आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई देउवाले पठाए गठबन्धन तोड्न तयार रहेको प्रस्ताव

प्रकाशित
892
SHARES

काठमाडौ। नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू गठबन्धन तोड्न तयार रहेको प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन्।

नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा लगायतका दलहरुसँग भइरहेको गठबन्धन अन्त्य गरेर एमालेसँग सहकार्य गर्ने तयार रहेको प्रस्ताव पठाएका हुन्।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग अहिलेको गठबन्धनबाट आफु वाक्क भएको भन्दै गठबन्धन तोड्न तयार रहेको ओलीसँग बताएको दाबी गरिएको छ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले देउवाले ओली समक्ष गठबन्धन तोड्न आफु तयार रहेको बताएको खुलासा गरेका छन्। एक टेलिभिजन अन्तर्वाताका क्रममा एमाले प्रमुख सचेतक भट्टराईले,

देउवाले ओली सँगको भेटमा आफुले अहिलेको गठबन्धन तोड्ने र एमालेलाई सरकारमा आउँन अनुरोध गरेको बताएका छन्। प्रचण्ड र माधव नेपाल जस्ता अस्थिर शक्ति सँग काम गर्न निकै गारो भएको देउवाले बताएको भट्टराईले भनेका छन्।

‘यस्तो अस्थिर शक्ति सँग काम गर्न धेरै गारो भयो ,तपाईले धन्न ३ बर्ष कसरी सरकार चलाउँनु भएछ एमालेले मलाई एक पटक साथ देओस् तपाईहरु सरकारमा आउँनुस् मिलेर काम गरौँ एमसीसी पनि पास गरौँ म प्रचण्ड माधव नेपालहरु सँग गठबन्धन भत्काउँन तयार छु।

यहि वचन ओली सँग देउवाले भनेका थिए। भट्टराईले भनेका छन्। के यो कुरा सत्य हो ? भन्ने प्रश्नमा भट्टराईले ‘म एमालेको प्रमुख सचेतक आधिकारिक मान्छे बोल्दै छु’ भन्ने जवाफ दिएका थिए।

केहि समय अघि एमाले अध्यक्ष ओली निवासमा भएको देउवा र ओली विचको भेटवार्तामा भएका कुराकानी बारे भट्टराईले यस्तो खुलासा गरेका हुन्।देउवाको प्रस्तावमा ओलीले भने अहिले गठबन्धन भत्काएर सरकारमा जाने आफुलाई कुनै रुचि नभएको जवाफ दिएको उनले बताएका छन्।

‘तपाई यहि गठबन्धन सँग काम गर्नुस मलाई गठबन्धन भत्काउँनु पनी छैन ,एमसीसी पास गर्नु पनि छैन ‘भनेर ओलीले जवाफ दिएको भट्टराईले बताएका छन्। एमालेका जिम्मेवार नेताले ओली र देउवा विच भएको भेटवार्ता बारे यस्तो खुलासा गरे पछि राजनितीक वृतमा तरंग गएको छ।

प्रचण्ड र माधव नेपालसँग गठबन्धन नगर्न देउवालाई नेपाली काग्रेस पार्टी भित्रै बढिरहेको दबाव र देउवा स्वयंले ओलीलाई गरेको यस्तो प्रस्तावलाई अर्थपुर्ण रुपमा हेरिएको छ।

तेस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। राष्ट्रपतिको कार्यालय शीलतनिवासमा विहीबार दिउँसो तीन बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री र राष्ट्रपतिबीच के–के विषयमा छलफल भयो भन्नेबारे जानकारी नभएको प्रधानमन्त्री देउवाका निजी सचिव जनक भट्टले बताए। उनले भने, ‘प्रधानमन्त्रीज्यू तीन बजे शीतल निवास जानु भएको हो छ। छलफलको विषय जानकारी छैन।

प्रतिक्रिया