आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पद धरापमा

प्रकाशित
678
SHARES

काठमाडौं। राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ। सत्ता गठबन्धनका पाँच दल राष्ट्रियसभामा दुई तिहाईमा पुग्ने अवस्था बनेको छ। एमालेले हाल रहेको ८ सिटमा ७ सिट गुमाएको छ।

यसबाट २० फागुनपछि एमाले राष्ट्रियसभामा १७ सिटमा खुम्चने भएको छ। ५९ सदस्यीय राष्ट्रियसभामा २० फागुनपछि एमालेको १७ र लोकतान्त्रिक समाजवादी पार्टीका एक सांसद हुनेछन्।

सत्ता गठबन्धनबाट माओवादीको १५, काँग्रेसको १०, नेकपा एसको ९, जसपाको ३ र राजमोको १ गरी ३८ सांसद हुनेछन्। स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि गठबन्धन निकट हुन्।

राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतम पनि एमालेमा छैनन्। रामनारायण बिडारीको स्थानमा मन्त्रिपरिषदबाट सिफारिश भई राष्ट्रपतिबाट मनोनित सांसद हुनेछन् । यसमा पनि सत्ता गठबन्धनबाटै हुने निश्चितप्रायः छ।

२० फागुनपछि सत्ता गठबन्धनमा ३८ र पक्षधर १ गरी ३९ सांसद हुनेछन्। बामदेव गौतमको साथ मिलेमा ४० पुग्नेछ भने मनोनित पनि पक्षधरबाट भएमा ४१ पुग्नेछ। यस्तो अवस्थामा गठबन्धन राष्ट्रिय सभामा दुई तिहाईमा पुग्नेछ।

सत्ता गठबन्धनका दलहरु दुई तिहाईमा पुग्नु भनेको राष्ट्रियसभा निर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पद धरापमा पर्नु हो। विश्वस्त स्रोतका अनुसार हिजोको मत परिणाम आएपछि सत्ता गठबन्धनले तिमिल्सिनाविरुद्ध महाभियोग लगाउने पूर्वतयारी गरिसकेको छ।

महाभियोग पाति गर्न ५९ सदस्यीय राष्ट्रियसभामा ४० सांसदको साथ भए पुग्छ। संविधान अनुसार राष्ट्रियसभाको अध्यक्षलाई एक तिहाई सांसदले महाभियोग लगाउन प्रस्ताव पेश गर्न सक्नेछन्।

पारित गर्न भने दुई तिहाई आवश्यक पर्छ। राष्ट्रियसभाको अब बन्ने संरचनामा सत्ता गठबन्धनको अंकगणितले तिमिल्सिनाको पद भने धरापमा पारेको छ ।राष्ट्रियसभामा २० फागुनबाट कस्को कति सिट ?

नेकपा एमाले-१७, माओवादी केन्द्र-१५, नेपाली काँग्रेस-१०, नेकपा एस-९, जसपा-३, राजमो-१ लोसपा-१, स्वतन्त्र खिमलाल देवकोटा-१
मनोनित कतै नखुलेका बामदेव गौतम-१ , मनोनित हुन बाँकी-१।

तेस्तै, कोरोना सङ्क्रमण भएकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ। अध्यक्ष ओली पार्टी निकट युवा संघ नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका हुन्।

अध्यक्ष ओलीको शनिबार गरेको परीक्षणमा आइतबार आएको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो। युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले ओमिक्रोनका बिरामीलाई रगत अभाव हुन नदिन,

बालकोटबाट सुरु गरिएको रक्तदान कार्यक्रममा हौसला प्रदान गर्न अध्यक्ष ओली दुरी कायम गरेर उपस्थित भएको बताए। ओमिक्रोनका बिरामीलाई रगत अभाव हुन नदिन हामीले बुधबार सप्ताहव्यापी रक्तदानको शुभारम्भ गरेका हौ।

त्यही सन्दर्भमा अध्यक्षज्यूको पनि स्वास्थ्य लाभको कामना गरेर कार्यक्रमको शुभारम्भ बालकोटबाट भएको हो। प्रतिनिधि सभा सांसद समेत रहेका बस्नेतले भने, हौसला दिनका लागि अध्यक्ष दुरी कायम गरेरै एक छिन कार्यक्रममा आउनुभएको हो।

अध्यक्ष बस्नेतले दुरी कायम गरेर कार्यक्रममा सहभागी भएको भने पनि सार्वजनिक तस्बिरमा भने त्यस्तो देखिँदैन।  उनले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै सङ्क्रमण नेगेटिभतर्फ उन्मुख रहेको समेत बताए।

बिभिन्न व्यक्तिहरुले सामाजिक संञ्जालमा कानुन र नियम सबैलाई एउटै हुनुपर्ने भन्दै केपी शर्मा ओलीमाथि कारवाही गर्न माग गरिरहेका छन्। नेपालमा ठुलालाई चयन र सानोलाई मात्र कानुन लाग्ने भएकाले कारबाही मुस्किल पर्ने देखिएको छ।

प्रतिक्रिया