आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मंगल ग्रहमा अनुमान गरेभन्दा अघि नै पानीको संकेत भेटिएको नासाको दाबी

प्रकाशित
451
SHARES

एजेन्सी। मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरुले बताएका छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा दुई अर्बदेखि साढे दुई अर्बभन्दा अगाडि नै पानी रहेकाे प्रमाण भेटिएको वैज्ञानिकहरुले बताएका हुन्।

यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र तालहरु भएको प्रमाण भेटिएको वैज्ञानिकहरुले दाबी गरेका थिए। ग्रहको वायुमन्ड पातलो हुँदै जाँदा पानी बाफ बनेको र जमेको मरुभूमि बनेको थियो।

मंगल ग्रहमा भएको प्रारम्भिक पानीको ३० देखि ९९ प्रतिशत पानी खनिजभित्र फँसेको थियो। मंगल ग्रहको व्यास चार हजार २२० माइल्स ६,७९१ किलोमिटर छ। जबकी पृथ्वीको व्यास सात हजार ९२६ माइल्स १२ हजार ७५५ किलोमिटर छ।

नासाको मार्स रिकोननाइसेन्स अर्बिटर एनआरओ अनुसार मंगलमा भएको जेरो क्रेटरमा प्राचीन नदी रहेको र त्यसले मंगल ग्रहमा जीवनको अस्थित्व रहेको संकेत गर्छ।

चीनमा बेइजिङनजिकैको क्षेत्रमा लकडाउन गरिएको छ। कोभिड संक्रमित देखिएपछि यसै साता चीनको राजधानीबाट १०० किलोमिटर दक्षिण पश्चिममा रहेको सियोंगान न्यु एरियामा अधिकारीहरुले लकडाउन घोषणा गरेका हुन्।

करिव १२ लाख जनसंख्या भएको सो क्षेत्र चीनको नयाँ आर्थिक क्षेत्र हो। त्यहाँका वासिन्दालाई घरबाहिर निस्कन वा त्यस क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको स्थानीय भाइरस रोकथाम कर्मचारीले एएफपीलाई बताए।

चीनमा हालसालै गरिएका लकडाउनलाई सार्वजनिक रुपमा घोषणा र सरकारी सञ्चार माध्यमले वृहत रिपोर्ट गरेपनि सियोंगानको प्रतिबन्ध विना सूचना लगाइएको र त्यसले त्यहाँका केही वासिन्दामा दुविधा सृजना गरेको प्राप्त विवरणहरुमा जनाइएको छ।

जापानमा सन् २०११ मा फुकिशिमा आणविक भट्टी पग्लिएपछि निस्किएको विकिरणका कारण आफूहरुलाई थाइराइड क्यान्सर भएको भन्दै ६ जना युवाले सो भट्टीविरुद्ध मुद्दा दायर गरेका छन्।

उनीहरुले भट्टी संचालक टोकियो इलेक्ट्रिक पावर कम्प्नी टीइपीसीओमाथि कारबाही गर्नसमेत माग गरेका छन्। बिहीबार युवाहरुका तर्फका वकिलहरु टोकियो जिल्ला अदालतमा पुगेका थिए।

भट्टीविरुद्ध मुद्दा दायर गर्ने क्रममा अदालतमा युवाहरुको पक्षमा फुकिशिमाका दर्जनौ मानिस उपस्थित भएका थिए। मानिसको स्वास्थ्यमा असरलाई लिएर आणविक भट्टीविरुद्ध पहिलो पटक मुद्दा हालिएको हो।

सन् २०११ को मार्च ११ मा फुकुशिमामा शक्तिशाली भूकम्पपछिको सुनामीले आणविक भट्टी पग्लिँदा सो क्षेत्रमा मानिसहरु प्रभावित भएका थिए। अदालतमा मुद्दा दायर गर्ने क्रममा पीडितसहित सो क्षेत्रमा प्रभावित अन्य व्यक्तिहरु पनि उपस्थित थिए।

विकिरणका कारण क्यान्सर भएका ६ जनाकै थाइराइड ग्रन्थीको शल्यक्रिया भएको उनीहरुका वकिलले बताएका छन्। पीडितले ६१ करोड ६० लाख जापानी यन क्षतिपूर्ति माग गरेका छन्।

विकिरणका कारण फुकिशिमाको मानिसमा स्वाथ्यसम्बन्धी प्रत्यक्ष कुनै समस्या नभएको एक वर्षअघि राष्ट्रसंघको विज्ञहरुको एउटा टोलीले निस्कर्ष निकालेको थियो।

प्रतिक्रिया