आज : गते

ताजा शिर्षकहरु

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई शीलतनिवास बोलाएर सातो लिएपछि देउवाले चाले यस्तो कदम

प्रकाशित
1.3K
SHARES

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको भोलिपल्ट नेकपा माओवादी केन्द्रका,

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता गरेका छन्। प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका।

राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, उपयुक्त निर्णय गर्छ भनें।

प्रधानमन्त्री देउवाले चुनावबारे सबैसँग सरसल्लाह भइरहेको राष्ट्रपतिलाई बताएको ढकालले जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्रीज्यूले साथीहरुसँग सल्लाह गरेर निर्णय लिन्छु भन्नुभएको छ।

निर्वाचन आयोगले वैशाखमै चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ। तर, सत्ता गठबन्धनले भने स्थानीय चुनावलाई आगामी हिउँदमा सार्ने तयारी गरिरहेको छ।

निर्वाचन आयोग र विपक्षी दल नेकपा एमालेले समेत वैशाखमै स्थानीय चुनाव हुनुपर्ने बताइरहेका बेला विहीबार राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर संविधान र कानून सम्झाएकी हुन्।

शीतलनिवासको भेटपछि प्रधानमन्त्री देउवालाई भेटेका एक मन्त्रीले भने, ‘कार्यकाल सकिएपछि मात्रै चुनाव हुने संविधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर वैशाखमै चुनाव गर भन्नु शीतलनिवासको हस्तक्षेप हो भन्ने हाम्रो बुझाइ छ।

यता बालुवाटारमा आज सत्तारूढ गठबन्धनका तीन नेताबीच छलफल भएको हो। समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेता छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

सत्तागठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ।

तर संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्। तेस्तै, राष्ट्रिय जनमोर्चाले एमाले र राजावादी मिलेर गणतन्त्र समाप्त पार्ने खतरा बढिरहेको बताएका छ ।

अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केपी शर्मा ओलीका हरेक क्रियाकलापलाई गणतन्त्रविरोधी शक्तिहरुबाट समर्थन प्राप्त हुनुले त्यसलाई पुष्टि गरेको बताएका छन्।

२०६२र६३ सालका उपलब्धिहरुलाई समाप्त गर्नका लागि बेग्लाबेग्लै धाराबाट प्रयास भइरहेको उले उल्लेख गरेका छन्। एकातिर राजावादी शक्तिहरुले गणतन्त्रलाई समाप्त गर्नका लागि प्रयत्न गरिरहेका र,

अर्कोतिर ओलीका हरेक क्रियाकलापलाई गणतन्त्र विरोधी शक्तिहरुबाट समर्थन प्राप्त रहेको केसीले बताएका छन्। प्रतिगमनका लागि यी दुईटै धारा एक आपसमा मिल्ने खतरा बढिरहेको उनले उल्लेख गरेका छन्।

अर्कोतर्फ चुनावमा बहुमत ल्याएर संविधान संशोधन गरेर गणतन्त्रको नाममा देशमा फासीवाद कायम गर्न षड्यन्त्र भइरहेको छ। यस प्रकारको विषम राजनीतिक परिस्थितिमा

प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरुमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छौुं, विज्ञप्तिमा भनिएको छ।

प्रतिगमनका विरुद्ध पाँच दलीय गठबन्धनको आन्दोलन तथा सर्वोच्चको फैसलाद्वारा तत्कालीन ओली सरकारको पतन भएपनि देशमा प्रतिगमनको खतरा कायमै रहेको राजमोले बताएको छ।

त्यसकारण पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने र त्यसो गर्न सके मात्र प्रतिगमनलाई परास्त गर्न सहयोग पुग्ने उसको भनाइ छ। जनमोर्चाको यही मान्यतालाई बुधबार सम्पन्न राष्ट्रिय सभाको,

निर्वाचनको परिणामले व्यवहारमा नै सही साबित गरेको केसीले बताएका छन्। राष्ट्रिय सभाको निर्वाचनमा एमालेको पराजयले हाम्रा उम्मेदवार विजयी हुनुका साथै प्रतिगमनलाई परास्त,

गर्न तथा गणतन्त्रको रक्षाको संघर्षलाई समेत सहयोग पुगेको छ। अहिलेको निर्वाचनमा देखिएको परिणामलाई सामान्य अवस्थामा चुनावमा हुने हार वा जितको रुपमा मात्र हेर्नु सही हुने छैनु, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ