्कसका अनुसार जवाफ सीधा छ।
युक्रेनको सीमा पार गर्दै रुसका ट्यांक वा ठूलो मात्रामा रकेट ब्यारेज वा युक्रेनका अड्डामा रुसी हवाइ आक्रमणले सं’क’ट बढेको र संघर्ष नयाँ चरणमा पुग्न सक्ने दर्शाउँछन्।
मार्कसका अनुसार निसन्देश यु’द्ध सुरु भएपछि पहिले अलर्ट युक्रेनको सेनाबाट नै आउनेछ। तर पश्चिमी देशका स्याटेलाइट र खुफिया सूचना जम्मा गर्ने एयरक्राफ्टले पनि एक भीषण आ’क्र’म’ण’को तयारीको बारेमा राम्रोसँग जानकारी दिन सक्छन्।
अमेरिकास्थित सेन्टर फर नेवल एनालिसिसमा रुसी सेनाका विशेषज्ञ माइकल कोफम्यानका अनुसार आगामी समयमा हमलाको स्पष्ट संकेत देखिनेछ। यु’द्ध सुरु भइसकेको छ भन्ने कुरा कसरी थाहा पाउने भन्ने प्रश्नमा माइकल भन्छन्।
पहिलो संकेत सैनिकको संख्यामा वृद्धि हुनेछ। अहिले सीमामा सैन्यबलको तुलनामा भारी उपकरण तैनाथ गरिएका छन्। यसका अलावा अन्य संकेत सैन्य बल हरेक तर्फ फैलिनु, सहायक उपकरण ल्याइनु, फिक्स्ड विंग र रोटरी एभिएसनमा परिवर्तन हुन सक्छ।
रक्षा विशेषज्ञ मार्कसका अनुसार यो प्रश्नको जवाफ अर्को तरिकाले पनि दिन सकिन्छ। यसको लागि हामी पछाडि जानुपर्छ र युक्रेनविरुद्ध रुसी अभियानलाई राम्रोसँग हेर्नु आवश्यक हुन्छ। हामीले मस्कोसँग उपलब्ध पूरै टुलकिटलाई हेर्नुपर्छ।
र यो आंकलन गर्नुपर्छ कि यसको प्रयोग कसरी गरिँदैछ। र, त्यसपछि जब तपाइँ सोध्नुहुन्छ कि हामीले संघर्ष सुरु भइसकेको कसरी थाहा पाउने ? यसको जवाफ संघर्ष पहिल्यै सुरु भइसक्यो’ भन्ने पनि हुन सक्छ।
रुसले पहिले नै युक्रेनको हिस्सा रहेको क्रिमिया कब्जा गरिसकेको छ यसका अलावा रुसले डोनबास क्षेत्रमा किभ विरोधी विद्रोहीहरुलाई सहयोग पनि गर्छ। खासमा २०१४ मा युक्रेनी सेनाविरुद्ध रुसले पठाएका बख्तरबन्द र मेसिकीकृत इकाइहरुले नै रुस समर्थक किभ विद्रोहीहरुलाई हारबाट बचाएका थिए।
त्यतिबेलादेखि नै छिटफुट लडाइ जारी छ। त्यहाँ सबै पक्ष एक अन्तर्राष्ट्रिय शान्ति प्रयासको समर्थन गर्ने मानिन्छ तर यस दिशामा निकै कम प्रगति भएको छ। यो सैन्य दबाबको अलावा भारी संख्यामा सैन्य तैनाथीको पनि खतरा छ।
युक्रेनको सीमा आसपास रुसी लडाकु फर्मेसनको निर्माण असाधारण छ। यसमा बेलारुसका बलको महत्वपूर्ण तैनाथी पनि समावेश छ। बेलारुसको सीमा पनि युक्रेनसँग जोडिन्छ। यो युक्रेनको राजधानी किभतर्फ आ’क्र’म’ण’को लागि नजिकको विन्दु बन्न सक्छ।
आसपासका देशका सीमामा सैन्य तैनाथीलाई रुसी प्रवक्ता एक सामान्य अभ्यास बताउँछन् र यो कसैलाई चेतावनी दिनको लागि नगरिएको बताउँछन्। तर, जुन परिमाणमा यहाँ सैन्य टुकडीहरु तैनाथ गरिएका छन्।
र जसरी यिनीहरुलाई सहायता पुर्याइएको छ त्यसबाट थाहा हुन्छ कि यो नियमित युद्धाभ्यास भन्दा कैयौं अधिक छ। विश्लेषक उपग्रह तस्वीरको माध्यमबाट यो सैन्य बल तैनाथीमा निगरानी गरिरहेका छन्।
इन्टरनेटमा रहेका मोवाइलबाट बनाइएका कैयौं भिडियोमा युक्रेन वा बेलारुसतर्फ उपकरणले भरिएका ट्रेनहरु गइरहेको देखिएका छन्। सामाजिक संजालमा पोस्ट भइरहेका सामग्रीको आंकलन र सीमामा भारी मात्रामा पुगिरहेका सैन्य साजोसामानबाट यहाँ के चलिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ।
मस्कोले भलै जेसुकै भनोस् तर युक्रेन र उसका मित्र पश्चिमी देशका लागि चिन्ता गर्ने एक भन्दा धेरै कारण छन्। एकतर्फ रुसले आफूले यु’द्ध’को तयारी नगरेको बताउँदै आएको छ तर धेरै हदसम्म यु’द्ध’को तयारी गरिरहेको छ।
यत्तिकै महत्वपूर्ण कुरा रुससँग पेश गर्नको लागि एक अलग कहानी छ। यो यस्तो कहानी छ जहाँ पीडित युक्रेन होइन बरु खतरा रुसलाई छ। यो अमेरिकालाई दिइएका ती दस्तावेजको सार हो जो नेटोको विस्तार रोक्न चाहन्छन्।
र केही मानकमा मस्कोको लागि प्रभावको एक नयाँ क्षेत्र बनाउन चाहन्छन्। रणनीतिक र अन्य हतियार प्रणालीका विषयमा छलफल जस्ता रुसका चिन्ताहरुलाई केही पक्षमा राम्रो विचारको रुपमा हेरिएको छ तर यसबाट नेटोको विस्तारमा कुनै परिवर्तन हुने सम्भावना छैन।
र सम्भवतः रुसलाई पनि यो राम्रोसँग थाहा छ। तर, रुसको कहानीको अर्को उद्देश्य पनि छ। यो त्यो कहानी हो जसको माध्यमबाट रुस युक्रेनका विषयमा जारी चर्चाहरुलाई एक दिशा दिने कोसिस गरिरहेको छ।
रुसी टुलबक्सका विषयमा अर्को आशंका पनि छ। साइबर हमला र विध्वंश। उदाहरणको लागि सम्भव छ कि युक्रेनमाथि साइबर हमला गरिएको होस्। एक हप्ता पहिले ठूलो संख्यामा सरकारी वेबसाइटलाई निशाना बनाइएको थियो।
यद्यपि यो आ’क्र’म’ण कताबाट गरिएको थियो भन्ने स्पष्ट छैन। हालै बेलायतले पनि मस्कोले किभमा नयाँ सरकार बनाउनको लागि केही मानिस छानेको दावी गरेको थियो। तर, यो आशंका मात्र हो र यसमा रुसको हात भएको कुनै प्रमाण छैन।
माइकल कोफम्यानका अनुसार साइबर आ’क्र’म’ण रुसी आ’क्र’म’ण’को अहम हिस्सा हुन सक्छ किनकि रुस सैन्य आ’क्र’म’ण सफल पार्न मुख्य आधारभूत संरचनालाई पंगु बनाएर युक्रेनको क्षमतालाई बाधित गर्न सक्छ।
जब रुसले क्रिमियामाथि कब्जा गरेको थियो त्यतिबेला ‘हाइब्रिड’ र ‘ग्रे जोन वारफेयर’ को चर्चा निकै भएको थियो। यसमा भाग लिनेहरुले वर्दी त लगाएका थिए तर त्यसमा कुनै सेनाको कुनै प्रतीक थिएन।
तर, यसमा कुनै शंका छैन कि ती सैनिक नै थिए। र, क्रिमियामा पहिले जस्ता सैन्य अभियान चलाइन्थे त्यस्तै किसिमबाट कब्जा गरिएको थियो, न कि कुनै गुप्त अभियानबाट। मौजुदा हालत ग्रे जोन यु’द्ध’को अवस्था जस्तै देखिन्छ अर्थात जहाँ थाहा हुँदैन कि त्यहाँ यु’द्ध छ वा शान्ति।
तर, पश्चिमका कुराहरुलाई यसरी हेरिँदैन। रुसी सेनाले यस्तो नीतिमा महारथ हासिल गरेको छ जहाँ यु’द्ध र शान्ति एकसाथ देखिएको प्रतीत हुन्छ। जहाँ अलग अलग समयमा अलग अलग तरिकाको प्रयोग गरिन्छ।
कहिले पालैपालो त कहिले एकसाथ। यद्यपि ती सबैको रणनीतिक लक्ष्य एउटै हुन्छ। र त्यसैले भन्नुपर्छ कि संघर्ष सुरु भइसकेको छ। अब हेर्नुपर्ने कुरा यो हो कि रुसी राष्ट्रपति यो ग्रे जोनको स्थितिलाई कहिलेसम्म तान्न चाहन्छन्।
प्रतिक्रिया