आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेका चर्चित नेताहरु सामूहिक राजीनामा दिदै, को हुन् उनि ?

प्रकाशित
1.5K
SHARES

काठमाडौं। उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी एमालेमा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ। श्रोतका अनुसार राजीनामाको तयारी बारे छलफल भैरहेको छ।

उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन्।

अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन्। यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन्।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ।

उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ। पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन। दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं।

पदीय मर्यादाक्रमसमेत मिलेको छैन। हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ। पूर्वमाओवादीबाट एमालेमा आएका हामीलाई सोपिसका रूपमा मात्रै राखिएको छ।

यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो, असन्तुष्टमध्येका एक पदाधिकारीले भने। पदबाट राजीनामा दिने निष्कर्षमा पुगिसकेका उनीहरूले पार्टी भने तत्काल नछोड्ने जनाएका छन्।

तत्कालका लागि एमालेमै बस्ने तर अहिलेको जिम्मेवारीबाट राजीनामा दिनेमा सबैको एकमत रहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोरोना संक्रमित हुनुभएकाले छलफल गर्न पाएका छैनौं।

पार्टी अध्यक्षसँग आगामी दिनमा हुने छलफलबाट हाम्रो आगामी यात्रा तय हुने छ, माग पूरा नभएको अवस्थामा हामी सबै जना आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिन्छौं, असन्तुष्ट ती पदाधिकारीले भने।

उपाध्यक्षमा निर्वाचित थापा तत्कालीन नेकपाको सचिवालयमा रहेका थिए। तर, तत्कालीन नेकपाको सचिवालयमा नरहेका त्यसबेलाका स्थायी कमिटी सदस्यद्वय हाल एमाले उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यभन्दा वरीयतामा तल राखिएकोमा थापाको असन्तुष्टि छ।

उनलाई अहिलेसम्म पार्टीले ठोस जिम्मेवारीसमेत दिएको छैन। सचिव रायमाझीले पनि आफूभन्दा जुनियरलाई माथिल्लो वरीयतामा राखेर आफ्नो अपमान गरिएको गुनासो गर्दै आएका छन्।

रायमाझीले महाधिवेशनमा उपाध्यक्षको दाबी गरेका थिए। तर, सहमतिको नाममा उनलाई सचिव बनाइएको थियो। तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रकारको एकतामा केन्द्रित भएका छन्।

उनले पूर्वमाओवादीलाई एक ढिक्का बनाउने प्रयास थालेका छन्। जसको खुलासा यसै हप्ता गरिसकेका छन्। प्रचण्डले पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण, गोपाल किराँतीलगायतसँग एकताको पहल थालेका हुन् ।

प्रचण्डले सबै सँग एकताका लागि छलफल बढाएका छन्। उनले काभ्रेमा बोल्दै यसै हप्ता भने, हाम्रो छलफल चलिरहेको छ। विप्लवजी, किरणजीसँग छलफल चलिरहेको छ। बाबुराम र उपेन्द्रजीसँग गठबन्धनमा छौं।

मोहनविक्रम सिंहसँग छलफल चलिरहेको छ। छिट्टै एउटा केन्द्र बनाउन लागेको समेत बताए। अहिले प्रचण्डले एकता गर्न खोजेको शक्तिहरु सबै कडापन्थी कम्युनिस्टहरु हुन्। उनीहरुलाई समेटेर उनी बलियो शक्ति बन्नेतर्फ बढ्न खोजेका छन्।

त्यसमा जसपलाई पनि समेट्ने उनको रणनीति देखिन्छ। जसपासँग कम्तिमा चुनावी कार्यगत एकता प्रचण्डको उद्देश्य देखिन्छ। सुरुमा पूर्वमाओवादी मिलाउने र त्यसपछि मोहन विक्रम सिंहलगायतसँग पनि मिलेर जाने उनको योजना देखिन्छ।

बाबुराम भट्टराई र उपेन्द्र यादव पनि विगतमा माओवादीसँग जोडिएका हुन्। यसकारण पनि प्रचण्ड पूर्वमाओवादीलाई मिलाएर जान खोजिरहेका छन्। माओवादी विगतमा एकढिक्का हुँदा सशस्त्र जनयुद्धबाट शक्ति आर्जन गरेको थियो।

शान्ति प्रक्रियामा आएपछि माओवादीले पहिलो संविधानसभा चुनावमा उल्लेख्य सफलता हासिल गरेको थियो। प्रचण्डमा यही अवस्था पुनरावृत्त गर्ने चाहना बढेको देखिन्छ।

प्रचण्डले पछिल्लो समय आफूहरु बहुमत ल्याउने उद्देश्यका साथ लागेको बताएका छन्। उनको यो भनाई अर्थपूर्ण छ। प्रचण्डले विस्तारै विभिन्न कम्युनिस्ट घटकलाई एकढिक्का बनाउँदै जान खोजेका छन्।

कतिपय शक्तिसँग सहकार्यको पहल थालेका छन्। यसबाट उनी महत्वाकांक्षी एकतामा सक्रिय भएको देखिदैछ। तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा प्रतिनिधिसभको अर्ली इलेक्शन गर्ने,

प्रतास्ताव गरेको केही दिनमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७९ चैतमा तीन तहको चुनाव एकैपल्ट गर्ने अभिव्यक्ति दिएका छन्। सत्ता गठबन्धनको घटक दलहरुका नेताले दिएको फरक फरक अभिव्यक्तिले राजनीतिकवृत्तमा तरंग ल्याएको छ।

संविधान अनुसार स्थानीय तहको निर्वाचन वैशाखमा गर्नुपर्ने र प्रतिनिधि सभाको चुनाव २०७९ मंसिरभित्र गरिसक्नुपर्नेबारे निर्वाचन आयोगले जानकारी गराइसकेकोछ ।

नेकपा एमालेले पनि यसलाई आधार मानेर तोकिएको मितिमा चुनाव गर्न दबाब दिइरहेको छ। सत्तारुढ दल नेपाली काँग्रेसभित्र पनि चुनावबारे धारणाहरु आइरहेका छन्। सभापति शेरबहादुर देउवाले आगामी वर्ष तीन तहको चुनाव गर्ने अभिव्यक्ति गरेका छन्।

तर, उनले कहिले चुनाव घोषणा गर्ने बोलेका छैनन्। शेखर कोइराला समूहले स्थानीय निकायको निर्वाचन संविधान अनुसार वैशाखभित्र गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशमान सिंहले पनि यहीबारे बोलेका छन्। तर, देउवा मौन बसेका छन्। चुनाव धकेल्न प्रचण्ड र माधवकुमार नेपाल लागेको स्पष्ट संकेतहरु मिलिसकेको छ। प्रचण्ड स्थानीय चुनाव पछि या,

प्रतिनिधि सभा चुनाव सँगै गर्नेपक्षमा छन्। उनीनिकट कानून व्यवसायीले यही बोली बोलेका छन्। तीन तहको चुनाव मंसिर या चैत्रमा गरेमा प्रधानमन्त्री पद लम्ब्याउन सकिने देउवाको बुझाई देखिन्छ।

यसकारण उनी प्रचण्ड र माधव नेपालको बोलीलाई मौन समर्थन दिइरहेका छन्। चुनाव धकेलेर प्रचण्ड र माधव नेपालले शक्ति सञ्चयको समय लिएको देखिदैछ। उनीहरु एक भएर चुनावमा जाने तयारीमा छन्।

प्रतिक्रिया