आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एक्लियो अमेरिका, चीन पनि खम्बाझै उभियो रुसकै समर्थनमा

प्रकाशित
470
SHARES

एजेन्सी। युक्रेन संकटमा अमेरिका अब एक्लो भएको छ। अमेरिकालाई चीनको साथ मिल्ने आशा अब समाप्त भएको छ। चीन अब रुसको पक्षमा खडा भएको छ। रुसको समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयले भनेको छ।

उचित सुरक्षा चिन्तालाई गम्भीरतापूर्ण रुपमा लिन आवश्यक छ र समस्याको समाधान निकाल्न आवश्यक छ। अमेरिकी विदेश विभागले बिहीबार भनेको छ, विदेशमन्त्री एन्टनी ब्लिंकनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको कुराकानीमा,

युक्रेनप्रतिको रुसको आक्रामकताबाट विश्वव्यापी सुरक्षा र आर्थिक जोखिम पैदा हुनेछ बताएका छन्। ब्लिकनले चिनियाँ विदेश मन्त्रीसँग भने, संकट समाधान गर्ने एक मात्र तरिका भनेको डी–एस्केलेशन एण्ड डिप्लोमेसी थियो।

अमेरिकाले बारम्बार चेतावनी दिँदै रुसले युक्रेन​को सीमामा आक्रमण गर्ने उद्देश्यका साथ १ लाख भन्दा बढी सैनिकलाई राखेको बताएको छ। यद्यपि, राष्ट्रपति पुटिनले यो आरोप लगातार खण्डन गर्दै आएको छ।

उनले रुसी सेना देशभित्र जहिले पनि हिँड्डुल गर्न पाउने बताएका छन्। रुसले गत महिना संयुक्त राज्य अमेरिका र नेटोलाई एक सुरक्षा दस्तावेज पठाएको थियो।

जसमा उनीहरुलाई युरोपेली सैन्य गठबन्धनमा युक्रेन​को भागिदारीको ठोकुवा गर्दै रुसको पूर्वी क्षेत्रमा आफ्नो सीमाको विस्तार नगर्न निर्देश गरिएको थियो। यद्यपि, बाइडेन प्रशासनले कुटनीतिक समाधानको कुरा गर्दै रुसको सुरक्षा मागलाई खारेज गरिदिएका थिए।

ब्लिंकनले युक्रेनका लागि भविष्यको सदस्यतामाथि नेटोको बिचार स्पष्ट गर्दै भनेका छन्, हाम्रो दृष्टिकोणबाट म यो भन्दा बढी स्पष्ट पार्न सक्दिन। नेटोको ढोका खुला छ, खुलै रहनेछ र यही हाम्रो प्रतिबद्धता हो।

तेस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक सिद्ध हुने चेतावनी दिएका छन्। युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको,

सम्बोधनमा प्रधानमन्त्री जोन्सनले यूक्रेनमाथि हमला गरेमा रूसमाथि बेलायतले आर्थिक नाकाबन्दी गर्ने चेतानी दिएको बीबीसीले उल्लेख गरेको छ।सम्बोधनकै क्रममा उनले बेलायतले विभिन्न रक्षात्मक हतियारहरू,

यूक्रेनमा पठाइरहेको भन्दै यूक्रेनी नागरिकको रक्षाका लागि बेलायत उभिएको बताए। विभिन्न जासुसीका अनुसार युक्रेन-रूस सीमाक्षेत्रमा रूसी सेनाका ६० समूह छन्‚ जसले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने योजना बनाइरहेका छन्।

प्रधानमन्त्री जोन्सनले भने। यस्तै उता बुर्किना फासोमा सेनाले कु गरेको छ। राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ।

सेनाले देशको सीमा बन्द गर्दै उचित समयमा ‘संवैधानिक आदेशमा फर्किने बाचा गरेको छ। यसअघि सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको, संविधान निलम्बन गरिएको।

र सरकार तथा विद्यायक सभा विघटन गरिएको जनाएको थियो। देशको सुरक्षा अवस्था बिग्रदै गएको र राष्ट्रपति काबोरले पश्चिमी अफ्रिकालाई एकबद्ध गर्न असफल भएको तथा मुस्लिम लडाकुका गतिविधि,

नियन्त्रण गर्न नसकेको सेनाले आरोप लगाएको छ। लेफ्टिनेन्ट कर्नेल पाउल हेनरी सान्दाओगो दामीबाले हस्ताक्षर गरेको घोषणालाई सेनाका अधिकारीले त्यहाँको राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गरेका थिए।

सेनाको कदम शान्तिपूर्ण भएको र पक्राउ गरिएकालाई सुरक्षित क्षेत्रमा राखिएको घोषणामा जनाइएको छ। सेनाले सरकार अपदस्त गर्नुअघि राजधानी सहरमा हिंसात्मक गतिविधि भएका थिए।

प्रतिक्रिया