आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मदिरा पिएर उपद्रो मच्चाउने एमालेका चर्चित नेता पक्राउ

प्रकाशित
1.3K
SHARES

काठमाडौँ। मदिरा पिएर उपद्रो मच्चाउने नेकपा एमालेका चर्चित नेता पक्राउ परेका छन्। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका धादिङ ईन्चार्ज दिपक खतिवडा पक्राउलाई प्रहरीले पक्राउ गरेको हो।

बिहिवार, गजुरी गाँउपालिका स्थित् किरान्चोकका स्थानिय नानिराम पराजुलीमाथी कुटपिट गरेको आरोपमा युवा संघका नेता खतिवडालाई प्रहरीले पक्राउ गरेको हो। उता बुधबार साँझ नेकपा एमालेका स्थानिय नेतासमेत रहेका गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतमाथी पनि हातपात भएको थियो।

एमाले गजुरी गाँउपालिका कमिटीका अध्यक्ष माधव भण्डारीद्धारा हस्ताक्षरित् विज्ञप्तिमा अध्यक्ष बस्नेतमाथीको हातपात सुनियोजित् भएको भन्दै दोषीमाथी कारवाहि गर्न समेत माग गरेको छ।

उक्त घटनाप्रति प्रहरीले गोप्य रुपमा छानबिन गरीरहँदा बिहिबार दिँउसो एमाले युवा संघका जिल्ला इन्चार्जसमेत रहेका खतिवडालाई प्रहरीले पक्राउ गरेको हो। खतिवडाले गजुरी गाँउपालिका वडा नं. ७ स्थित् किरान्चोकका स्थानिय नानिराम पराजुलीमाथी कुटपिट गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खतिवडालाई अहिले ईलाका प्रहरी कार्यालय गजुरीमा राखिएको प्रहरी श्रोतले जनाएको छ। खतिवडाले हातपात गरेका पराजुली नेपाली काँग्रेस गजुरी गाँउपालिकाका सहसचिव हुन्, यसअघि उनी नेकपा एमालेमा थिए।

तर गत केहिसमयअघि नेकपा एमाले विभाजित् भएका बखत उनी एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए। सोहि विषयलाई लिएर खतिवडाले पटक पटक धम्क्याउने गरेकोसमेत पराजुलीले बताँउदै आएका थिए।

ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी भावेश रिमालले खतिवडा पक्राउ परेको पुष्टि गरे। ‘झगडा गरेको कारण सोधपुछका लागि ल्याएको हो’ उनले भने,‘अनुसन्धान हुँदैछ। स्रोतका अनुसार खतिवडा मदिराले लठ्ठीएको अवस्थामा छन्।

तेस्तै, राष्ट्रिय सभामा स्पष्ट दुई तिहाइ बहुमत पुर्‍याउने पाँचदलीय सत्ता गठबन्धनको प्रयास विफल भएको छ। र अब सत्ता गठबन्धनलाई राष्ट्रिय सभामा दुई तिहाइ दिने नदिने मनोनीत सांसद वामदेव गौतमको हातमा पुगेको छ।

चारवर्षे कार्यकाल पूरा गरी विदा हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनले सातै प्रदेशमा जित्ने आश राखेको थियो। तर, एमालेलाई ‘क्लिनस्वीप’ गर्ने योजना प्रदेश १ बाट राष्ट्रियसभा सदस्यका एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पाले विफल पारिदिए।

गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी जसपा का हेमराज राईले ४ हजार ३६८ मत पाउँदा एमाले उम्मेदवार शेर्पा ४ हजार ७५२ मतभार प्राप्त गर्दै विजयी भए ।१८ पदमा सत्ता गठबन्धनका उम्मेदवार नै विजयी हुँदा पनि सत्ता गठबन्धनलाई राष्ट्रिय सभामा दुई तिहाइ पुर्‍याउन एक जना सांसद अपुग भएको हो।

५९ सदस्यीय राष्ट्रिय सभामा हाल एमालेका अध्यक्षसहित २४ सांसद छन्। तीमध्ये बुधबारको निर्वाचनसँगै एमालेको ७ वटा सिट घटेको छ। र अब राष्ट्रिय सभामा एमालेका अध्यक्ष सहित १७ जना सांसद रहनेछन्।

गौतमले साथ दिए भने राष्ट्रिय सभामा सत्ता गठबन्धनलाई दुई तिहाइ पुग्नेछ। गौतम मनोनीत सांसद भएकाले उनलाई दलीय ह्वीप लाग्दैन। र उनले दल त्याग गरेको कारणले सांसद पद जाँदैन।

एमाले नेतृत्वकै सरकारको सिफारिशमा मनोनीत भएका दुई सदस्य पनि छन्। वामदेव गौतम र विमला राई पौड्याल। तर, गौतम भने एमालेबाट राजीनामा दिएर बसेका छन्। यसरी राष्ट्रिय सभामा एमालेको पक्षमा खुल्ने प्रष्ट सांसदको संख्या १८ मा सीमित भएको छ।

एमालेसँग गठबन्धन गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि राष्ट्रिय सभा सदस्य छन् । यसरी पाँचदलीय गठबन्धन बाहिरबाट राष्ट्रिय सभामा १९ सांसद छन्। बाँकी ४० मध्ये ३९ सांसद पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट हुनेछन्।

५९ सदस्यीय राष्ट्रिय सभामा दुई तिहाइ पुग्न ३९।३२ प्रतिशत अर्थात् ४० संख्या आवश्यक पर्छ। जुन पाँचदलीय गठबन्धनले पुर्‍याउन सकेन । बाँकी रहेका मनोनीत सांसद वामदेव गौतम कतै खुलेका छैनन्।

एमाले नेता ईश्वरी रिजालका अनुसार गौतमले दिएको राजीनामा स्वीकृत भएको छैन। तथापि, गौतमले आफू एमालेमा नरहेको बताउँदै आएका छन्।५९ सदस्यीय राष्ट्रिय सभामा ७ वटै प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने।

र राष्ट्रपतिबाट तीन सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ। मनोनीत सांसद रामनारायण बिडारी पनि यही फागुन २० गतेबाट बिदा हुँदैछन्।उनी नेकपा माओवादी केन्द्र समर्थित हुन्।

माओवादी केन्द्र सत्ता गठबन्धनको एक घटक भएकाले उनको ठाउँमा गठबन्धनकै तर्फबाट अर्को पात्र सरकारको सिफारिशमा आउनेछन्। यो अवस्थामा गौतमले साथ दिए भने राष्ट्रिय सभामा सत्ता गठबन्धनलाई दुई तिहाइ पुग्नेछ।

गौतम मनोनीत सांसद भएकाले उनलाई दलीय ह्वीप लाग्दैन। र उनले दल त्याग गरेको कारणले सांसद पद जाँदैन। मनोनीत सांसदलाई सरकारले फिर्ता बोलाउने व्यवस्था पनि छैन।

यस्तोमा गौतमको विश्वास जितेर राष्ट्रिय सभामा दुई तिहाइ पुर्‍याउने कसरत गठबन्धनले गर्न सक्छ। त्यस्तोमा गौतमले के निर्णय गर्छन् त्यसकै आधारमा राष्ट्रिय सभाबाट दुई तिहाइ बहुमतले गर्ने निर्णय अनुमोदन हुने वा नहुने निर्क्योल हुन्छ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुने भए पनि गोलाप्रथाबाट पहिलो पटकका लागि २, ४ र ६ वर्ष निर्धारण गरिएको थियो। सोही अन्तर्गत चारवर्षे कार्यकाल पूरा गरेर १९ जना बिदाइ हुने भएपछि खाली सिटका लागि बुधबार निर्वाचन भएको हो।

जसबाट कांग्रेसका ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ५–५, जनता समाजवादी पार्टीको एक र राष्ट्रिय जनमोर्चाका एक जना निर्वाचित भए। त्यस्तै नेकपा एमालेका पनि एक जना निर्वाचित भएका छन्।

चुनावी परिणामसँगै माओवादी केन्द्रले एक सिट बढाएर १५, नेपाली कांग्रेसले तीन सिट बढाएर १०, एकीकृत समाजवादीले एक सिट बढाएर ८, जनता समाजवादी पार्टी जसपा ले १ सिट बढाएर ३ पुर्‍याएको छ। राष्ट्रिय सभामा एक सिट सहित राष्ट्रिय जनमोर्चाको पनि इन्ट्री भएको छ।

हाल राष्ट्रिय सभामा रहेका स्वतन्त्र सांसद खिमलाल देवकोटा नेकपा एकीकृत समाजवादी समर्थित हुन्। ७ सिट गुमाउँदा पनि राष्ट्रिय सभामा एमाले सबैभन्दा ठूलो दलकै रुपमा कायम छ। मनोनीतसहित एमालेसँग अध्यक्षसहित १८ सांसद छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ